Monday, 06 May, 2024
कृषि

कृषि प्रदर्शनीमा उत्कृष्ट हुने कृषकहरु पुरस्कृत

FB_IMG_1702311063418-1702311076.jpg

थाहानगरमा जारी चौथो थाहा महोत्सवको अवसरमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएको कृषि उपजहरुबाट उत्कृष्ट भएका कृषकहरुलाई सोमबार पुरस्कार प्रदान गरेको छ ।

थाहा नगरपालिका मेयर विष्णुबहादुर विष्टले उत्कृष्ट कृषकहरुलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् ।
प्रदर्शनीमा करिव १ सय २५ जनाको सहभागिता जनाएको कृषकहरु मध्येबाट २१ कृषकको नतिजा सार्वजनिक गरेको थियो । थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रदर्शनको नतिजा अनुसार काउली तथा जरे तरकारी बालीतर्फ थाहा २ को सुमित्रा घलानको काउली प्रथम, थाहा ३ को राजकुमार घिसिङको ब्रोकाउली द्वितीय र थाहा १ को अनिता सिन्तानले उत्पादन गरेको मुला तृतीय भएको थियो । फलफूल समूहको तरकारी बालतर्फ थाहा २ को साननानी ढकालले उत्पादन गरेको फर्सी प्रथम, थाहा ६ को थाहा सिङको अकबरे द्वितीय र थाहा ४ को कुमार कार्कीले उत्पादन गरेको लौका तृतीय भएको थियो । कन्दमूल बालीतर्फ थाहा २ को कृष्ण कार्कीले उत्पादन गरेको पिडालु प्रथम, थाहा १२ को देउती माया आलेले उत्पादन गरेको पिडालु द्वितीय र थाहा २ को डोलकुमारी ढकालले उत्पादन गरेको बेसार तृतीय भएको थियो ।

त्यस्तै फलफूल बालीतर्फ थाहा १२ को भक्त बहादुर आले मगरले उत्पादन गरेको एभोकाडो प्रथम, थाहा १२ कै क्षेत्रबहादुर आलेले उत्पादन गरेको सुन्तला द्वितीय र थाहा ६ को मजिरमान महर्जनले उत्पादन गरेको किबी तृतीय भएको थियो । आलु बीउतर्फ थाहा २ को भवानी भमालले उत्पादन गरेको कार्डिनल आलु प्रथम, थाहा ४ को रेशमबहादुर विष्टले उत्पादन गरेको कार्डिनल आलु द्वितीय र थाहा ३ को सानोभाइ खड्काले उत्पादन गरेको मर्मल टप आलुको बीउ तृतीय भएको थियो । अन्न बालीतर्फ थाहा २ को शिवराम कार्कीले उत्पादन गरेको देउती मकै प्रथम, थाहा २ कै पार्वती ढकालले उत्पदन गरेको देउती मकै द्वितीय र थाहा २ की रीता कुमारी थापाले उत्पादन गरेको कोदो तृतीय भएको थियो भने अन्य बालीतर्फ थाहा १२ को दुर्गा बहादुर आले मगरले उत्पादन गरेको कफी प्रथम, थाहा ६ को बाराही मौरी घारको सेरेना गौरी द्वितीय र थाहा १२ कै भक्त बहादुर आले मगरले उत्पादन गरेको कफी तृतीय भएको थियो ।

मेयर विष्टले प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय भएका किसानलाई क्रमशः नगद २ हजार, १ हजार ४ सय र १ हजार रुपैयाँ प्रदान गरेका थिए । थाहा नगरपालिका कृषि विकास शाखाको आयोजनामा पुरस्कार वितरण कार्यक्रम भएको हो। कार्यक्रममा थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख नविन खालिङ राई, कृषि शाखा प्रमुख सञ्जय तिवारीलगायतको आतिथ्यता रहेको थियो ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...