Tuesday, 21 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

जनकल्याण सिटिइभिटीका विद्यार्थी ३ महिना किसानको खेतबारीमा,१७ विद्यार्थी १२ वडामा परिचालन ।

FB_IMG_1692192693166-1692196316.jpg

थाहा नगरपालिका वडा न ३ स्थित जनकल्याण माबिले सिटिभिटी  बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्दै विद्यार्थीले विद्यालयमा सिकेको सैधान्तिक ज्ञान् लाई किसानको खेतबारीमा पुर्याउने तथा विद्यार्थी हरुलाई व्यावहारिक ज्ञान् प्राप्त गराउने  उद्देश्यले थाहा नगरपालिका कृषि शाखा र नगरपालिकाको सहयोगमा ‘खेतबारीमा विद्यार्थी’ अभियान अन्तर्गत विद्यार्थी हरुलाइ १२ वटै वडामा परिचालन गरेको छ ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, विषयमा पढाइ हुने यस विद्यालयमा  सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र कक्षा ९-१२ पनि बाली बिज्ञान  पठनपाठन हुने गरेको विद्यालयमा तीन बर्ष बाली बिज्ञान सिटिइभिटी अन्तर्गतका तेश्रो बर्षमा अध्यनरत १७ विद्यार्थीलाई नगरपालिकाको १२ वटा वडामा ३ महिना ओजिटी( प्रयोगात्मक )शिक्षा दिन पठाउन लागिएको विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले बताउनुभयो ।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । “कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमै पुगेर प्रयोगात्मक अभ्यास गराउनुका साथै फलफूल खेती, तरकारी खेती, र रैथाने जातका कृषि उपज बारेमा  खेतबारीमै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यवहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउन लागेका  हौँ ।”प्रधानाध्यापक कार्कीको भनाइ रहेको छ।

कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र नलिइ  उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन अपरिहार्य भएको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताउनुभयो ।प्रमुख बिष्टले विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्न तत्पर हुनुपर्ने र   किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याका बारेमा जानकारी लिन अग्रसर हुनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको सभापतितब तथा थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,कृषि शाखा प्रमुख संजय तिवारी,कृषि शाखा अधिकृत बिकास बिक,शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझी ,शिक्षक निश्चल शाक्य लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png