Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

जनकल्याणमा पुर्व विद्यार्थीहरु संग अन्तरक्रिया सम्पन्न

425607180_130782060657411-1706973951.jpg

जनकल्याण माध्यमिक  विद्यालय थाहा नगरपालिका ३ घट्टेचौरमा पुर्व विद्यार्थीहरु संग शैक्षिक अन्तरकृया सम्पन्न भएको छ ।
विद्यालयले आफ्नो ५६ औं वार्षिकोत्सवको दोस्रो दिनको कार्यक्रममा बिध्यालयको पुर्व विद्यार्थीहरु संग "जनकल्याण माविको विगत,आगत र भविष्य" बिषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बिशेष वक्ताको रुपमा संविधान सभा सदस्य तथा विद्यालयका पुर्व विद्यार्थी रामनारायण विडारी,थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,पुर्व व्यवस्थापन समितिको अध्यक्ष तथा नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज कुमार खनाल,जनकल्याण एल्मुनाइका अध्यक्ष निरन्जन अधिकारी,लगायत पुर्व विद्यार्थी तथा पुर्व शिक्षक,पुर्व व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले विद्यालयको बिगत,वर्तमान र भविष्यको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए।
अन्तरकृयामा शैक्षिक गुणस्तर अभिवृद्वि सॅगै समय सापेक्ष प्राविधिक शिक्षा लगायतका विषयमा छलफल गरिएको थियो ।
अन्तरकृयालाई सम्बोधन गर्दै प्रमुख अतिथि थाहा नगरपालिका  प्रमुख बिष्णु बिष्टले शिक्षा विकासको पुर्वाधारको पनि पुर्वाधार भएकोले विद्यालयलाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने वातावरण निर्माण गर्नु पर्ने बताउनु भएको छ ।
त्यसको लागि अभिभावकको चाहना बमोजिम शिक्षकको मेहनत, मानव मुल्य शिक्षा, अङ्ग्रेजी माध्ययम, पोशाक सॅगै सरसफाई, विद्यार्थीको सुरक्षा सॅगै विद्यार्थीको रुचि अनुसारको अध्यापन, शैक्षिक गुणस्तर अभिवृद्वि अपरिहार्य रहेको बिष्टको भनाई छ । नगर प्रमुख बिष्टले समुदायलाई समझदारी गरेर आवश्यकता अनुसार विद्यालयको तह घटाउने या विद्यालय घटाउने र यसो गर्न नसकिए नगरले निती लागु पर्ने बाध्यात्मककारी विषय अहिलेको चुनौति रहेको बताउनु भयो ।
समुदायको आपसी सहमति नहुने मुख्य समस्या रहेको भन्दै अब समय सापेक्ष मानसिकतालाई परिवर्तन गर्नुपर्ने नगर प्रमुख बिष्टको भनाई छ । 
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जनकल्याणमा शिक्षाको वैज्ञानिक विकाश र व्यवस्थापन,थाहामा शिक्षालाई कसरी कृषि र पर्यटन सँग जोडन सकिन्छ?, स्थानीय सरकारका मान्छेलाइ क्रियाशिल बनाएर शिक्षालाई उत्पादन सँग जोड्न सकिने लगायतका बिषयमा पुर्व विद्यार्थी हरुले धारणा राखेका थिए।
कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका विद्यालयका पुर्व व्यवस्थापन समिती अध्यक्ष सरोज कुमार खनाल र पुर्व विद्यार्थी बिष्णुहरी ढकाल जंगलीले जनकल्याणको विगतको स्मरण गराएका थिए।
अन्तरक्रिया कार्यक्रममा टिप्पणीकार हरु हरिकृष्ण कार्की,रामहरी अधिकारी र रामकुमार बलले टिप्पणी सहित सुझाव प्रस्तुत गरेका थिए।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png