Thursday, 09 May, 2024
शिक्षा

जनकल्याण माविको अध्यक्षमा तेस्रो पटक चयन भए स्याङ्तान

rajib-1699583448.jpg

 

थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः राजीव स्याङ्तान चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका लागि चुनिएका सदस्यहरुको बैठकले २३ कात्तिकमा स्याङ्तानलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

समितिको सदस्यहरुमा हिरेन्द्र कुमार रायमाझी, राजकुमार पन्त, मेनुका आचार्य, लक्ष्मी विश्वकर्मा, रवि विष्ट, प्रमिला कार्की, शिक्षक प्रतिनीधि कृष्ण बहादुर विष्ट, विद्यालयका प्रधानाध्यापक तथा सदस्यसचिव सानोभाइको उपस्थिती रहेको थियो । विद्यालय व्यवस्थापन समितिका १७ कात्तिकमा मनोनित सदस्यहरु मध्ये ज्येष्ठ सदस्य राजीब कुमार स्याङ्तानको अध्यक्षतामा विद्यालयमा २३ कात्तिकमा बैठक बसेको थियो ।

प्राविधिक विषय अध्यापन हुने विद्यालय व्यवस्थापन समितिका दुई जना मनोनित गर्न पाउने कानूनी प्रावधान अनुरुप बैठकले निरोज प्रधान र सुवासचन्द्र विष्टलाई मनोनित गरेको छ । कृषि प्राविधिक शिक्षा अध्यापन हुने जनकल्यण मावि व्यवस्थापन समितिमा उद्योग वाणिज्य संघको प्रतिनीधित्व हुने गरी उद्योग वाणिज्य संघ बागमती प्रदेशका कृषि समिति सदस्य प्रधानलाई र विद्यालयका विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा सहयोग पु¥याउँदै आएका सहयोगी शिक्षाप्रेमीका हैसियतले विष्टलाई मनोनित गरेको विद्यालयले जनाएको छ ।

नवगठित विद्यालय व्यवस्थापन समितिको पहिलो बैठकले बधाई तथा धन्यवाद प्रस्ताव पारितका साथै स्कूल बस व्यवस्थापनलगायतको विभिन्न विषयमा निर्णय गरेको जनाइएको छ ।

 

world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...