pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

चौथो उपमेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी थाहा १० बिसिङ्खेल लाई ।

334320440_494361602907295-1677918523.jpg

थाहा नगर,२० फागुन/ थाहा नगरपालिकामा जारी चौथो  उपमेयर व्याडमिन्टन कप प्रतियोगिता – २०७९’ सनिवार  सम्पन्न भएको छ । थाहा नगरपालिका मा अवस्थित सामाजिक संस्था फरक सोचले आयोजना गरेको नगर स्तरको उक्त प्रतियोगिता फागुन १८ गतेदेखि थाहा नगरको क्याम्पाडाडामा रहेको ब्याडमिन्टन हलमा भएको हो ।

“उन्नत समाजको निर्माण गरौ,सहयोगी भावनाको विकास गरौ ” भन्ने मुल नाराका साथ सबल र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा खुल्ला मेनस डबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो   ।
सनिवार बिहान भएको फाइनल खेलमा ॐ नम शिवायका टोलि डा शक्ति चौरासिया र संग्राम खत्रीको टिमलाइ थाहा १० बिसिङ्खेल ए का नरेन्द्र मोक्तान र देवकुमार अर्यालको टिमले सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको छ भने ईलाका प्रहरी कार्यालय ए ले थाहा नगरपालिका डि लाई पराजित गर्दै तेश्रो स्थान हासिल गर्न सफल रहे।
प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी टिमहरुलाई नगद क्रमस: २० हजार,१५ हजार र १० हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी थाहा १० का देव कुमार अर्याल हुन सफल भए उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरियको थियो।
आयोजक फरक सोचका संयोजक यादव जंग रायमाझीको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो भने समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे ,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,४ का नारायण लामा,नेकपा एमालेका नगर सचिब रामकृष्ण बस्नेत,माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार लामा,थाहा नगर खेलकुद बिकास समितीका सदस्य सचिव अनिल लामिछाने,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी ,नवजागृत पुस्तकालयका अध्यक्ष सुमन बिस्ट,शिखर क्लवका अध्यक्ष मनोज रायमाझी ,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
समापन समारोहमा प्रतियोगिता संचालन गर्न सहयोग गर्ने संघसंस्था ,व्यवस्थापक,तथा रेफ्री लाई मायाको चिनो र कदरपत्र प्रदान गरियको थियो।
प्रतियोगिता लाई फरक सोचले आयोजना गरेको थियो भने शिखर क्लव सह आयोजक रहदा थाहा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रथम नगद पुरस्कार ॐ अध्याय रिसोर्टले प्रायोजन गर्दा दोश्रो नगद पुरस्कार गोर्खा ब्रुअरी र तेश्रो नगद पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको छ।
तेसैगरी प्रतियोगिता लाई पालुङ बहुउद्देश्यीय सहकारी संस्था,महालक्ष्मी विकास बैंक पालुङ शाखा,प्यासेफिक बचत तथा ऋण सहकारी संस्था,होटल टिस्टुङ कटेज बज्रवाराही,शिव एग्रो भेट थाहा ३ घर्तिखोलाको सहयोग रहेको छ।प्रतियोगितामा बज्रवाराहीका श्याम श्रेष्ठ र सुदर्शन बिडारीले आर्थिक सहयोग गरेको संयोजक यादव जंग रायमाझीले बताए।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...