pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

ओखरबजारमा रहेको सहयोगी सहकारीको वार्षिक कारोबार १८ करोड नाघ्यो

FB_IMG_1734788168312-1734788185.jpg

थाहा नगरपालिका ओखरबजारमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ। झम्केश्वरी माबिको सभाहलमा ६ पौषमा  संस्थाका अध्यक्ष अन्जल प्रधानको अध्यक्षतामा सम्पन्न साधारणसभाको थाहा नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नु भयो।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अन्जल प्रधानले १७ औं वार्षिक साधारणसभा सम्म आइपुग्दा संस्थाले १७ बर्षको अवधिमा उल्लेख्य प्रगतिसंगै अनगिन्ती सामाजिक उत्तरदायित्व वहन गरेको बताउदै नेतृत्व जिम्मेवारी सफलतापुर्बक निर्वाह गरि संस्थालाई पारदर्शी ,सबल,सुशासित र एकताबद्ध रुपले संचालन गर्न सहयोग गर्नेलाई धन्यवाद दिदै सदस्य हरुको सुरक्षित भविष्य योजना अन्तर्गत सदस्यहरुको बिमा,संस्थाका कर्मचारी हरुलाइ अन्य संस्थाहरुसंगको सिकाइ सहित फोर्स लिभ तथा कर्मचारी रिफ्रेसमेन्ट योजना,सहकारी शिक्षा र शेयर पुँजीमा वृद्धि सहित आर्थिक बर्ष २०८१/०८२ का लागि  संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

संस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले आफ्नो प्रतिवेदन पेस गर्दै संस्थाको वार्षिक कारोबार १८ करोड ३१ लाख पुगेको प्रतिवेदन प्रस्तुत गर्दै सेयर रकम  १ करोड ७७ लाख,तथा बचत १३ करोड ६४ लाख र ऋण लगानी १२ करोड ३८ लाख भएको प्रतिवेदन प्रस्तुत गरे।

संस्थाको सचीव धर्मलाल प्रधानले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेको साधारणसभाको 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले आम नगरवासीले बैंक तथा सहकारीहरुमा अर्थिक कारोवार गर्दा अनावश्यक ऋण नलिन आग्रह गर्दै लियको ऋण उत्पादन मुलक क्षेत्रमा लगानी गर्न सकेमात्र नगरले अर्थिक समृद्धिको बाटो पहिल्याउने बिश्वास व्यक्त गर्नु भयो।साथै वहाँले संस्थाले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

साधारणसभामा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, शुखी भविष्य बचत तथा ऋण सहकारीका अध्यक्ष सुरेन्द्रमान प्रधान,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टले साधारणसभाको अवसरमा शुभकामना दियका थिए।
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको साधारणसभामा थाहा नगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्थाका प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।
साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्नेहरुलाइ सम्मानित गरिएको थियो ।सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कारोबार तर्फ राम सिंह मोक्तान,दैनिक बचत तर्फ सुरेश श्रेष्ठ र उत्कृष्ट कर्जा कारोबार तर्फ गोराइ गोले तामाङ लाई सम्मानित गरियो ।
तेसै गरि साधरणसभाको अवसर पारेर संस्थाका १० जना जेष्ठ सदस्य हरुलाइ पनि न्यानो कपडा र प्रसंसापत्र सहित सम्मानित गरिएको थियो। 
सम्मानित हुनेमा लोकनाथ विडारी,कमलादेवी विडारी,पुर्ण बहादुर श्रेष्ठ,रामलाल प्रधान,अर्जुन प्रधान,कान्छी श्रेष्ठ,मंगलमान प्रधान,विष्णु बहादुर लामिछाने,धन बहादुर गुरुङ र नारायण बिश्वकर्मा रहेका थिए।
सम्मानित हुनेहरूलाई प्रमुख अतिथी बिष्ट र संस्थाका अध्यक्ष प्रधानले प्रसंसापत्र तथा न्यानो कपडा प्रदान गरेका थिए।

FB_IMG_1734788143750-1734788185.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...