jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

जनकल्याण माविलाई नमुना विद्यालयको रुपमा विकास गर्न ५ वर्षीय गुरुयोजना

namuna-school-pic-1596194049.jpg

 थाहा नगरपालिकामा रहेको जनकल्याण माविलाई नमुना विद्यालयको रुपमा विकास गर्न ५ वर्षीय गुरुयोजना बनाइने भएको छ । नमुना विद्यालयअन्तर्गत शैक्षिक, व्यवस्थापकीय र भौतिक पूर्वाधार विकासका लागि ५ वर्षीय गुरुयोजना बनाइन लागेको जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीले जानकारी दिनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नमुना विकासका लागि छनोट गरेका देशभरका एक सय विद्यालयमध्ये मकवानपुरको जनकल्याण मावि पनि समावेश भएपछि विद्यालयले नमुना बनाउन प्रक्रिया शुरु गरेका उहाँले जानकारी दिनुभयो ।

नमुना विद्यालय विकासको लागि विद्यालयले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, वडा अध्यक्षहरु, नमुना विद्यालय राट्रिय संजालका अध्यक्ष पूर्णप्रसाद दवाडी, शिक्षा विकास निर्देशनालय वागमती प्रदेशका निर्देशक चन्द्रप्रसाद लुईंटेल, जिल्ला आयोजना कायान्वयन इकाई(शिक्षा)का प्रमुख बद्रिबहादुर पाठक लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रम कार्यक्रमसमेत गरेको छ । कार्यक्रममा नमुना विद्यालय विकासका लागि पहलबारे नमुना विद्यालय राट्रिय संजालका अध्यक्ष पूर्णप्रसाद दवाडीले धारणा राख्नुभएको थियो भने प्रभावकारी शिक्षणबारे बद्रिबहादुर पाठक र शैक्षिक प्रशासनका बारेमा चन्द्रप्रसाद लुईंटेलले बोल्नुभएको थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नमुना विद्यालय राट्रिय संजालका अध्यक्ष दवाडीले योजना निर्माण र प्रतिवद्ध कार्यान्वयन भए सफलता प्राप्त गर्न सकिने बताउनु भयो । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नमुना विद्यालय विकासका लागि चुनौति भए पनि यो नगरपालिकाको लागि विशेष अवसर समेत भएको बताउनु भयो । अन्तरक्रिया कार्यक्रमको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले डिजिटल प्रविधिबाट उद्घाटन गर्नुभएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

namuna-school-pic-1596194052.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...