pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

कविता वाचन सहित लेकाली बसीफाँटको रजत जयन्ती दोश्रो दिन भव्यताका साथ सम्पन्न
थाहा नगरमा राष्ट्रिय कवि सम्मेलन गर्ने ः– नगर प्रमुख लबशेर बिष्ट

फाल्गुन २९ मंगलवार,
मकवानपुरको भीमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयको रजत जयन्ती दोश्रोदिन कविहरुको रचना वाचन सहित विविध कार्यक्रम गरि भव्य रुपमा सम्पन्न भएको छ ।
   थाहा नगरपालिका प्रमुख लबशेर बिष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मकवानपुरका क्रियशिल कवि तथा साहित्यकारहरुले रचना वाचन गर्दा प्रकृतिको रमणिय काखमा अवस्थित विद्यालयको वाताबरण साहित्यमय हुँदा उपस्थित सबै मन्त्र मुग्ध भएका थिए । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा रजत जयन्ती मूल समारोह समिति संयोजक विनोद कुमार लामाको सभापतित्वमा भएको कार्यक्रममा, प्रमुख अतिथि बिष्टले लेकाली बसिफाँट माविका विद्यार्थीहरुले बनाएका नमुना स्मार्ट सिटिको रिवन काट्दै रेल गुडाएर उद्घाटन गर्नु भएको हो । रजत जयन्तीमा सबैको ध्यान तान्न सफल विद्यार्थीहरुले वनाएको स्मार्ट सिटिले स्मार्ट सिटि बनाउँदा कस्तो र के के पूर्वाधार चाहिन्छ भन्ने कुरा देखाइएको छ । विद्यालयको मिसुजु हलमा विज्ञान विषयका शिक्षकहरु दुर्गा प्रसाद बास्तोला र संजय गुप्ताको संयोजनमा बालबालिकाहरुले स्मार्ट सिटि बनाएका हुन् स्मार्ट सिटि सँगसँगै कार्याक्रममा विद्यार्थीहरु आफैले बनाएका विभिन्न चित्रहरु प्रदर्शनी गरिएको छ ।

Ladulal Mandal को फोटो। 
   कार्यक्रममा प्रमुख अतिथि बिष्टले पटक पटक भएका आन्दोलनले जनताको अधिकार तलसम्म आइपुगे पनि कर्मचारी अभाव लगायतको कारण समृद्घ नेपाल बन्नको लागि छोटो समयमा सोचे अनुसार काम गर्न कठीनाइ भैरहेको भएता पनि विद्यालयमा कार्यरत कर्मचारी र शिक्षक इमान्दिारीताका साथ मेहनत गरे शिक्षामा सुधार हुने बताउनु भयो । कार्यक्रममा कविहरुले वाचन गरेको रचनाको तारिफ गर्दै नगर प्रमुख बिष्टले आफुलाइ धेरै पहिला देखि गर्न मन लागेको राष्ट्रिय कविता महोत्सव थाहा नगर पालीकामा आयोजना गर्ने प्रतिवद्घता व्यक्त गर्नु भयो ।
कार्यक्रममा अतिथि नेकपा माओवादी केन्द्र थाहा नगरपालिकाका अध्यक्ष अरुण रायमाझीले कविहरुको सम्मेलनमा राजनिति कर्मीहरु लजावती झार जस्तै बन्नु परिरहेको भन्दै अव देशको राजनितिक संक्रमण अन्त्य हुँदै सबै क्षेत्रमा सुधार हुने आशा व्यक्त गर्दैै विद्यालयको रजतजयन्तीको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसै गरि कार्यक्रममा अतिथि जनकल्याण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानले प्राविधिक शिक्षा नभए सम्म कितावी पढाइलेमात्र दक्ष जनशक्ति तयार नहुने भएकोले प्रत्येक विद्यालय लगायतले प्राविधिक शिक्षामा जोड दिनु पर्ने भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मकवानपुर बहुमुखि क्याम्पस उपप्राध्यापक घनश्याम घिमिरेले कक्षा ८ देखि माध्यामिक तहसम्मका नेपाली पाठ्यपुस्तकमा समेटिएका साहित्यिक पाठहरुले सबै क्षेत्र, समुदाय, विषय, धर्म, जाती, लिङ्ग, विचार आदि समेट्न सक्ने साहित्यिक रचनाको छनौटमा विवेक पु¥याउनुपर्ने कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
रजत जयन्ती समारोहको दोस्रो दिन विशेष गरि कवि सम्मेलन झै भएको थियो । कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारी, झर्ना साहित्य परिवार मकवानपुरका अध्यक्ष दीपक गौतम, प्रगतिशील लेखक संघ मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्य, पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अन्जान, साहित्यकार सुवास खनाल, एसके निधन, तुल्सी घिमिरे, अमृता नेपाल, शान्तिप्रिय बन्दना, भावना सापकोटा, प्रमोद अधिकारी, धर्मराज स्याङ्तान, केशब समर्पण, विशाल अधिकारी, विपिन सुबेदी, गौतम भद्रध्वजलगायतले कविता तथा गजल बाचन गरेका थिए । कार्यक्रममा थाहा कला केन्द्र तथा झिरघारी व्याण्डको साथै विध्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
रजत जयन्तीको दोश्रो दिन कृषक अभिभावकहरुको लागि जेटिए प्रशिक्षणात्मक कार्यक्रम, त्यस्तै विद्यालयका विद्यार्थीहरुबीच स्थलगत कविता प्रतियोगिता, अभिभावकबीच घैंटो फुटाउने कार्यक्रम तथा शिक्षकहरुको म्युजिकल चियर प्रतियोगिता समेत भएको थियो । कार्यक्रममा विद्यालयको तर्फवाट प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । दोश्रो दिनको विद्यालयका शिक्षक यश लामा संचालन गर्नु भएको कार्यक्रममा सभाध्यक्ष बिनोद लामाले समारोहलाई सम्पन्न गर्नका लागि सहयोग पु¥याउनु हुने तथा प्रमुख अतिथि तथा अतिथिहरुलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...