pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं साधारण सभा सम्पन्न

थाहा नगरपालिका शिखरकोटमा रहेको कुण्डलदेवी बहुउद्देश्यीय सहकारी संस्थाका  २०औं  साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा शिखरकोट स्थित शंकर होटलमा  भएको हो ।
बिश्वब्यापि महामारि कोभिड १९ लाई मध्यनजर गर्दै सहकारि ऐन तथा निर्देशिकालाई पालना गर्दै भौतिक दुरी कायम गरि कार्यक्रम सञ्चालन गरिएको हो । 
। सुरक्षा सर्तकता अपनाउदै पौष १४ बाट २४ सम्म   सस्थाकै कार्यलयमा उचित राय सल्लाह सुक्षाब सहितको हस्ताक्षर अभियान सञ्चालन गरि शुक्रबार अध्यक्ष,सचिब र कोषाध्यक्षको प्रतिबेदन सहित हस्ताक्षर प्रमाणिकरणका साथमा कार्यक्रम सम्पन्न गरिएको  हो । 

संस्थाकै असल बचत कर्ता तथा जेष्ठ नागरिग मानबहादुर भोम्जनको आतित्थता र संस्थाको अध्यक्ष शिव कुमार खत्रिको अध्यक्षतामा संचालित कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा सस्थाका सल्लाहकार बिनोद कुमार लामा र सस्थाका पुर्व सचिब तथा संस्थाका  सल्लाहकार राजिव कुमार स्याङ्तानले संस्थाला भावि दिनमा अगि बढ्नुपर्ने मार्ग चित्र सहितको उचित राय सल्लाह सुझाव सहितको मन्तब्य राख्नु भएको थियो । 

संस्थाले साधारण सभाको अवसर परेर असल बचत कर्ता तथा जेष्ठ नागरिक सम्मान स्वरुप श्री रमेश रायमाझि र मान सिह भोम्जनलाई दोसल्ला ओडाई सम्मान गरेको छ ।
सस्थाका कोषाध्यक्ष सिताराम रुम्बाले  कोषध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सहकारी मात्र नाफा कमाउने र बोनस बितरण गर्ने संस्था मात्र नभई सिक्ने सिकाउने र सहकार्य गरि एक आपसमा सरसहयोगको भावना आदन प्रदान गर्ने थलो पनि भएकाले सबै मिलेर सामुहिक एकताका सँग सगै अगि बढ्न सके ब्यक्तिगत तथा सस्थागत लाभ हासिल गर्न सकिने बताउनु भयो । 

 सहकारीका सचिव रामकुमार बलले एक थुकि सय थुकि नदि भनेसरि हिजोको  अवस्थाबाट आज सहकारि यो अवस्था सम्म आउन तपाईं हामी सम्पुर्ण सञ्चालक समिति,लेखा समिति,शिक्षा तथा ऋण उपसमिति साथै सम्पुर्ण सेयर सदस्यहरु बिचको एकता बिश्वाश,भरोसा,सहकार्य नै हो र भबिष्यमा पनि यसरिनै अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो । 

संस्थाका अध्यक्ष शीवकुमार खत्रिले सहकारिका गत आथिक बर्षको नीति तथा कार्यक्रम र भाबि कार्ययोजना पेश गर्ने क्रममा संस्थाको  सेवा सुविधा गाउँ टोलमा पुर्याउन संस्था सम्बन्धि जनचेतना जोगाउदै युवा स्वरोजगार योजनाहरुमा संस्थाले सस्तो ,छिटो छरितो ढ्ङग बाट कर्जा उपलब्ध गराई सहकारिका सदस्यको पुजिलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनुभयो। 


खत्रीले ब्यवसायिक कर्जाका साथमा कृषि उत्पादन ,प्रयर्टन उधोगलाई पनि थप टेवा पुग्ने गरि सस्थाको गतिबिधिलाई अझ फराकिलो बनाउदै अनोत्पादित भएर बसेको सस्थाको जिण भवनलाई मर्मत गरि पुन उत्पादन मुलक थप आयआर्जन गर्न  प्रयोगमा ल्याने बताउनु भयो। सस्थाले कर्जाप्रभाव गर्दा सदस्यले उक्त कर्जालाई तोकिए बमोजिमको उत्पादशिल क्षेत्रमा लगानि भए नभएको नियमित अनुगमन गरिने र सहि सदुप्रयोग गरि उच्च आयआर्जन गर्ने सेयर सदस्यलाई थप हौसला जोगाउन थप  सेवा सुविधा र सहुलियत प्रदान गर्नेकुरामा जोड दिनु भयो ।
सस्थाको सेयर पुजी ६४ लाख, लगानि २करोण ६ण्लाख ,निक्षेप १करोण ७० लाख रहेको छ

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...