pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

कक्षा १२ उतिर्ण विद्यार्थीलाई पालुङ क्याम्पस द्वारा अभिमुखिकरण तथा सम्मान

455018781_141296910939259-1723561656.jpg

थाहा नगरपालिकाको एकमात्र स्नातक तह अध्यापन हुने क्याम्पस पालुङ क्याम्पसले आफ्नो आयोजना तथा थाहा नगरपालिका शिक्षा शाखाको सहयोगमा विश्वविद्यालय शिक्षा, आजको आवश्यक्ता, विषयक अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 
क्याम्पसको सभाहलमा २९ श्रावणमा थाहा नगरपालिका प्रमुख तथा पालुङ क्याम्पस सञ्चालक समिति अध्यक्ष  विष्णु विष्टको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न गरेको हो।
 कार्यक्रमा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय  अधिकृत कृष्ण गिरी, शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्ल ,शिक्षा शाखा अधिकृत सुर्य थिङ , जनकल्याण प्राविधिक तथा साधारण मा.विका अध्यक्ष तथा क्याम्पस सञ्चालक समिति सदस्य राजिब कुमार स्याङतान, पालुङ क्याम्पसका सस्थापक अध्यक्ष तथा जनकल्याण मा.वि.का प्रधानाध्यापक सानोभाइ कार्की,पालुङ क्याम्पसका उपाध्यक्ष  सुरेन्द्रमान प्रधान ,कोषाध्यक्ष विमल कुमार ढकाल,सदस्य  सुदर्शन कार्की,वागेश्वरी मा.वि.का शिक्षक प्रतिनिधि  महेन्द्र थापा मगरको आतिथ्यता रहेको थियो । 
पालुङ क्याम्पसका क्याम्पस प्रमुख  राजन मिश्रको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा नगरको प्रमुख प्रशासकिय अधिकृत  अधिकृत कृष्ण गिरिले विश्व विद्यालय शिक्षाको महत्व र सामुदायिक क्याम्पसले शिक्षा क्षेत्रमा खेलेको भुमिका प्रष्ट पार्दै सार्वजनिक पदको परीक्षा कसरी पास गर्ने भन्ने विषयहरुको प्रस्तुितकरण गरेका थिए ।
जनकल्याण माबिका व्यवस्थापन समिति अध्यक्ष राजिब स्याङतानले हतार गरेर आफ्ना छोरा छोरीलाइ काठमाडौ हेटौडा पढन पठाउदा आर्थिक संकट परेर विचमै पढाइ छोड्नु परेको साथै आफ्ना छोराछोरी कुलतमा फस्न सक्ने सम्भावना  रहनु,जस्तो सुकै जागिर खान पर्ने वाध्यताले पढाइलाई निरन्तरता दिन नसकेका थुर्पै घटना प्रस्तुत गदै आफ्नै गाउ ठाउमा रहेको क्याम्पसमा पढन  पालुङ क्याम्पस उपयुक्त रहेको प्रष्ट पार्नु भयो । 
क्याम्पसका संस्थापक अध्यक्ष  सानोभाई कार्कीले पालुङ क्याम्पस उच्च शिक्षाबाट स्थानिय विद्यार्थी कुनै हालतमा  पनि बन्चित हुन नपरोस भनेर नै समुदायले स्थापना गरेको क्याम्पस भएको प्रष्ट पार्दै उनले क्याम्पस स्तरोन्नतिमा हामि सवै समुदायको महत्वपुर्ण भुमिका रहेको बताउदै  यसलाई आवश्यक्ता र विद्यार्थिको माग वमोजिमको संकाय थप्दै जान पर्नेमा जोड दिनु भयो । 
कार्यक्रममा वडा नं ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले मकवानपुर जिल्लाको उत्तरीभेगमा रहेको एक मात्र विश्व विद्यालय शिक्षा प्रदान गर्ने पालुङ क्याम्पसको स्थायित्वको लागि  हामि सवै एक जुट भएर अगाडी बढनु पर्ने र आवश्यक्ता बमोजिमको सहयो आफ्नो वडा बाट सदैव रहने बताए । 
क्याम्पस संचालक समिती उपाध्यक्ष  सुरेन्द्रमान प्रधानले आर्थिक अभावमा अभिभावकले आफ्ना छोराछोरीलाई कसरी पढाउने भनेर चिन्ता नलिन आग्रह गर्दै क्याम्पसले आवश्यक्ता बमोजिमको छात्रवृति खोजेर भएपनी विद्यार्थी पढाउने बिश्वास दिदै, अहिले पनि धेरै भाइ वहिनीहरुले आफ्नै गाउठाउमा बसेर उत्कृष्ट  नतिजा ल्याएको उदाहरण दिदै  ढुक्क भएर पालुङ क्याम्पसमै  पढाउन आग्रह गर्नु भयो ।
नगर प्रमुख तथा क्याम्पस अध्यक्ष बिष्णु विष्टले पालुङ क्याम्पले भौतिक पुर्वाधारमा अपेक्षा बमोजिमको सुधार गरिसकेको र  नियमित क्याम्पस आएर पढने विद्यार्थीको  परिक्षाको नतिजा पनि उत्कृष्टनै रहेकोले  कुनै दुविधा नराखी पालुङ क्याम्पसमै भर्नाहुन जोड दिनुभयो ।
 बिष्टले क्याम्पसको आर्थिक संकटका कारण नगरपालिकालेनै अभिावकत्व ग्रहण गरेको स्मरण गर्दै  यसलाइ अझ  सुधार गर्दै लैजानु  नगरवासीको समेत  दायित्व रहेको प्रष्ट पार्नु भयो । 
वहाँले भन्नुभयो "पालुङ क्याम्पसले  विश्वविद्यालय शिक्षा दिएर वजारको माग वमोजिमको जनशक्ति निमार्ण गरिरहेको छ र क्याम्पसले भविष्यमा अझ सुधार गर्दै जाने छ"। 
 कार्यक्रममा कक्षा १२ मा  थाहा नगरमै सवै भन्दा वढी ८७.८७ प्रतिशत विद्यार्थि उतिर्ण गराउन सफल थाहा ११ नौखण्डेमा रहेको  वागेश्वरी मा.वि.लाई नगरपालिकाको तर्फवाट सम्मानपत्र सहित सम्मानित गरिएकोथियो भने सम्पुर्ण १२ कक्षा उतिर्ण  विद्यार्थि हरुलाई क्याम्पसको तर्फबाट सम्मान गरिएको थियो ।
सम्मानित विद्यार्थीहरुलाई नगर प्रमुख बिष्टले सम्मान पत्र प्रदान गरेका थिए।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...