jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

कानुन पढ्दा राम्रो अवसर....

law-1631695259.jpg

विगत केही वर्षदेखि न्यायालयमा सर्वसाधारणको सम्कर्प हुने मध्यस्तरको जनशक्ति तयार पार्न कक्षा ११, १२ मा कानुन विषय पढाइ हुँदै आएको छ।

सरकारले नै न्यायपालिका र कानुन मन्त्रालयमा मध्यमस्तरको जनशक्ति कानुन पढेकै चाहिने रहेछ भन्ने सोचेर न्याय समन्वय समिति, कानुन मन्त्रालयको सिफारिसमा कक्षा ११ र १२ मा काननु पढाउन थालिएको हो। एसईईमा डी प्लस मात्र जीपीए ल्याउनेले समेत यो विषय पढने अवसर पाउँछन्।

एसईईको नतिजा सार्वजनिक भएसँगै अभिभावकलाई आफ्ना छोराछोरीलाई कुन विषय पढाउने भन्ने चासो हुन्छ। विद्यार्थीको रुचि र समाजको आवश्यकतालाई ध्यानमा राखी उचित परामर्श र भविष्य निर्माणका लागि कानुनमा करिअर रोजगार र अवसरका लागि विगत ३ वर्षदेखि विभिन्न कलेजहरूले कक्षा ११ र १२ कानुन विषय पढाउँदै आएका छन्।

कानुनको नयाँ पाठ्क्रमअनुसार कक्षा ११ र १२ गरी २ वर्षमा हजार पूर्णाङ्कमा ७ सय अंकभार कानुनकै हुन्छ। कक्षा ११ मा अनिवार्य नेपाली र अंग्रेजीबाहेक ३ सय पूर्णाङ्क कानुनको विषय अध्ययन गर्नुपर्ने व्यवस्था छ। त्यसमा कानुनको सिद्धान्त, नेपाली कानुन प्रणाली, संवैधानिक कानुन र नेपालको संविधान गरी तीन विषय अध्ययन गर्नुपर्छ भने कक्षा १२ मा अनिवार्य अंग्रेजीबाहेक ४ सय पूर्णाङ्क कानुनको विषय अध्ययन गर्नुपर्ने हुन्छ। कानुनको मस्यौदा प्रक्रिया, कार्यविधि कानुन, देवानी र फौजदारी कानुन, मानवअधिकारको पनि अध्ययन गर्नुपर्छ। साथमा ५० पूर्णाङ्कको प्रयोगात्मक पनि हुन्छ।

कानुन नपढेका व्यक्तिलाई सरकारी सेवामा सामान्य कार्यविधि थाहा हुँदैन। यदि कानुन पढेको व्यक्ति प्रवेश गर्ने हो भने कानुनको भाषा बुझेको हुन्छ। सेवाग्राहीको काम पनि चाँडो हुन्छ।

कार्यालयमा आदेशको कार्यान्वयन गर्ने, मिसिल झिकाउने, म्याद तामेली गर्नेलगायतका काममा खरदार र सुब्बाजस्ता कर्मचारी नै सहभागी हुनुपर्छ। माध्यमिक तहमा कानुनको अध्ययनले विद्यार्र्थीलाई कानुनी भाषा, विधिशास्त्र, संवैधानिक कानुन, मानवअधिकार सामाजिक न्यायलगायतका विषयमा ज्ञान प्राप्त हुन्छ भने भोलिका दिनमा कानुनकै अध्ययन एलएलबीका लागि बलियो बेस तयार गरिदिन्छ।

कालिमाटीस्थित कलेज अफ सेन्ट्रल स्टेटमा रोल्पाबाट कानुन पढ्नै भनेर आएकी छात्रा अञ्जली नेपाली भन्छिन्– ‘अहिले कानुनमा प्लस टु सक्नेबित्तिकै सरकारी जागिरको राम्रो अवसर पाउने सम्भावना उत्तिकै छ।’ त्यस्तै सोेही कलेजमा कानुन विषय लिएर पढ्ने छात्रा सगीता भट्ट पनि ११ र १२ मा कानुन पढेपछि अवसरको ढोका खुल्ने बताउँछिन्। उनी भन्छिन्– ‘अरू विषय पढ्दा पढिसकेर मात्र काम पाउने चान्स हुन्छ। कानुन पढ्दा फाइदै फाइदा छन्। अरूले भन्दा कानुन पढेको व्यक्तिले कानुनको टर्मिनोलोजी बुझेको हुन्छ।’

त्रिपुरेश्वरस्थित मुनाल ‘ल’ फर्मका कानुन व्यवसायी युवराज पोखरेलका विचारमा कम्पनी, अदालत, मालपोत, यातायात, श्रम कार्यालय, कन्सलटेन्सीलगायतका ठाउँमा लेखापढी गर्न पाइने कानुन व्यवसाय नै अहिले आकर्षक पेसा बनेको छ। अधिवक्ता रामचन्द्र पौड्यालका विचारमा– ‘कानुन सेवामुखी विषय हो। कानुन पढ्दा अवसरै अवसर छन्।

सबैले कानुन पढ्नुपर्छ सबै विद्यालय कलेजले कानुन पढाउनुपर्छ। कानुनको समाजमा सबैलाई सचेत नागरिक बनाउन महत्वपूर्ण भूमिका हुन्छ।’

२०७२ को संविधान घोषणापश्चात संघीयता कार्यन्वयनमा त झन् कानुन पढेका जनशक्तिको माग बढिरहेको छ। स्थानीय तहमा न्यायिक समिति गठन हुने भएकाले अहिले हरेक गाउँपालिका, नगरपालिकाले न्याय सम्पादनको काम गरिरहेको छ।

यसबाहेक उनीहरूले आफ्नो कानुन आफैँ बनाउँछन्। कानुन बनाउनुपर्ने भएपछि उनीहरूलाई कानुन अध्ययन गरेका जनशक्तिको खाँचो छ। अरू क्षेत्रमा पनि कानुन पढेको जनशक्तिको माग धेरै छ। फेरि ‘ल’ पढ्नेको स्वदेशमा मात्रै होइन विदेशमा पनि माग निकै छ। राम्रो कुरा ११ र १२ मा कानुन विषय पढेपछि विद्यार्थीले स्नातक तहमा कानुनबाहेक अन्य संकायमा समेत अध्ययन गर्न पाउँछन्।

जिल्लादेखि उच्च अदालतसम्म बहस गर्न पाउने अधिवक्ता अनुभवका आधारमा जिल्ला, प्रदेश, उच्च र सर्वोच्च अदातलको पनि न्यायाधीश हुन योग्य हुन्छन्। अहिले सरकारले लोकसेवामा जान पनि कानुन अध्ययन गर्नैपर्ने बाध्यकारी व्यवस्थाजस्तै पाठ्यक्रम तयार गरेको छ।

कानुन विषयको यही आवश्यकता र महत्वलाई बुझेर विद्यार्थीलाई कानुनी शिक्षा दिँदै आएको छ ।

विद्यार्थीको सिर्जनशीलतालाई सकेसम्म व्यवहारिक बनाउन सकियोस् भनेर कानुनी परामर्श, करियर काउन्सिलिङ, कमजोर विद्यार्थीलाई कानुनी कक्षा र पृष्ठपोषण, अभिभावकसँगको नियमित सम्पर्क, जिम्मेवारपूर्ण सिकाइका लागि अनुभवी शिक्षक, विषय विशेषज्ञ परामर्श अदालत भिजिटजस्ता प्रयोगात्मक गतिविधिले गर्दा अरू विषयभन्दा कानुनमा आर्कषण बढ्दो छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...