pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

कसरी थाहा पाउने बच्चामा अनिद्राको समस्या ?

mmm-1627286442.png

त्यसो त बालबच्चाको निद्रा पनि अहिले विथोलिएको छ । मोवाइल, ल्यापटप आदिले गर्दा उनीहरुको सुत्ने–उठ्ने क्रम बिग्रिएको छ । अक्सर मोवाइल, ल्यापटपमामा गेम खेल्ने, सामाजिक सञ्जालमा रमाउने, भिडियो हेर्ने प्रवृत्तिले गर्दा उनीहरु रातभर बस्न थालेका छन् ।

जबबि बच्चालाई कम्तीमा आठ घण्टाको गहिरो निद्रा जरुरी हुन्छ । उनीहरुको मानसिक, शारीरिक विकासका लागि पनि मस्त निद्रा लिन जरुरी छ । अहिलेका बच्चाहरुको भने निद्रा विथोलिएको छ । केही समयअघि भएको एक अध्ययन अनुसार तीस प्रतिशत बच्चाहरुमा अनिद्राको समस्या छ ।

जुन बालबच्चामा अनिद्राको समस्या छ उनीहरु राती निदाउन सक्दैनन् भने दिउसो बढी नै समय सुत्छन् । कहिले काहीँ त बालबच्चा थाकेर पनि दिनमा सुत्न सक्छन् । यद्यपि सामान्य अवस्थामा पनि उनीहरु दिनमा सुत्छन् भने उनीहरुमा अनिद्राको समस्या छ भनेर बुझ्न सकिन्छ । दिनमा पटक पटक सुत्नु पनि ठिक होइन ।

ठूला मान्छेमा जस्तै बालबच्चाले पनि डरलाग्दो सपना देख्ने गर्छन् । बेलाबखत उनीहरु खराब सपना देखेर निद्रामै तर्सिएर उठ्ने गर्छन् । त्यसपछि उनीहरुलाई सुत्न अरु असहज हुन्छ । दिनमा पनि सपना सम्झिएर उनीहरु डराउने गर्छन् ।

पटक पटक डरलाग्दो सपना देख्नु पनि निद्रा सम्बन्धी विकार हो । यसले बच्चाको निद्रा विथोलिन्छ, मानसिक तनाव बढ्छ र स्वास्थ्यमा पनि समस्या ल्याउँछ ।

कतिपय बच्चाहरु राती सुत्नै सक्दैनन् । अर्थात उनीहरु सुत्ने समयमा पनि सुत्न सक्दैनन् । ओछ्यानमा पल्टिएपछि पनि धेरै समय छटपटाइरहँछन् । यसरी सुत्ने समयमा निद्रा नलाग्नुलाई इनसोमनियाको समस्या भएको भनिन्छ । कुनै तनावको कारण यस्तो समस्या देखापर्छ । यदि तपाईंको बच्चा राती लामो समयसम्म सुत्दैन भने उनमा चिन्ता वा तनावको समस्या छ भनेर बुझ्न सकिन्छ ।

घुर्नु त्यती हानिकारक त होइन । यद्यपि फोक्सोमा कुनै रोकावट छ भने घुर्ने गर्छन् । यसले निद्रा सम्बन्धी विकार पैदा गर्छ । नाकमा कफ जम्दा, श्वास संक्रमणमा, टन्सिल बढ्दा पनि यस्तो समस्या देखापर्छ । बेलाबखत केही गंभिर समस्या अब्स्ट्रक्टिव स्लि एपनियाको कारण पनि घुर्ने समस्या हुन्छ । लगभग तीन प्रतिशत बच्चा यस रोगले ग्रस्त छन् ।

डरलाग्दो सपना देख्नु र राती डराउनु दुई फरक कुरा हुन् । बेलाबखत बच्चाहरु रातमा अचानक ब्युँझने गर्छन् र चिच्याउँछन् । वा रुन थाल्छन् । यसमा सास फुल्ने, पसिना आउने, मांशपेसी च्यापिने समस्याले पनि हुनसक्छ । अहिले पाँच जनामा एक बच्चा नाइट टेररले ग्रस्त छन् ।

पाँच बर्षभन्दा कम उमेरका बच्चाले ओछ्यनमा पिसाब गर्नु खासै ठूलो समस्या होइन । यद्यपि त्यसभन्दा बढी उमेरका बच्चा छन् र प्रायजसो ओछ्यानमा पिसाब फेर्ने गर्छन् भने उनीहरुमा निद्रा सम्बन्धित समस्या छ भने बुझ्नुपर्छ ।

यदि तपाईंको बच्चा आधी राती उठेर निद्रामै उताउता हिँड्छन् भने यो पनि एक विकार नै हो । कहिले काहीँ यस्तो समस्या देखिए त सामान्य मान्न सकिएला यद्यपि बारम्बार उनीहरु निद्रामा हिँड्ने गर्छन् भने चिकित्सकको परामर्श आवश्यक छ ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...