pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताले पाए ६५ लाख वृत्ति

FB_IMG_1744295122139-1744295248.jpg

चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक तथा अनुसन्धानकर्ताले ६५ लाख रुपैयाँ बढीको अनुसन्धान वृत्ति​ प्राप्त गरेका छन् । यसअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) र फिलिपिन्सको बहाए फाउन्डेसनबाट विभिन्न विधामा नवीन अनुसन्धान गर्न यो अनुदान प्राप्त भएको हो ।

विश्वविद्यालयका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विधामा २८ लाखभन्दा बढीको अनुसन्धान वृत्ति मिलेको छ । खुला प्रतियोगिताबाट चयन भएका यी अनुसन्धानकर्ताहरूले दिगो पूर्वाधार, जैविक कृषि, डिजिटल प्रविधि, वन जैव सामग्रीजस्ता क्षेत्रमा नवीन अनुसन्धान गर्ने विश्वविद्यालयले जनाएको छ ।

अनुसन्धान वृत्ति प्राप्त गर्ने प्रमुख अनुसन्धानकर्ताहरूमा डा. कीर्ति कुसुम जोशी (दिगो र लचक भवन निर्माण), डा. भुषण श्रेष्ठ (औषधीय च्याउबाट स्वास्थ्य सेवा उत्पादन), डा. सबिना श्रेष्ठ (प्राकृतिक खाद्य रङ्गको उपयोग), डा. सर्वेश दास डंगोल (स्थानीय कोदो र चामल संरक्षणका लागि रोग पत्ता लगाउने प्रविधि), डा. रिजन महर्जन (प्रविधि प्रयोग गरेर प्लास्टिक फोहोर व्यवस्थापन) र डा. झसनाथ अधिकारी सुबिन (मोलिक्युलर डकिंग गणनासम्बन्धी अनुसन्धान) छन् । 

त्यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) ले आयोजना गरेको ‘युवा वैज्ञानिकहरूका लागि अनुसन्धान सहयोग’ कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अनुसन्धानकर्ताले १२ लाखको अनुसन्धान वृत्ति प्राप्त गरेका छन् । यसअन्तर्गत डा. सर्वेश दास डंगोलले ‘पोलीमेरासेसको इन-भिट्रो उत्पादन तथा ग्रहण’ सम्बन्धी अनुसन्धानका लागि अनुदान प्राप्त गरेका छन् ।

विश्वविद्यालयका अनुसन्धानकर्ताले अन्तर्राष्ट्रिय अनुसन्धान अनुदानसमेत प्राप्त गरेका छन् । यसअन्तर्गत फिलिपिन्सको बहाए फाउन्डेसनले टिकाउ सामग्रीहरूबाट सुलभ, विपद् प्रतिरोधी तथा वातावरणमैत्री घर निर्माणसम्बन्धी अनुसन्धानका लागि विश्वविद्यालयका डा. किशोर तिमल्सिनालाई २५ लाख रुपैयाँ हारहारीको अनुसन्धान वृत्ति प्रदान गरेको छ ।

हाल मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले डिजिटल प्रविधि, जैविक कृषि तथा वन जैव सामग्रीसम्बन्धी पाँच प्रमुख अनुसन्धान प्रयोगशालाहरू सञ्चालन गरिरहेको छ । निकट भविष्यमा साइबर सुरक्षा तथा डिजिटल फरेन्सिक प्रयोगशालासमेत स्थापना गर्ने लक्ष्य लिएको विश्वविद्यालयले नवीन अनुसन्धान तथा प्रविधि विकासमार्फत नेपालको वैज्ञानिक क्षमता अभिवृद्धि गर्दै आर्थिक वृद्धिमा प्रत्यक्ष योगदान पुर्‍याउने उद्देश्य राखेको छ ।

मकवानपुर जिल्लाको चित्लाङमा अवस्थित यो विश्वविद्यालयले अनुसन्धानमुखी शिक्षामा केन्द्रित हुँदै अन्तर्राष्ट्रियस्तरको विज्ञान तथा प्रविधि केन्द्रका रूपमा विकसित हुने लक्ष्य राखेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...