pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

एसईईमा थाहाबाट उत्कृष्ट जिपिए ल्याउनेलाई लियो क्लव अफ पिस थाहाको सम्मान 

FB_IMG_1722079346397-1722079410.jpg

लियो क्लव अफ पिस थाहाले २०८० सालको एसईई परीक्षामा नगरपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । 

सनिबार थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा डाडाघरे बा को होमस्टेमा भएको कार्यक्रममा  नगरपालिकाका बिद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने १० जना  विद्यार्थीलाई सम्मान गरिएको हो । 

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै थाहा नगर प्रमुख बिष्टले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अवको उच्च शिक्षा अध्ययनमा विशेष ध्यान दिन आग्रह गरे  । बिष्टले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।

सम्मान कार्यक्रममा थाहा  नगरपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा सरस्वती विद्या मन्दिर बज्रवाराहीका सुजन श्रेष्ठ ३.६८,स्मृती गोपाली ३.७३ 
सुस्मिता सिं ठकुरी ३.७३ अमन जैसवाल ३.७७ लखिन्द्र मुखिया ३.९५ तेसै गरी इअन इङ्लिस स्कुल थाहा ६ का आशिष् थिङ ३.७० जिपिए,सामुदायिक विद्यालय बाट उत्कृष्ट जिपिए लेराउने विद्यार्थी बागेश्वरी माबी टिस्टुङका  अमृत गोले ३.४७ 
 भ्याली हार्ट एकेडेमी थाहा ३ का  दिपशिखा रायमाझी  ३.७९,शान्ती बिष्ट ३.८२ र दिप्ती केसी ३.७० जिपिए रहेका छन।

सम्मान कार्यक्रमका विशेष अतिथि प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले  विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए ।
लियो क्लव अफ पिस थाहाका अध्यक्ष शिशिर कुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव थाहाका अध्यक्ष सतिदेवी स्याङ्तान,निवर्तमान अध्यक्ष गिता कार्की,लियो क्लवका पुर्व अध्यक्ष कमल बिष्ट,निवर्तमान अध्यक्ष रोशनी गोपाली,लियो तथा लायन्सका पदाधिकारी हरु लगायत विद्यार्थी तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रममा नगर प्रमुख विष्ट, प्याव्सन अध्यक्ष प्रधान, लायन्स क्लव अफ थाहा पिसका निवर्तमान अध्यक्ष गीता कार्की, बागेश्वरी माविका प्रअ बीरमान स्याङ्तान, विद्यार्थीहरु दीपशिखा रायमाझी, लखिन्द्र मुखिया विन, कार्यक्रम संयोजक विराज थापा, अध्यक्ष सिशिर खत्रीलगायतले शुभकामना दिदै उकृष्ट नतिजा ल्याएका विद्यार्थीहरु थाहा नगरको गहना भएको बताउदै भविष्यमा थाहा नगरको नाम समेत उच्च बनाउने जिम्मेवारी थपिएको बताएका छन् । 

डाँडाघरे बा को होमस्टे फाटबजारमा सम्पन्न कार्यक्रम सचिव अजय कार्कीले सन्चालन गरेका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...