Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

खेल

चौथो उपमेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी थाहा १० बिसिङ्खेल लाई ।

334320440_494361602907295-1677918523.jpg

थाहा नगर,२० फागुन/ थाहा नगरपालिकामा जारी चौथो  उपमेयर व्याडमिन्टन कप प्रतियोगिता – २०७९’ सनिवार  सम्पन्न भएको छ । थाहा नगरपालिका मा अवस्थित सामाजिक संस्था फरक सोचले आयोजना गरेको नगर स्तरको उक्त प्रतियोगिता फागुन १८ गतेदेखि थाहा नगरको क्याम्पाडाडामा रहेको ब्याडमिन्टन हलमा भएको हो ।

“उन्नत समाजको निर्माण गरौ,सहयोगी भावनाको विकास गरौ ” भन्ने मुल नाराका साथ सबल र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा खुल्ला मेनस डबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो   ।
सनिवार बिहान भएको फाइनल खेलमा ॐ नम शिवायका टोलि डा शक्ति चौरासिया र संग्राम खत्रीको टिमलाइ थाहा १० बिसिङ्खेल ए का नरेन्द्र मोक्तान र देवकुमार अर्यालको टिमले सोझो सेटमा पराजित गर्दै उपाधी चुमेको छ भने ईलाका प्रहरी कार्यालय ए ले थाहा नगरपालिका डि लाई पराजित गर्दै तेश्रो स्थान हासिल गर्न सफल रहे।
प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी टिमहरुलाई नगद क्रमस: २० हजार,१५ हजार र १० हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी थाहा १० का देव कुमार अर्याल हुन सफल भए उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरियको थियो।
आयोजक फरक सोचका संयोजक यादव जंग रायमाझीको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो भने समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरे ,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,४ का नारायण लामा,नेकपा एमालेका नगर सचिब रामकृष्ण बस्नेत,माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार लामा,थाहा नगर खेलकुद बिकास समितीका सदस्य सचिव अनिल लामिछाने,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी ,नवजागृत पुस्तकालयका अध्यक्ष सुमन बिस्ट,शिखर क्लवका अध्यक्ष मनोज रायमाझी ,लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
समापन समारोहमा प्रतियोगिता संचालन गर्न सहयोग गर्ने संघसंस्था ,व्यवस्थापक,तथा रेफ्री लाई मायाको चिनो र कदरपत्र प्रदान गरियको थियो।
प्रतियोगिता लाई फरक सोचले आयोजना गरेको थियो भने शिखर क्लव सह आयोजक रहदा थाहा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रथम नगद पुरस्कार ॐ अध्याय रिसोर्टले प्रायोजन गर्दा दोश्रो नगद पुरस्कार गोर्खा ब्रुअरी र तेश्रो नगद पुरस्कार च्वाइस नेपालले प्रायोजन गरेको छ।
तेसैगरी प्रतियोगिता लाई पालुङ बहुउद्देश्यीय सहकारी संस्था,महालक्ष्मी विकास बैंक पालुङ शाखा,प्यासेफिक बचत तथा ऋण सहकारी संस्था,होटल टिस्टुङ कटेज बज्रवाराही,शिव एग्रो भेट थाहा ३ घर्तिखोलाको सहयोग रहेको छ।प्रतियोगितामा बज्रवाराहीका श्याम श्रेष्ठ र सुदर्शन बिडारीले आर्थिक सहयोग गरेको संयोजक यादव जंग रायमाझीले बताए।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...