Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

गुणस्तरीय शिक्षा र चुनौतिहरु
-बिजयबाबु बस्नेत

आजको विज्ञान र प्रविधिको युगमा शिक्षास“ग प्रत्यक्ष सम्वन्ध रहेको छ । शिक्षित व्यक्ति र जनशक्तिको पूर्ण परिचालनबाट मात्र कुनै पनि राष्ट्र र समाजको सम्पूर्ण उन्नति प्रगति सम्भव हुन्छ । यसकारण हरेक राष्ट्रले आफ्नो कुल बजेटको सवैभन्दा वढी अंश शिक्षामा खर्च गरेको पाइन्छ । यहि अनुरुप नेपाल सरकारले पनि विकास वजेटको अनुपातमा नै शिक्षामा खर्च गरिरहेको छ । तर यसबाट सोचे अनुसारको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन । शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाई विश्व बजारमा प्रतिश्पर्धा गर्ने उद्देश्यबाट प्रोरित भर्य त्यस्ता रकमहरु शिक्षा मन्त्रालय र शिक्षा संग सम्वन्धित कार्यालयहरुको मातहत तथा सहकार्यमा शैक्षिक गुणस्तर वृद्घि सम्वन्धि कार्यक्रमहरु सञ्चालनमा आएका छन् । त्यस्ता कार्यक्रमहरु कतिपय शिक्षकहरु स“ग सम्वन्धित छन भने कयौं विद्यार्थीहरुस“ग प्रत्यक्ष रुपमा जोडिएका छन् । के त्यस्ता कार्यक्रमहरुले गुणस्तरीस्य शिक्षा प्राप्त गर्न अभिप्रेरीत गरिरहेको छ ?
    गुणस्तरीय शिक्षा भन्नाले काम लाग्ने र जीवनोपयोगी शिक्षा भन्ने बुझिन्छ । शिक्षाले ब्यक्ति, समाज र राष्ट्रको अपेक्षा पुरा गर्नु पर्दछ । शिक्षा किताव स“ग मात्र सिमित छैन । यो तोकिएको पाठ्यक्रम भन्दा ब्यापक र बृहद छ । विद्यार्थीहरुलाई पाठ्यक्रममा मात्र लगाम लगाउनुको साटो उनीहरुको ब्यवहार , सोचाई, स्वभाव र सृजनात्मकतामा सकारात्मक परिवर्तन ल्यायी जीवन उपयोगी नैतिक र व्यावसायिक शिक्षा दिनु नै गुणस्तरीय शिक्षा हो भन्न सकिन्छ । तर नेपालको परिप्रेक्षमा हेर्ने हो भने यहा“का अधिकांश विद्यालयहरुबाट दिइने शिक्षा गुणस्तरीय हो भन्ने अवस्था छैन । विद्यालय शिक्षा किताव केन्द्रित भएको पाइन्छ । एक शैक्षिक सत्रको अवधिभर आफुले जिम्मा लिएको विषय र त्यसभित्र समावेश भएको पाठहरु सकाउनु पर्छ भन्ने मानसिकताबाट अधिकांश शिक्षकहरु ग्रसित भएको पाइन्छ । त्यसैगरी विद्यार्थीहरुमा पनि आफ्नो मुल्याङ्कन पाठवाट सोधिने प्रश्नहरु र परिक्षाबाट मात्र हुन्छ भन्ने मानसिकता रहेको छ । हुन त गुणस्तरीय शिक्षाको लागि भनेर विद्यालय क्षेत्र सुधार योजना र निरन्तर मुल्याङ्ककन  पद्घति प्रयोगमा आएको छ । यसबाट खासै परिवर्तन भएको पाइदैन । यस्ता कार्यक्रम कक्षा भित्र नपसि कागजी रुपमा मात्र सिमित भएको छ । यसले गर्दा विद्यालय अक्षर चिनाउने स्थल मात्र भएको छ । विद्यालयले गुणस्तरीय शिक्षाको माध्यमबाट देशभक्त, कर्मठ, निष्ठावान, स्वाभीमानि  र सिर्जनात्मक दक्ष जनशक्ति उत्पादन गर्न सकेको छैन । 
    नेपालका सामुदायिक विद्यालयहरुको अवस्था अपहेलित र उपेक्षित छ । विद्यालयहरुप्रति अभिभावकहरुको धारणा नकारात्मक रुपमा विकसित भैरहेको छ । यस्तो हुनुमा को दोषी ? भन्ने बिवाद शिक्षक, विद्यार्थी, ब्यवस्थापन समिति र अभिभावकहरु विच चरम उत्कर्षमा छ कोहि पनि आफुलाईइ दोषी बनाउन नचाहने र अरुलाई दोष दिन पनि नछाड्ने मनोबृत्ति हावि छ । जसले गर्दा सम्पूर्ण सामुदायिक विद्यालय र यसको गुणस्तरीयता धरासायी हुदै गइरहेको छ । यस विचमा नेपाल सरकारबाट नयां शिक्षा ऐन बन्ने र सायसापेक्ष संशोधन गर्ने काम नभएको पनि होइन । तै पनि यसवाट विद्यालय शिक्षामा खासै परिवर्तन आएको देखिदैन यि लगायत अनेकौं चुनौतिहरुको कारणले गर्दा विद्यालय शिक्षा गुणस्तरीय हुन सकिरहेको छैन जसको प्रत्यक्ष असर ब्यक्ति, समाज र राष्ट्रको विकास र भविष्यमा पर्नेछ ।
