jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

जनकल्याणमा विद्यालय सम्बन्ध,सुधारको लागि अन्तरक्रिया सम्पन्न ,

IMG_20220525_130613_676-1653489718.jpg

जनकल्याण माबिको आयोजनामा "स्थानीय विद्यालय सम्बन्ध सुधार विषयक "अन्तरक्रिया एवंम थाहा नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।बिध्यालय ब्यबस्थापन समितिका सदस्य अर्जुन सुनारको अध्यक्षता तथा थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा ,शिक्षा बिज्ञान तथा समन्वय इकाईका उपसचिव दिनानाथ गौतम ,थाहा नगर शिक्षा शाखा प्रमुख शोभाकर रेग्मी ,शिक्षा बिभागका शाखा अधिकृत पद्मा सापकोटा ,नारायणी नमुना माबीका प्राध्यानाध्यापक पुर्ण प्रसाद दवाडी ,च्वाइस नेपालका कुल प्रसाद तिवारी ,शिक्षा शाखा थाहा नगरका शाखा अधिकृत माधव बिक्रम मल्ल,जनकल्याण माबिका प्र अ सानोभाइ कार्की ,थाहा नगर रोजगार संयोजक कुमार नेगी,नवनिर्वाचित वडा अध्यक्षहरु,नगरभित्र रहेका विद्यालयका प्रअ हरु ,शिक्षक पत्रकार हरुको उपस्थिती रहेको थियो।
कार्यक्रमको बारेमा प्रकाश पार्दै जनकल्याणका प्रअ सानोभाइ कार्कीले नमुना बिध्यालय बनाउन नगरभित्र रहेका निकायको सहकार्य तथा आम अभिभावकको चासो चिन्ता आबश्यक रहेको औल्याउँदै जनकल्याण गुणस्तरीय शिक्षामा जोड दिरहेको बताए ।
तेस्तै नमुना बिध्यालय संचालन गरि देशमै उत्कृष्ट सामुदायिक विद्यालय बनाउनुभएका नारायणी नमुना माबी भरतपुर चितवनका प्रअ पुर्ण प्रसाद दवाडीले जनकल्याण लाई नमुना बिध्यालय बनाउन आफ्नो बिध्यालयले गरेका काम हरुको बारेमा जानकारी गराउदै  नारायणी माबिले ९ :५० देखी ४:३० सम्म पठनपाठन ,पासमार्क ३२ बाट ४० ,पहिलो र दोस्रो त्रैमासिक परिक्षा पासगरेपछी मात्र अन्तिम परिक्षा दिने,परिक्षाको नतिजा विश्लेषण गरेर सार्वजनिक गर्ने,शुक्रबार परिक्षा लिने,परिक्षाको कपि घरमा पठाउने,अभिभावक अन्तरक्रिया बढाउने,पिरियड ब्यबस्थापन ,शिक्षक,विद्यार्थी सङ  प्रतिबद्धता लिने ब्यबस्था गर्ने,नमुना हुन नेपाल सरकारले तय गरेको १५१ मापदण्ड पूरा गरेको तथा शिक्षक ,अभिभावकको साथबाटनै देशको उत्कृष्ट विद्यालय बनाउन सफल रहेको बताउनुभयो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नवनिर्वाचित उपमेयर भरत गोपालीले आफुले पनि यसै विद्यालयमा अध्ययन गरेको तथा समग्र थाहा नगरको शैक्षिक इतिहासको खम्बा जनकल्याण भएकोले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि आफू र स्थानिय सरकारको हर प्रयास रहने बताउनुभयो।
कार्यक्रममा थाहा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ स्वागत तथा सम्मान गरियको थियो।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20220525_131436_794-1653489719.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...