Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

काेराेना त्रासमा घरमा बसिरहेका विद्यार्थीलाई “प्रधानाध्यापकको चिठ्ठी ’’

dipak-sir-1598519156.jpg

 मितिः२०७७।०५।११

प्रिय विद्यार्थी भाई∕बहिनी                                          

 म र हाम्रो विद्यालयका सबै शिक्षक, कर्मचारीहरू  सन्चै छौं । तिमीलगायत तिम्रो परिवारका सबै जना आरामै हुनुहुन्छ होला । संसारभर फैलिएको कोरोना भाइरसको कारणले हामीहरू विद्यालयमा भेटघाट हुन नपाएको धेरै दिन भयो । विद्यालयमा आएर साथीहरूसित भेट्न र खेल्न नपाएकोमा तिमीलाई न्यास्रो लागेको होला । कक्षामा बसेर साथीहरूसित रमाइलो गर्दै, खेल्दै पढ्नलेख्न नपाएकोमा दिक्क लागेको होला । कतै घुम्न जान पनि नपाइएको  र घरमा मात्रै बसिरहनु पर्दा पट्यार लागेको होला ।
            प्यारा विद्यार्थी भाइबहिनीहरूसित विद्यालयमा भेट्न, कुराकानी गर्न, पढाउन, लेखाउन, खेल खेलाउन, चित्र बनाउन सिकाउन नपाएर हामीलाई पनि उकुसमुकुस भएको छ । के गर्नु चाहेर पनि अहिले हामी पहिले जस्तै गरी भेट्न सक्दैनौँ ।            
 तिमीले नयाँ किताब पाइसकेका छौ । एकपटक सर्सर्ती पाना पल्टाएर हेरिसक्यौ होला । अब  सबै विषयका  पाठहरू सुरुदेखि मेसैसित पढ्दै जानु पर्छ । हरेक पाठको अभ्यास खण्डमा दिइएका कामहरू निर्देशनअनुसार सबै गर्नुपर्छ । उदाहरणहरू दिएका पाठहरूको उदाहरण खण्ड सबैभन्दा पहिला मिहिन ढंगले अध्ययन गर्नुपर्छ । त्यसपछि अभ्यास खण्डमा दिएका कामहरू नछुटाई गर्दै जानु पर्छ । किताबमा तिमीले सिक्नु पर्ने विषयवस्तुहरू राम्रोसित बिचार गरी छनौट गरेर आकर्षक ढंगले छापिएको छ । तिमीले सिक्नु पर्ने धेरैजसो विषयवस्तुहरू हाम्रै घर र घरवरिपरि भएका चिजवस्तुहरू हेरेर, प्रयोग गरेर सिक्न सकिने गरी दिइएको छ । घर र घरवरिपरिको वातावरणमा पाइने चिजवस्तुको प्रयोग गरी सिक्ने प्रयास गरे है । आफ्ना किताब र अरू मिल्दाजुल्दा किताबहरू आफैले अध्ययन गर्दै जाँदा कुनै विषयवस्तु बुझ्न सकेनौ भने परिवारका आफूभन्दा ठूला व्यक्तिको सहयोग लिनु पर्छ । त्यसरी प्रयास गर्दा पनि बुझ्न सकेनौ भने नबुझेको कुरा के हो आफ्नो कापीमा टिपोट गरी राख्नु र तिम्रो टोलमा शिक्षक आउँदा सोध्नु । शिक्षकले तिमीलाई बुझाइदिनुहुन्छ । आफूलाई परेको समस्या विषय शिक्षकलाई फोनबाट बताएर पनि सहयोग लिन सक्छौ ।यस अघि हामीले बन्दाबन्दीको अबधिमा र बन्दाबन्दी पश्चात सिकाइ सहजिकरण भन्ने बैकल्पिक शिक्षाको प्याकेज लिएर तिम्रो घर टोलमा आएका थियौ।हामीलाई बिश्वास छ तिमीले

