Sunday, 05 May, 2024
शिक्षा

चित्लाङको मदन भण्डारी बिश्वविद्यालयमा मंसिर बाट पठनपाठन सुरु हुने।

FB_IMG_1691488474989-1691488848.jpg

मकवानपुरको चित्लाङमा स्थापना भएको विश्वविद्यालयले शुरूमा विद्यावारिधि र स्नातकोत्तरबाट आफ्नो कार्यक्रम शुरू गर्ने जनाएको छ।सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विश्वविद्यालयको उद्घाटन गरेका छन्।

पहिलो चरणमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमेटेरियल इन्जिनीयरिङ, आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्समा स्नातकोत्तर कार्यक्रम शुरू गर्ने विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्रध्वज जोशीले बताए। “हाम्रो नीति भनेको विद्यार्थीसँग शुल्क नलिने बरु उल्टै महीनाको २०–२५ हजार छात्रवृत्ति दिने हो,” जोशीले भने, “त्यसका लागि चाहिने ठूलो धनराशि जुटाउने कसरतमा छौं।”

विश्वविद्यालयले गर्ने सबै अनुसन्धान कुनै औद्योगिक समस्यामाथि केन्द्रित गर्ने लक्ष्य राखिएको जोशीले बताए। औद्योगिक प्रायोजनको खाकामा अघि बढ्ने नीति अनुसार लार्के हिमाल जडीबुटी उद्योगसँग एक जना विद्यावारिधि र एक जना स्नातकोत्तरका विद्यार्थीलाई छात्रवृत्तिका लागि सम्झौता गरिएको बताए।

उद्योगलाई चाहिने ‘रिसर्च एन्ड डिजाइन’ को काम विश्वविद्यालयले गर्ने जनाइएको छ। “नेपालमा राजनीतिक दबाबले काम गर्न दिएन भन्ने सुनिन्छ तर यो विश्वविद्यालयको हकमा त्यो देखिंदैन। काम गर्न धेरै सहज छ,” जोशीले भने, “कानूनी तथा शासकीय संरचनाको हिसाबले विश्वविद्यालय ‘परफेक्ट’ छ। संसारका १०० वटा राम्रा विश्वविद्यालयमा एउटा बन्ने हाम्रो ध्येय हो।”

उद्घाटन कार्यक्रममा विश्वविद्यालयबारे जानकारी दिंदै ट्रस्टी प्राध्यापक सुदर्शनराज तिवारीले कृषि अर्थतन्त्र हुँदै औद्योगिक अर्थतन्त्र पार गरेर ज्ञान अर्थतन्त्रमा संसार पुगिसकेको अवस्थमा मदन भण्डारी विश्वविद्यालयलाई पनि ज्ञान अर्थतन्त्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने चुनौती र दबाब रहेको बताए। “विश्वविद्यालयले रिसर्च बेस्ड एजुकेशनलाई जोड दिने कार्यक्रम अघि सारेको छ,” तिवारीले भने, “यसले अनुसन्धान मार्फत ज्ञान निर्माण जोड दिनेछ।”

त्यस्तै, अर्का बोर्ड अफ ट्रस्टी पदम ज्योतिले नयाँ विश्वविद्यालयको आवश्यकता र स्थायित्वबारे धारणा राखेका थिए। सिंगापुर न्याशनल विश्वविद्यालयका प्रोफेसर श्रीरम रामकृष्णाले मदन भण्डारी विश्वविद्यालयको सान्दर्भिकता र भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

FB_IMG_1691488474989-1691488860.jpg

world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...