Sunday, 28 Apr, 2024
शिक्षा

जनकल्याणमा पुर्व विद्यार्थीहरु संग अन्तरक्रिया सम्पन्न

425607180_130782060657411-1706973951.jpg

जनकल्याण माध्यमिक  विद्यालय थाहा नगरपालिका ३ घट्टेचौरमा पुर्व विद्यार्थीहरु संग शैक्षिक अन्तरकृया सम्पन्न भएको छ ।
विद्यालयले आफ्नो ५६ औं वार्षिकोत्सवको दोस्रो दिनको कार्यक्रममा बिध्यालयको पुर्व विद्यार्थीहरु संग "जनकल्याण माविको विगत,आगत र भविष्य" बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बिशेष वक्ताको रुपमा संविधान सभा सदस्य तथा विद्यालयका पुर्व विद्यार्थी रामनारायण विडारी,थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,पुर्व व्यवस्थापन समितिको अध्यक्ष तथा नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज कुमार खनाल,जनकल्याण एल्मुनाइका अध्यक्ष निरन्जन अधिकारी,लगायत पुर्व विद्यार्थी तथा पुर्व शिक्षक,पुर्व व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले विद्यालयको बिगत,वर्तमान र भविष्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
अन्तरकृयामा शैक्षिक गुणस्तर अभिवृद्वि सॅगै समय सापेक्ष प्राविधिक शिक्षा लगायतका विषयमा छलफल गरिएको थियो ।
अन्तरकृयालाई सम्बोधन गर्दै प्रमुख अतिथि थाहा नगरपालिका  प्रमुख बिष्णु बिष्टले शिक्षा विकासको पुर्वाधारको पनि पुर्वाधार भएकोले विद्यालयलाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने वातावरण निर्माण गर्नु पर्ने बताउनु भएको छ ।
त्यसको लागि अभिभावकको चाहना बमोजिम शिक्षकको मेहनत, मानव मुल्य शिक्षा, अङ्ग्रेजी माध्ययम, पोशाक सॅगै सरसफाई, विद्यार्थीको सुरक्षा सॅगै विद्यार्थीको रुचि अनुसारको अध्यापन, शैक्षिक गुणस्तर अभिवृद्वि अपरिहार्य रहेको बिष्टको भनाई छ । नगर प्रमुख बिष्टले समुदायलाई समझदारी गरेर आवश्यकता अनुसार विद्यालयको तह घटाउने या विद्यालय घटाउने र यसो गर्न नसकिए नगरले निती लागु पर्ने बाध्यात्मककारी विषय अहिलेको चुनौति रहेको बताउनु भयो ।
समुदायको आपसी सहमति नहुने मुख्य समस्या रहेको भन्दै अब समय सापेक्ष मानसिकतालाई परिवर्तन गर्नुपर्ने नगर प्रमुख बिष्टको भनाई छ । 
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जनकल्याणमा शिक्षाको वैज्ञानिक विकाश र व्यवस्थापन,थाहामा शिक्षालाई कसरी कृषि र पर्यटन सँग जोडन सकिन्छ?, स्थानीय सरकारका मान्छेलाइ क्रियाशिल बनाएर शिक्षालाई उत्पादन सँग जोड्न सकिने लगायतका बिषयमा पुर्व विद्यार्थी हरुले धारणा राखेका थिए।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका विद्यालयका पुर्व व्यवस्थापन समिती अध्यक्ष सरोज कुमार खनाल र पुर्व विद्यार्थी बिष्णुहरी ढकाल जंगलीले जनकल्याणको विगतको स्मरण गराएका थिए।
अन्तरक्रिया कार्यक्रममा टिप्पणीकार हरु हरिकृष्ण कार्की,रामहरी अधिकारी र रामकुमार बलले टिप्पणी सहित सुझाव प्रस्तुत गरेका थिए।


world-link-1690434568.jpg
थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...