  •  साबुनपानीले मिचिमिचि हात धुदै हौला।
  •  समूहमा बसेका छैनौ होला।
  •  १ मीटरको दुरीमा बसेका हौला।
  •  रेडियो टिभिको कक्षा सुन्दै हौला।
  •  खेल्ने ब्यायाम गर्ने गरेका हौला।
  •  आफू सुत्ने कोठा सफा सुग्घर बनाएकै हौला।
  •  आफ्ना लुगा धोएकै हौला।
  •  भान्सामा आमासंग धेरै तरकारी मसला खाना परिकारको नाम सिक्यौ होला।
  •  आमालाई सघाउँदा कति खानेकुरा पकाउन पनि सिक्यौ होला।
  •  हामीले दिएको गृहकार्य पनि लेख्दै हौला।
  •  दैनिक रुटीङ बनाएर त्यसैअनुसार चलेका हौला।
  •  पोषिलो खाना खाएकै हौला।
  •  खेतबारी मल भकारोमा बाबा ममीसंग गयौहोला।
  •  यसपाली रोपाईमा बाउसे रोपाहार बन्यौ होला।
  •  बाबासंग माछा मार्न खोला पोखरी पनि गयौ होला।
  •  फूलबारी गोडमेल र हेरचाह गर्दैहौला । 

            तिमीलाई बेलाबेलामा अभिभावकले कथा सुनाउनु हुन्छ होला । कथा ध्यान दिएर सुन्नुपर्छ । कथाबाट धेरै ज्ञानगुनका कुरा सिकिन्छ । बैठक वा आफू सुत्ने कोठामा बसेर पुस्तकहरू पढ्ने र लेखाइको अभ्यास गर्ने गर्नु पर्छ । पुस्तक पढ्दा कुनै कुरा बुझिएन भने घरका आफूभन्दा ठूला मान्छेलाई सोध्ने गर्नुपर्छ । उहाँहरूबाट पनि तिम्रो समस्या समाधान नहुने भयो भने शिक्षकलाई फोन गर्न सक्छौ । फोनबाट पनि तिमी स्पष्ट हुन नसकेमा अर्को पटक शिक्षकहरू तिम्रो टोलमा आउँदा नबिर्सी सोध्नु पर्छ । स्पष्ट हुनुपर्छ । यसो गरियो भने विद्यालय जान नपाएको अवस्थामा घरमै बसेर, घरका काममा सहभागी भएर विद्यालयबाट सिक्ने सबै कुरा तिमीले घरमा नै सिक्न सक्छौ । जान्ने बन्न सक्छौ । अभिभावकको सल्लाह अनुसार सबै काममा सहभागी भएर धेरैभन्दा धेरै कुरा सिक्न सक्छौ ।
            तिम्रो पढाइ लेखाइका बारेमा हामी धेरै चासो राख्दछौँ । भविष्यमा तिमी ज्ञानी, असल र जाँगरिलो मानिस भएको हेर्ने हाम्रो इच्छा छ । अहिलेदेखि नै समयतालिका बनाएर समयलाई कत्ति पनि खेर नफाली रमाई रमाई सिक्ने प्रयास गर्‌यौ भने तिमीले सिक्नु पर्ने सबै विषय राम्रोसित सिक्न सक्छौ । राम्रा राम्रा सिप सिक्न सक्छौ ।
            यो महामारीको अवस्थामा हामी कसरी सुरक्षित रहन सक्छौं ?, तिमीले घरमा अभिभावकसित बसेर, काममा सहभागी भएर, आफैले अध्ययन र अभ्यास गरेर कसरी सिक्न सक्छौ ? भन्ने विषयमा उदाहरणका लागि केही नमूना मात्र यो चिठीमा लेखिएको छ । तिमीले योभन्दा अझै धेरै विषयवस्तु र सिप सिक्नका लागि जाँगर गर्नुपर्छ ।
            महामारीको अवस्थालाई हेरेर समय मिलाएर हामी तिमीलाई बेलाबेलामा भेट्ने छौं । तिमीलाई सिक्नका लागि सहयोग गरिरहने छौं । तिमी पनि रमाई रमाई सिक्ने काममा लागिरहने छौ भन्ने आशा गरेको छु । तिम्रा दिनहरू रमाइलोसँग बितुन् । आजलाई यत्ति है त । फेरि भेटौंला ।


             तिम्रो सधै भलो चाहने
प्रधानाध्यापक
लेखक बराल जनता माध्यमिक विद्यालय बर्दिबास ३ गौरीडाँडा महोत्तरीका प्रधानाध्यापक हुनुहुन्छ । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...