bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

शिक्षा

जनकल्याण सिटिइभिटीका विद्यार्थी ३ महिना किसानको खेतबारीमा,१७ विद्यार्थी १२ वडामा परिचालन ।

FB_IMG_1692192693166-1692196316.jpg

थाहा नगरपालिका वडा न ३ स्थित जनकल्याण माबिले सिटिभिटी  बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्दै विद्यार्थीले विद्यालयमा सिकेको सैधान्तिक ज्ञान् लाई किसानको खेतबारीमा पुर्याउने तथा विद्यार्थी हरुलाई व्यावहारिक ज्ञान् प्राप्त गराउने  उद्देश्यले थाहा नगरपालिका कृषि शाखा र नगरपालिकाको सहयोगमा ‘खेतबारीमा विद्यार्थी’ अभियान अन्तर्गत विद्यार्थी हरुलाइ १२ वटै वडामा परिचालन गरेको छ ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, विषयमा पढाइ हुने यस विद्यालयमा  सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र कक्षा ९-१२ पनि बाली बिज्ञान  पठनपाठन हुने गरेको विद्यालयमा तीन बर्ष बाली बिज्ञान सिटिइभिटी अन्तर्गतका तेश्रो बर्षमा अध्यनरत १७ विद्यार्थीलाई नगरपालिकाको १२ वटा वडामा ३ महिना ओजिटी( प्रयोगात्मक )शिक्षा दिन पठाउन लागिएको विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले बताउनुभयो ।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । “कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमै पुगेर प्रयोगात्मक अभ्यास गराउनुका साथै फलफूल खेती, तरकारी खेती, र रैथाने जातका कृषि उपज बारेमा  खेतबारीमै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यवहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउन लागेका  हौँ ।”प्रधानाध्यापक कार्कीको भनाइ रहेको छ।

कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र नलिइ  उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन अपरिहार्य भएको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताउनुभयो ।प्रमुख बिष्टले विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्न तत्पर हुनुपर्ने र   किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन अग्रसर हुनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको सभापतितब तथा थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,कृषि शाखा प्रमुख संजय तिवारी,कृषि शाखा अधिकृत बिकास बिक,शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझी ,शिक्षक निश्चल शाक्य लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

 

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...