jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

शिक्षा

कक्षा १२ उतिर्ण विद्यार्थीलाई पालुङ क्याम्पस द्वारा अभिमुखिकरण तथा सम्मान

455018781_141296910939259-1723561656.jpg

थाहा नगरपालिकाको एकमात्र स्नातक तह अध्यापन हुने क्याम्पस पालुङ क्याम्पसले आफ्नो आयोजना तथा थाहा नगरपालिका शिक्षा शाखाको सहयोगमा विश्वविद्यालय शिक्षा, आजको आवश्यक्ता, विषयक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 
क्याम्पसको सभाहलमा २९ श्रावणमा थाहा नगरपालिका प्रमुख तथा पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्ष  विष्णु विष्टको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न गरेको हो।
 कार्यक्रमा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय  अधिकृत कृष्ण गिरी, शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल ,शिक्षा शाखा अधिकृत सुर्य थिङ , जनकल्याण प्राविधिक तथा साधारण मा.विका अध्यक्ष तथा क्याम्पस सञ्चालक समिति सदस्य राजिब कुमार स्याङतान, पालुङ क्याम्पसका सस्थापक अध्यक्ष तथा जनकल्याण मा.वि.का प्रधानाध्यापक सानोभाइ कार्की,पालुङ क्याम्पसका उपाध्यक्ष  सुरेन्द्रमान प्रधान ,कोषाध्यक्ष विमल कुमार ढकाल,सदस्य  सुदर्शन कार्की,वागेश्वरी मा.वि.का शिक्षक प्रतिनिधि  महेन्द्र थापा मगरको आतिथ्यता रहेको थियो । 
पालुङ क्याम्पसका क्याम्पस प्रमुख  राजन मिश्रको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा नगरको प्रमुख प्रशासकिय अधिकृत  अधिकृत कृष्ण गिरिले विश्व विद्यालय शिक्षाको महत्व र सामुदायिक क्याम्पसले शिक्षा क्षेत्रमा खेलेको भुमिका प्रष्ट पार्दै सार्वजनिक पदको परीक्षा कसरी पास गर्ने भन्ने विषयहरुको प्रस्तुितकरण गरेका थिए ।
जनकल्याण माबिका व्यवस्थापन समिति अध्यक्ष राजिब स्याङतानले हतार गरेर आफ्ना छोरा छोरीलाइ काठमाडौ हेटौडा पढन पठाउदा आर्थिक संकट परेर विचमै पढाइ छोड्नु परेको साथै आफ्ना छोराछोरी कुलतमा फस्न सक्ने सम्भावना  रहनु,जस्तो सुकै जागिर खान पर्ने वाध्यताले पढाइलाई निरन्तरता दिन नसकेका थुर्पै घटना प्रस्तुत गदै आफ्नै गाउ ठाउमा रहेको क्याम्पसमा पढन  पालुङ क्याम्पस उपयुक्त रहेको प्रष्ट पार्नु भयो । 
क्याम्पसका संस्थापक अध्यक्ष  सानोभाई कार्कीले पालुङ क्याम्पस उच्च शिक्षाबाट स्थानिय विद्यार्थी कुनै हालतमा  पनि बन्चित हुन नपरोस भनेर नै समुदायले स्थापना गरेको क्याम्पस भएको प्रष्ट पार्दै उनले क्याम्पस स्तरोन्नतिमा हामि सवै समुदायको महत्वपुर्ण भुमिका रहेको बताउदै  यसलाई आवश्यक्ता र विद्यार्थिको माग वमोजिमको संकाय थप्दै जान पर्नेमा जोड दिनु भयो । 
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले मकवानपुर जिल्लाको उत्तरीभेगमा रहेको एक मात्र विश्व विद्यालय शिक्षा प्रदान गर्ने पालुङ क्याम्पसको स्थायित्वको लागि  हामि सवै एक जुट भएर अगाडी बढनु पर्ने र आवश्यक्ता बमोजिमको सहयो आफ्नो वडा बाट सदैव रहने बताए । 
क्याम्पस संचालक समिती उपाध्यक्ष  सुरेन्द्रमान प्रधानले आर्थिक अभावमा अभिभावकले आफ्ना छोराछोरीलाई कसरी पढाउने भनेर चिन्ता नलिन आग्रह गर्दै क्याम्पसले आवश्यक्ता बमोजिमको छात्रवृति खोजेर भएपनी विद्यार्थी पढाउने बिश्वास दिदै, अहिले पनि धेरै भाइ वहिनीहरुले आफ्नै गाउठाउमा बसेर उत्कृष्ट  नतिजा ल्याएको उदाहरण दिदै  ढुक्क भएर पालुङ क्याम्पसमै  पढाउन आग्रह गर्नु भयो ।
नगर प्रमुख तथा क्याम्पस अध्यक्ष बिष्णु विष्टले पालुङ क्याम्पले भौतिक पुर्वाधारमा अपेक्षा बमोजिमको सुधार गरिसकेको र  नियमित क्याम्पस आएर पढने विद्यार्थीको  परिक्षाको नतिजा पनि उत्कृष्टनै रहेकोले  कुनै दुविधा नराखी पालुङ क्याम्पसमै भर्नाहुन जोड दिनुभयो ।
 बिष्टले क्याम्पसको आर्थिक संकटका कारण नगरपालिकालेनै अभिावकत्व ग्रहण गरेको स्मरण गर्दै  यसलाइ अझ  सुधार गर्दै लैजानु  नगरवासीको समेत  दायित्व रहेको प्रष्ट पार्नु भयो । 
वहाँले भन्नुभयो "पालुङ क्याम्पसले  विश्वविद्यालय शिक्षा दिएर वजारको माग वमोजिमको जनशक्ति निमार्ण गरिरहेको छ र क्याम्पसले भविष्यमा अझ सुधार गर्दै जाने छ"। 
 कार्यक्रममा कक्षा १२ मा  थाहा नगरमै सवै भन्दा वढी ८७.८७ प्रतिशत विद्यार्थि उतिर्ण गराउन सफल थाहा ११ नौखण्डेमा रहेको  वागेश्वरी मा.वि.लाई नगरपालिकाको तर्फवाट सम्मानपत्र सहित सम्मानित गरिएकोथियो भने सम्पुर्ण १२ कक्षा उतिर्ण  विद्यार्थि हरुलाई क्याम्पसको तर्फबाट सम्मान गरिएको थियो ।
सम्मानित विद्यार्थीहरुलाई नगर प्रमुख बिष्टले सम्मान पत्र प्रदान गरेका थिए।

 

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...