Sunday, 05 May, 2024
शिक्षा

कक्षा १२ को नतिजा:-थाहाका १ सय १५ विद्यार्थी उतिर्ण

download-1692193239.jpg

थाहा नगरपालिका भित्रका ३ सय ३५ विद्यार्थीले कक्षा १२ को नियमित तर्फ परिक्षा दिएकोमा १ सय १५ विद्यार्थी मात्र उतिर्ण भएका छन।
थाहा नगरपालिका भित्रका ६ वटा दस जोड दुई अध्यापन गराउने विद्यालय हरुका प्रधानाध्यापक हरुले दिएको जानकारी अनुसार जनकल्याण माबी थाहा ३ का १ सय ६७ जना विद्यार्थीले नियमित तर्फ परिक्षा दिएकोमा ५८ जनाले मात्र उतिर्ण गर्न सफल भएका छन ती मध्य व्यबस्थापन संकायमा ६० प्रतिशत मानविकी तर्फ २१.८ प्रतिशत र शिक्षा संकाय तर्फ २० प्रतिशत विद्यार्थीमात्र उतिर्ण हुन सफल भएको विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले जानकारी दिएका छन भने बिज्ञान तथा कृषि तर्फ कुनैपनी विद्यार्थी उतिर्ण नभएको कार्कीले बताए ।
तेस्तै थाहा ११ मा रहेको बागेश्वरी माबिमा ५१ जना विद्यार्थीले परिक्षा दिएकोमा २१ जना उतिर्ण भएको प्रधानाध्यापक विरमान स्याङ्तानले बताय भने थाहा ६ को बज्रबाराहिमा रहेको बज्रबाराही माबिका ६२ जना विद्यार्थीले परिक्षा दिएकोमा १९ जना उतिर्ण हुन सफल रहेको प्रअ रमेशमान डङ्गोलले जानकारी दिनुभयो तेस्तै  चित्लाङमा रहेको स्वच्छन्द भैरव माबिका १७ जनाले परिक्षा दिएकोमा ८ जना उतिर्ण भए भने थाहा १० को टौखेलमा अवस्थित नाट्यश्वर माबिका २८ जना विद्यार्थीले परिक्षा दिएकोमा ९ जना मात्र उतिर्ण हुन सफल रहे भने थाहा ७ डाडाबासमा अवस्थित प्राबिधिक शिभिल इन्जिनियर अध्यापन हुने विद्यालय शुन्दरीदेवी माबिका १० जनाले परिक्षा दिएकोमा कुनैपनी  विद्यार्थी उतिर्ण नभएको विद्यालयका प्रधानाध्यापक हरीकृष्ण कार्कीले बताउनुभयो।

थाहानगरका विभिन्न विद्यालयबाट ३४.३२८ प्रतिशत विद्यार्थी मात्र १२ कक्षा उतीर्ण भएका छन् । थाहानगरका दशजोड २ अध्यापन गराउने ६ वटा विद्यालयबाट यि विद्यार्थीहरु उतीर्ण भएका हुन् । यो तथ्याङ्क राष्ट्रिय नतिजाको तुलनामा १६.६७१ प्रतिशत कमजोर हो । देशभर नियमित परीक्षा दिएका मध्ये ५१ प्रतिशत विद्यार्थी उतीर्ण भएका थिए ।

श्रोत शिक्षा शाखा थाहा नगर


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...