jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

कक्षा १२ को नतिजा:-थाहाका १ सय १५ विद्यार्थी उतिर्ण

download-1692193239.jpg

थाहा नगरपालिका भित्रका ३ सय ३५ विद्यार्थीले कक्षा १२ को नियमित तर्फ परिक्षा दिएकोमा १ सय १५ विद्यार्थी मात्र उतिर्ण भएका छन।
थाहा नगरपालिका भित्रका ६ वटा दस जोड दुई अध्यापन गराउने विद्यालय हरुका प्रधानाध्यापक हरुले दिएको जानकारी अनुसार जनकल्याण माबी थाहा ३ का १ सय ६७ जना विद्यार्थीले नियमित तर्फ परिक्षा दिएकोमा ५८ जनाले मात्र उतिर्ण गर्न सफल भएका छन ती मध्य व्यबस्थापन संकायमा ६० प्रतिशत मानविकी तर्फ २१.८ प्रतिशत र शिक्षा संकाय तर्फ २० प्रतिशत विद्यार्थीमात्र उतिर्ण हुन सफल भएको विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले जानकारी दिएका छन भने बिज्ञान तथा कृषि तर्फ कुनैपनी विद्यार्थी उतिर्ण नभएको कार्कीले बताए ।
तेस्तै थाहा ११ मा रहेको बागेश्वरी माबिमा ५१ जना विद्यार्थीले परिक्षा दिएकोमा २१ जना उतिर्ण भएको प्रधानाध्यापक विरमान स्याङ्तानले बताय भने थाहा ६ को बज्रबाराहिमा रहेको बज्रबाराही माबिका ६२ जना विद्यार्थीले परिक्षा दिएकोमा १९ जना उतिर्ण हुन सफल रहेको प्रअ रमेशमान डङ्गोलले जानकारी दिनुभयो तेस्तै  चित्लाङमा रहेको स्वच्छन्द भैरव माबिका १७ जनाले परिक्षा दिएकोमा ८ जना उतिर्ण भए भने थाहा १० को टौखेलमा अवस्थित नाट्यश्वर माबिका २८ जना विद्यार्थीले परिक्षा दिएकोमा ९ जना मात्र उतिर्ण हुन सफल रहे भने थाहा ७ डाडाबासमा अवस्थित प्राबिधिक शिभिल इन्जिनियर अध्यापन हुने विद्यालय शुन्दरीदेवी माबिका १० जनाले परिक्षा दिएकोमा कुनैपनी  विद्यार्थी उतिर्ण नभएको विद्यालयका प्रधानाध्यापक हरीकृष्ण कार्कीले बताउनुभयो।

थाहानगरका विभिन्न विद्यालयबाट ३४.३२८ प्रतिशत विद्यार्थी मात्र १२ कक्षा उतीर्ण भएका छन् । थाहानगरका दशजोड २ अध्यापन गराउने ६ वटा विद्यालयबाट यि विद्यार्थीहरु उतीर्ण भएका हुन् । यो तथ्याङ्क राष्ट्रिय नतिजाको तुलनामा १६.६७१ प्रतिशत कमजोर हो । देशभर नियमित परीक्षा दिएका मध्ये ५१ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए ।

श्रोत शिक्षा शाखा थाहा नगर

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...