jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

ओली सरकारको नालायकीपनले अराजकतालाई मलजल गर्यो” - माओवादी केन्द्रका युवा नेता गौतम

1741621621807-1741621764.jpg

२६ फागुन, हेटौंडा
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले वर्तमान सरकारको नालायकीपनले गर्दा अराजकताले मलजल पाएको बताएका छन्। कुलमान घिसिंगजस्ता राष्ट्रसेवकको मानमर्दन गर्ने, आफ्नाहरुलाई बिभिन्न मुद्धाबाट उन्मुक्ति दिने जस्ता कामहरुतर्फ इंकित गर्दै नेता गौतमले सरकारले जनताप्रति जवाफदेही भएर काम गर्न नसक्दा यस्तो देखिएको आरोप लगाए।
बकैया ७, भिरकोटमा आयोजित नेकपा (माओवादी केन्द्र) बकैया ७ को तेश्रो सम्मेलनलाई सम्बोधन गर्दै राजावादीहरुको पछिल्लो गतिविधीलाई उल्लेख गर्दै नेता गौतमले भने, “ बिशेषतः कॅाग्रेस एमालेको सरकारले राम्रो नराम्रो हेरेर भन्दा पनि आफुले जे गरेपनि हुन्छ भन्ने गलत भावनाले काम गर्दा जनतामा वितृष्णाको बढेको छ। यसको फाईदा कथित राजावादीहरुले लिन खोजे पनि यो उनीहरुको दिवास्वप्नमा सीमित हुन्छ तर दलहरुले यस प्रकारको घटना, प्रवृत्तिलाई नजर अन्दाज नगरी सच्चिएर अगाडी बढ्ने अवसरको रुपमा ग्रहण गर्नुपर्दछ।”

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) बागमति प्रदेशका उपाध्यक्ष एवं पबागमति प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले २५० बर्ष शासन चलाउॅदा नबचाएको र नबनाएको देश फेरी ‘आऊ र बचाऊ’ भन्नु केवल हॅास्यास्सपद केटाकेटी कुरा भएको जिकिर गरे। नेता पुलामीले लोकतन्त्रले नै यो देश बच्ने र बन्ने ठोकुवा गरे।

सम्मेलनको समारोहमा नेकपा (एमाले) गॅाउकमिटी सदस्य किशोर थापा सहित रत्नबहादुर स्यांगतान, प्रेमबहादुर मुक्तान, ईन्दिरा बिक, सुनिता बिक लगायत एक दर्जन कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए। एमाले परित्याग गर्दै स्थानिय नेता थापाले माओवादी केन्द्र सुशासनको पार्टीको रुपमा अगाडी बढेकोले आफुहरु आकर्षित भएको बताए।

सम्मेलनले मान बहादुर सिंग्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी निर्वाचित गरेको छ। सम्मेलनलाई नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सदस्य जीवन गोले, जिल्ला सदस्यहरु लोकनाथ गौतम, नवराज चौलागाई, भक्त बहादुर खत्री, गॅाउपार्टीका अध्यक्ष बिमल नेपाल, गॅाउकमिटी सदस्यहरु मदन लामा, राजेन्द्र घिमिरे, भोजराज लामिछाने लगायतले सम्बोधन गरेका थिए।

1741621624898-1741621764.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...