Thursday, 09 May, 2024
कृषि

कृषीमा रमाउदै थाहाका युवा 

cover-1631876041.jpg

हुर्कदै गरेको कुखुराका चल्ला डुलीरहेका, लरक्क परेर बढिरहेका विभिन्न जातका बाख्रा र खसी बोका चरिरहेका र सुगुर बंगुर खोरमा कराईरहेका, गाई बाछा रमाईरहेका अनि खोर्सानी लगाएतका तरकारी लहलहाईरहेका देखिन्छन थाहा कृषी फार्ममा । 
नेपालमै बसेर मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण थाहानगरपालिका २ का युवाहरुले प्रस्तुत गरेका छन् ।  थाहा २ का हरि के.सी. र मिलन कार्कीले गाउँमै  कुषि फर्म सञ्चालन गरेर राम्रो आम्दानी गरिरहेका भन्दै सन्तुष्टि मिलेको बताउनु हुन्छ ।  
वैदेशिक रोजगारमा केहि वर्ष विताएका हरि के.सी. र मिलन कार्कीले बैदेशिक यात्रामा धेरै दुखकष्ट झेलेर बिताएको स्मरण गर्दै अब नेपालमै फर्केर कृषी कर्म गर्ने अठोटले फर्किको बताउनुहुन्छ ।  


बिदेशमा पैसा टिप्न पाईने सपना देखेर त गईयो, बिदेश पुगेपछि पैसाको बोट त आफ्नै माटोमा पो रहेछ भन्ने बुझियो अनि स्वदेश फर्किएर थाहा कृषी तथा पशु पन्छी फर्म संचालन गरेको संचालकद्धय के.सी. र कार्की बताउनुहुन्छ । 
१० रोपनी जग्गा बन्धकीमा लिइ ४६ लाख लगानीमा फर्म सञ्चालन गरिरहनु भएका के.सी. भन्नुहुन्छ  “अहिले हाम्रो फर्ममा बोयर, जमुनापारि, खरिजातका बाख्राहरु छन र कुखुराहरुमा कडकनाथ, लेस, लोटन, गिरिराज, लोकल रहेका छन त्यस्तै खरायो र बङ्गुरहरु पनि पालन गरिरहेका छौं ” अब व्यावसायिक रुपमा अझ बढाउदै जान्छौं ।  
बिदेशको तातोमा बगाएको पसिना र श्रमको मुल्य भन्दा त आफ्नै माटोमा गरेको मेहनतले बढी कमाउन र खुसी हुन सकिने व्यावसायी कार्कीलाई लागेको छ । 


 
हामी हाम्रो स्थानिय कामहरु गर्न अफ्ठ्यारो मान्छौं, लजाउँछौं तर बैदेशिक रोजगारमा भने जस्तोसुकै काम गर्न पनि पछि हट्दैनौं । विदेशको ठाउँ, हामीले सोचेको जस्तो सरल त कहाँ हुन्छ र ? जहाँ अरुको दवावमा काम गर्नुपर्ने ह्ुन्छ त्यहाँ व्यक्तिगत स्वतन्त्रताको अनुभुत त पक्कै हुँदैन । 


मेहनती हातहरुका लागि संसारका कुनै स्थानले फरक पार्दैन । परिवर्तन सम्भव केवल मेहनती हातहरुद्धारा नै हुने गर्दछ । भनिन्छ, जहाँ ईच्छा त्यहाँ उपाय । यदि मनमा प्रवल इक्षा छ भने हरेक काम सहज तरिकाले गर्न सकिन्छ । उदेश्य प्राप्तिका लागि काम गर्दै जादा आउने विभिन्न बाधा अड्चनहरु पन्छाउदै हिम्मत नहारी लगनशिल भए पक्कै सफलता पाईन्छ । 

 

थाहाका यी उद्यमी युवाहारुको सवालमा भने कुरा फरक हुन जान्छ । सायद बैदशिक यात्राले पनि धेरै कुरा सिकाएको हुनसक्छ । करिव ४६ लाख बरावरको लगानीमा सुरु गरिएको थाहा पशुपंक्षी तथा कृषी फर्म लगभग १० रोपनी क्षेत्रफलमा फैलिएको छ जहाँ जमुनापारि, बोयर, खरि जातका गरि अहिले २२ वटा बाख्राहरु छन । त्यस्तै कुखुराहरुमा कडकनाथ, लेस, लोटन, गिरिराज र लोकल गरि हरेक २००÷२०० वटा रहेका छन् । पहिलो बर्ष कुखुराबाट खासै नाफा लिन नसकेको उहाँहरुको तितो अनुभव छ । पहिलो बर्षमै व्यवसायबाट घाटा खाएर पनि आत्मबल भने पूरानै अवस्थामा रहेको र अझ समस्याहरुसंग कसरि जुध्नुपर्ने रहेछ भन्ने कुरा थाहा पाइसकेपछि थप उर्जा मिलेको उहाँहरु बताउनुहुन्छ । 


अकबरे खोर्सानी र अन्य जातका खोर्सानी लगाएत तरकारीहरु लगाएर दिनभर व्यस्त हुने कार्की र के.सी. व्यवसायिक कृषीमा सफल हुने अठोटका साथ लागिरहरुनु भएको छ । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...