    विद्यालय भित्र रहेका अनगिन्ति समस्या र प्रवृत्तिहरु नै गुणस्तरीय शिक्षाको बाधक हो भन्न सकिन्छ । शैक्षिक पाठ्य बस्तुहरु समय सापेक्ष परिवर्तन भैरहेको छैन भने त्यस्ता पाठ्यवस्तुहरुलाई व्यबहारिक रुपमा सिक्न र सिकाउनको लागि प्रयाप्त मात्रामा शैक्षिक सामाग्रीहरुको अभाव छ । कतिपय अवस्थामा त पाठ्यपुस्तक उचित समयमा उपलब्ध भएको पानि पाई“दैन । यसले गर्दा सिकाई क्रियाकलापमा प्रत्यक्ष रुपमा प्रभाव पारेको पाइन्छ । फलस्वरुप शिक्षाको गुणस्तरमा हस आएको हो । त्यस्तै गरि सामुदायिक विद्यालयहरु प्रति अभिभावक तथा विद्यार्थीहरुको आकर्षण घट्दो छ । दिन दिनानु विद्यार्थी संख्यामा कमि आउनु र विद्यार्थी नियमित नहुनु यसको एक ज्वलन्त उदाहरण हो । शिक्षकहरु पनि विद्यार्थीको चाहना र रुचि अनुसार प्रस्तुत हुन सकिरहेका छैनन् । दक्ष र तालिम प्राप्त शिक्षकहरुको संख्या उल्लेख्य मात्रामा भए पनि तत्अनुरुप शिक्षण सिकाईं क्रियाकलाप कक्षाकोठा भित्र प्रवेश नभएको पाइन्छ । नयां–नयां पद्दति र प्रविधि शिक्षण क्रियाकलापमा विकसित भइरहेको अवस्थामा परम्परागत विधिबाट शिक्षण गतिविधि सञ्चालन भइरहनु पनि शैक्षिक गुणस्तर वृद्घि हुन नसक्नुको एक कारणको रुपमा रहेको छ ।
    जे जस्ता समस्याहरु र चुनौतिहरु भएता पनि सामुदायिक विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरुले तयसको सामना गर्दै उपयुक्त समाधानको बाटो रोज्नुको अर्को विकल्प छैन । साथ साथै नेपाल सरकार, शिक्षा मन्त्रालय र सरोकारवालाहरुले उचित शैक्षिक निति अवलम्वन गरि शैक्षिक गुणस्तर अभिवृद्घि गर्नका लागि सान्दर्भिक कार्यक्रम ल्याउन आवश्यक छ । अहिले विद्यमान रहेका समस्याहरुलाई क्रमागत रुपमा पहिचान गरि त्यसको तार्किक समाधानमा जान उचित प्रकारको कदम चाल्नु पर्ने देखिन्छ , त्यस्तै गरि विद्यालय र शिक्षस“ग समवन्धित पक्षहरुमा सकारात्मकता र दृढ इच्छाशक्तिको वृद्घि हुन जरुरी छ । विद्यालय गतिविधिलाई कितावस“ग मात्र नजोडी सलाई ब्यवहार, ब्यवसायीक्ता र राष्ट्र र समाजको उन्नती र प्रगतिस“ग पनि समावेस गर्नु जरुरी छ । शिक्षक–शिक्षक विचको विभेदलाई अन्त्य गर्दै विद्यार्थीहरु प्रति उत्तरदायी बनाउन जरुरी छ । एकले अर्कोलाई दोषरोपण गर्न छोडी समस्या समाधान तर्फ हाम्रो भुमिका कस्तो र के हुन सक्छ भनि चिन्तन मनन् गर्नु पर्ने वैला भएको छ । अन्यथा हामी आफैले बुनेको जालमा आफै फस्नैछौं र लाखौं नया“ पिढीहरुको उज्जवल भविष्यको बाधक वनेर आफ्नो एतिहा“स लेख्ने छौं । तसर्थ गुणस्तरीय शिक्षामा सवैको पहु“च पु¥याउनको लागि र देशलाई कुसल र दक्ष जनशक्तिको उत्पादन गर्नको लागि सम्पूर्ण शिक्षा सरोकारवालाहरुले एक पटक गम्भिर हुने बेला आएको छ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png