Wednesday, 03 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

चित्लाङ स्थित मदन भण्डारी विश्वविद्यालयमा पीएचडी गर्नेलाई १००% छात्रवृत्तिसँगै मासिक २० हजार भत्ता

FB_IMG_1750039042968-1750039150.jpg

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधि तहका लागि भर्ना आवेदन खुलाएको छ । आगामी नोभेम्बरको लागि विश्वविद्यालयले अप्लाइड साइन्स सङ्कायअन्तर्गत आवेदन माग गरेको हो । 

विद्यावारिधि (पीएचडी) तहका लागि आर्टिफिसिएल इन्टेलिजेन्स (एआई), अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी चार विधामा आवेदन खुलाइएको छ  । यस्तै स्नातकोत्तर तहमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमटेरियल साइन्स एन्ड इन्जिनियरिङ, सस्टिनेबल एन्ड रेजिलियन्स इन्फ्रास्ट्रक्चर गरी तीन विधामा आवेदन खुलेको हो । 

विद्यावारिधि अन्तर्गत प्रत्येक विधामा २/२ जना र स्नातकोत्तरमा १६/१६ जनाको आरक्षणमा आवेदन माग गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवम् जनसम्पर्क संयोजक डा राजिव सुब्बाले जानकारी दिए । विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीले ४ जुलाई (असार २०) गतेसम्ममा आवेदन दिन सक्नेछन् । आवेदन दिने विद्यार्थीहरू मध्येबाट लिखित परीक्षा, अनुसन्धान पत्र र अन्तर्वार्ताका आधारमा छनौट गरिने उनले जानकारी दिए ।

स्नातकोत्तर तहमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क तोकिएको छ भने विद्यार्थीहरूका लागि छात्रवृत्ति र शैक्षिक भत्ताको समेत व्यवस्था गरिएको उनले बताए ।  स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीलाई भने २५ देखि सत् प्रतिशत छात्रवृत्ति प्रदान गरिने उनको भनाई छ । जसमध्ये प्रत्येक विधाका दुई/दुई जना विद्यार्थीले सत् प्रतिशत छात्रवृत्तिसहित दुई वर्षका लागि मासिक १२ हजार रुपैयाँ शैक्षिक भत्ता पनि पाउनेछन् ।  

यस्तै विद्यावारिधि तहमा भर्ना हुने सबै विद्यार्थीलाई सत् प्रतिशत छात्रवृत्तिसहित तीन वर्षका लागि मासिक २० हजार रुपैयाँ शैक्षिक भत्ता प्रदान गर्ने विश्वविद्यालयले जनाएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg