jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

चित्लाङको मदन भण्डारी बिश्वविद्यालयमा मंसिर बाट पठनपाठन सुरु हुने।

FB_IMG_1691488474989-1691488848.jpg

मकवानपुरको चित्लाङमा स्थापना भएको विश्वविद्यालयले शुरूमा विद्यावारिधि र स्नातकोत्तरबाट आफ्नो कार्यक्रम शुरू गर्ने जनाएको छ।सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले विश्वविद्यालयको उद्घाटन गरेका छन्।

पहिलो चरणमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायोमेटेरियल इन्जिनीयरिङ, आर्टिफिसियल इन्टेलिजेन्स र डेटा साइन्समा स्नातकोत्तर कार्यक्रम शुरू गर्ने विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्रध्वज जोशीले बताए। “हाम्रो नीति भनेको विद्यार्थीसँग शुल्क नलिने बरु उल्टै महीनाको २०–२५ हजार छात्रवृत्ति दिने हो,” जोशीले भने, “त्यसका लागि चाहिने ठूलो धनराशि जुटाउने कसरतमा छौं।”

विश्वविद्यालयले गर्ने सबै अनुसन्धान कुनै औद्योगिक समस्यामाथि केन्द्रित गर्ने लक्ष्य राखिएको जोशीले बताए। औद्योगिक प्रायोजनको खाकामा अघि बढ्ने नीति अनुसार लार्के हिमाल जडीबुटी उद्योगसँग एक जना विद्यावारिधि र एक जना स्नातकोत्तरका विद्यार्थीलाई छात्रवृत्तिका लागि सम्झौता गरिएको बताए।

उद्योगलाई चाहिने ‘रिसर्च एन्ड डिजाइन’ को काम विश्वविद्यालयले गर्ने जनाइएको छ। “नेपालमा राजनीतिक दबाबले काम गर्न दिएन भन्ने सुनिन्छ तर यो विश्वविद्यालयको हकमा त्यो देखिंदैन। काम गर्न धेरै सहज छ,” जोशीले भने, “कानूनी तथा शासकीय संरचनाको हिसाबले विश्वविद्यालय ‘परफेक्ट’ छ। संसारका १०० वटा राम्रा विश्वविद्यालयमा एउटा बन्ने हाम्रो ध्येय हो।”

उद्घाटन कार्यक्रममा विश्वविद्यालयबारे जानकारी दिंदै ट्रस्टी प्राध्यापक सुदर्शनराज तिवारीले कृषि अर्थतन्त्र हुँदै औद्योगिक अर्थतन्त्र पार गरेर ज्ञान अर्थतन्त्रमा संसार पुगिसकेको अवस्थमा मदन भण्डारी विश्वविद्यालयलाई पनि ज्ञान अर्थतन्त्रमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने चुनौती र दबाब रहेको बताए। “विश्वविद्यालयले रिसर्च बेस्ड एजुकेशनलाई जोड दिने कार्यक्रम अघि सारेको छ,” तिवारीले भने, “यसले अनुसन्धान मार्फत ज्ञान निर्माण जोड दिनेछ।”

त्यस्तै, अर्का बोर्ड अफ ट्रस्टी पदम ज्योतिले नयाँ विश्वविद्यालयको आवश्यकता र स्थायित्वबारे धारणा राखेका थिए। सिंगापुर न्याशनल विश्वविद्यालयका प्रोफेसर श्रीरम रामकृष्णाले मदन भण्डारी विश्वविद्यालयको सान्दर्भिकता र भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

FB_IMG_1691488474989-1691488860.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...