gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
खेल

चौथो थाहा गोल्डकपको उपाधी माउन्टेन एफसी लाई

go1-1674132596.jpg

चौथो थाहा गोल्डकपको उपाधि काठमाडौंको माउन्टेन एफसीले हात पारेको छ। थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा भएको फाइनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङ लाई २-१ को गोल अन्तरले पराजित गर्दै माउन्टेन एफसीले उपाधी हात पारेको हो।

माउन्टेनको जितमा उर्गेन सेर्पा र अमित लामाले १ -१ गोल गरेर टिमलाई बिजयी बनाए भने पारिजातका याकुवले १ गोल गरेका थिय।

प्रतियोगितामा हाइ स्कोरर पारिजातका सोलोमन हुदा बेस्ट डिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर हुन सफल भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी माउन्टेनका अमित लामा हुन सफल रहे उत्कृष्ट खेलाडी संगै लामा प्रतियोगिताको म्यान अफ द म्याच समेत भए । बिजेता बने संगै माउन्टेन एफसीले नगद २ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारे भने उपबिजेता पारिजातले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे तेसैगरी बिधागत उत्कृष्ट खेलाडी हरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडी लाई नगद ७ हजार रुपैयाँ प्रदान गरियो।

प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णु बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिय। प्रतियोगिता समापन समारोह भव्य रुपमा गरियको थियो।थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको बिशिस्ट आतिथ्यता रहेको समारोहमा वडा न १ का अध्यक्ष हेरमान गोपाली,४ का नारायण लामा,७ का शिवराज थिङ,९ का राजकुमार बलामी ,पुर्व खेलकुद बिकास संयोजक राजेश केसी,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिव नवराज बिष्ट ,नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोदकृष्ण जोशी,राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझी ,माओवादी केन्द्रका नगर सदस्य इच्छापुर्ण कार्की ,थाहा स्पोर्ट्स एकेडेमीका अध्यक्ष युवराज बिष्ट,थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष शम्भु शिं कार्की ,लगायतका उपस्तिथि रहेको थियो।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...