gumba-1715660528.jpg
Tuesday, 14 May, 2024
खेल

कतार बिश्वकप प्रतियोगिताको टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न नेपालीले ५ सय शुल्क तिर्नुपर्ने !

WorldCup2022_202207230935-1666535554.jpg

हरेक चार वर्षको अन्तरालमा हुने विश्वकप फुटबलको यो २२औँ संस्करण हो फुटबलको अन्तर्राष्ट्रिय सङ्गठन फिफाले दक्षिण एसियाका लागि प्रसारण एकाधिकार दिएको भायकमले नै प्रसारण अधिकार नलिएका देशहरूमा विश्वकप आउने च्यानल उपलब्ध नगराउने धितालको दाबी छ। मिडिया हबले विश्वकप फुटबलको लागि अतिरिक्त शुल्क पठाउने जिम्मा केबल र डिस टेलिभिजन प्रसारकहरूलाई दिने भएको छ। 'उपभोक्तामाथि ठगी हो' एक जना उपभोक्ता अधिकारकर्मीले विश्वकप फुटबलको प्रसारणका लागि उपभोक्ता र विज्ञापन दुवैबाट शुल्क उठाएर मुनाफा कमाउने कार्य ठगी भएको दाबी गरेकी छिन्। "विज्ञापन पनि लिने अनि उपभोक्ताबाट पैसा पनि उठाउने काम चाहिँ ठगी हो। यसलाई सरकारले हस्तक्षेप गरेर नियमन गर्नुपर्छ," कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले भनिन्। "नियमन नभए त कुनै सूचना दिन पनि उहाँहरूले अतिरिक्त शुल्क लिने दिन आउँछ।" तर प्रसारण अधिकार लिएको मिडिया हबका अध्यक्ष धिताल यस्तो आरोप अस्वीकार गर्छन्। "उपभोक्ताहरूले यसअघि सित्तैमा हेर्न पाउनुभएकाले यो पटक पनि सित्तैमा हेर्न पाउनुपर्छ भन्ने उहाँहरूको आग्रह स्वाभाविक हो। तर यो पल्ट त्यो अवस्था बनेन।" 'नयाँ अभ्यास होइन' शुल्क तिरेर मात्र महत्त्वपूर्ण कार्यक्रमहरूको प्रसारण हेर्न मिल्ने अभ्यास नयाँ नभए पनि नेपालमा पहिलो पटक भएको केवल टेलिभिजन सेवा प्रदायकहरूको दाबी छ। "विदेशमा एउटै कतिपय प्रतियोगितामा एउटै खेलको पाँच देखि छ डलर तिरेर हेर्नुपर्ने पनि छन्। यो नयाँ कुरा हुँदै होइन संसार भरि त्यसरी नै हेरिन्छ नेपालमा चाहिँ पहिलो पटक हो," नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष सुधीर पराजुलीले भने। "विदेशमा सञ्चालन भएका कतिपय कार्यक्रमहरू अहिले पनि नेपालमा आउँदैनन्। एउटा नेपाली कम्पनीले नै ल्याएर देखाउन लागेपछि यसलाई हामीले प्रवर्द्धन गर्नुपर्छ।"bbc nepali

 

 

 

 


world-link-1690434568.jpg
थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...