Sunday, 28 Apr, 2024
शिक्षा

जनकल्याण माबिको ५६ औं वार्षिकोत्सवको समापन

FB_IMG_1707055806038-1707055822.jpg

थाहा नगरपालिका वडा न ३ मा अवस्थित जिल्लाकै तेस्रो पुरानो माध्यमिक विद्यालय जनकल्याण माध्यमिक विद्यालयले आफ्नो ५६ औं वार्षिकोत्सवको  अवसरमा आयोजित तीन दिने वार्षिकोत्सव समारोहको आज एक समारोहका साथ समापन गरिएको छ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री मोक्तानले वाग्मती प्रदेश सरकारको शिक्षा नीति करिब अन्तिम चरणमा पुगेको बताउदै ,स्थानीय सरकार र केन्द्र सरकारलाई समन्वय गरेर शिक्षाको कार्यक्रम सञ्चालन गर्ने नीति प्रदेश सरकारले तयार गरेको  जानकारी दिनुभयो । 

वाग्मती प्रदेश सरकार प्रदेश विश्वविद्यालय स्थापना गरेर जाने पनि उहाँले स्पष्ट पार्नुभयो । सो विश्वविद्यालयले नर्स, डाक्टर लगायत देशको लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने उहाँको भनाई छ ।  

अहिले पनि माध्यमिक तहमा पढाउने प्राविधिक विषयका शिक्षक समेत  नपाइने अवस्था रहेको बताउदै मन्त्री मोक्तानले "आवश्यक दक्ष जनशक्ति सकेसम्म जिल्लामा नै र नभए पनि प्रदेश भित्र उत्पादन हुनु पर्ने उहाँको भनाई छ । शिक्षालाई सिपसँग जोड्न वाग्मती प्रदेश सरकारले प्रदेश विश्वविद्यालय खोल्न लागेको उहाँले बताउनुभयो । 

गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको बताउँदै मोक्तानले त्यसको लागि पर्याप्त बजेट विनियोजन गरिएको बताउनुभयो । पूर्वाधार निर्माण, आवश्यक सामाग्री र जनशक्तिको लागि अनुदानको व्यवस्था प्रदेश सरकारले गरेको उहाँले जानकारी दिनुभयो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिब कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विद्यालयको उन्नयको लागि योगदान गर्ने संस्था तथा व्यक्तीहरुलाई सम्मान गरिएको थियो सम्मानित हुनेमा प्रधानमन्त्री आधुनिक कृषि परियोजना चितवन,च्वाइस नेपालका साथै,प्रमोदकृष्ण जोशी,दिग्विजय बिष्ट र जागृत रायमाझीलाई सो अवसरमा सम्मान गरिएको थियो भने वार्षिकोत्सवकै अवसर पारेर झलकचन्द्र शिक्षा ज्योती छात्रवृत्ति बाट एसईइ २०७९ मा विद्यालयको तर्फ बाट उत्कृष्ट नतिजा ल्याउने र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरियो।
एसईइमा उत्कृष्ट हुने जुनिला तामाङ,दोस्रो हुने कृति ढकाल र तेस्रो हुने सविता आलेमगर र उत्सव प्रधानलाई छात्रवृत्ति प्रदान गरियो भने कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने स्मारिका ढकाल प्रथम,अंकिता कार्की दोस्रो र मल्लिका खत्री तेस्रोहुने लाई प्रदान गरिएको थियो छात्रवृत्ति झलकचन्द्र शिक्षा ज्योतिका संस्थापक सुवासचन्द्र बिष्ट र कोषाध्यक्ष बिमलकुमार बिष्टले प्रदान गरेका थिए ।
समापन समारोहमा जनकल्याण एल्मुनाइका अध्यक्ष निरन्जन अधिकारी,पुर्व विद्यार्थी  थाहा नगर शिक्षा समिती सद्स्य तथा शुन्दरीदेवी माबिका प्रधानाध्यापक हरीकृष्ण कार्की र पुर्व विद्यार्थी समेत रहेका पुर्व व्यवस्थापन समिति सदस्य  पुरुषोत्तम कार्कीले शुभकामना मन्तव्य राखेका थिए भने शिक्षक राजाराम कार्कीले कार्यक्रम संचालन गरेका थिए।
विद्यालयका प्रधानाध्यापक तथा वार्षिकोत्सब मुल कार्यक्रम संयोजक सानोभाइ कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा ,पालुङ बहुउद्देश्यीय सहकारीका लेखा संयोजक कालीचरण बस्नेत,पुर्व विद्यार्थी जनक ढकाल,नगर शिक्षा समिती सदस्य अर्जुन सुनार लगायत पुर्व विद्यार्थी हरु, विद्यार्थी ,अभिभावक ,शिक्षक ,विद्यालय व्यवस्थापन समिती र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो 

FB_IMG_1707055799470-1707055822.jpg

world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...