Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

कैलाशमा वर्थिङ सेन्टर सञ्चालनमा

Barthin-center-Lok1697076-1697121041.jpg

 भौगोलिक विकटताको कारण सहज र सुलव स्वास्थ्य सेवाको पहुचबाट बञ्चित मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकामा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएको छ ।

बुधबारबाट गाउँपालिकाको वडा नम्बर ७ मा रहेको ङिको स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर तथा भिडियो एक्सरे सहितको स्वाथ्य सेवा संचालनमा आएसंगै भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुचबाट बञ्चित कैलाशमा भिडियो एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टर कार्यको सुरुवात भएको हो ।

बुधबार एक समारोहका बिच गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले एक्सरे सहित गर्भावस्था जाँच तथा वर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । गाउँपालिकाको वडा नम्बर ७ मा रहेको ङको स्वास्थ्य चौकीमा गर्भवतीसँग पालिका प्रमुख कार्यक्रम अन्तरगत पहिलो कार्यक्रमको सुरुवात गरिएको हो । विकट रहेको कैलाश गाउँपालिका त्यसमा पनि चेपाङ र तामाङ समूदायको बाहुल्यता रहेकोले पनि नियमित गर्भवती परिक्षण नगर्ने भएकाले स्वास्थ्य चौकीमै विशेषज्ञका साथ भिडियो एक्सरे सेवा सुरु गरिएको वडा ७ का वडा अध्यक्ष उदास भ्लोनले बताएका छन् । नयाँ वर्थिङ सेन्टरबाट बुधबार ४० जना गर्भवती महिलाले आफ्नो गर्भावस्था परिक्षण गरिएको डाक्टर विदुर भण्डारीको टोलीले गर्भवती महिलाले गर्भावस्था परिक्षण गरेको वडाध्यक्ष भ्लोनले जनाएका छन् ।

गाउँपालिकाले वार्षिक कार्यक्रमै समेटिएर यो कार्यक्रम गरेका गरिएको गाँउपालिका अध्यक्ष लोक बहादुर मोक्तानले बताएका छन् । पालिकाका प्रत्येक गर्भवती महिलाले सुरक्षित आफ्नो गर्भावस्था जाँच सेवा प्रदान गर्ने र हेटौंडा अस्पतालका डाक्टर विदुर भण्डारीसँगको सहकार्यमा महिनाको दुई पटक गाउँपालिकामा उक्त सेवा दिने अध्यक्ष मोक्तानले बताएका छन् । त्यसैगरी गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णकुमार यादवले स्त्री रोग विशेषज्ञले पालिकाको स्वास्थ्य चौकीबाटनै सेवा प्रदान गरिने बताए । यादवले पालिकामा वडा नम्बर २,३,५,८,९ मा यस अघिनै वर्थिङ सेन्टर सञ्चालन भइसकेको बताए । कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, डाक्टर विदुर भण्डारी, स्वास्थ्य संयोजक कृष्ण कुमार यादव लगायतको आतिथ्यता रहेको थियो ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png