Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

शिक्षा

एसईईमा थाहाबाट उत्कृष्ट जिपिए ल्याउनेलाई लियो क्लव अफ पिस थाहाको सम्मान 

FB_IMG_1722079346397-1722079410.jpg

लियो क्लव अफ पिस थाहाले २०८० सालको एसईई परीक्षामा नगरपालिकाको विभिन्न विद्यालयबाट उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीलाई सम्मान गरेको छ । 

सनिबार थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा डाडाघरे बा को होमस्टेमा भएको कार्यक्रममा  नगरपालिकाका बिद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउने १० जना  विद्यार्थीलाई सम्मान गरिएको हो । 

कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान गर्दै थाहा नगर प्रमुख बिष्टले विद्यार्थीहरु भविष्यको कर्णधार भएकोले अवको उच्च शिक्षा अध्ययनमा विशेष ध्यान दिन आग्रह गरे  । बिष्टले समाजको सकारात्मक विकास गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।

सम्मान कार्यक्रममा थाहा  नगरपालिकाका विभिन्न विद्यालयबाट एसईई परीक्षामा सहभागी भई उत्कृष्ट नतिजा ल्याउने १० जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा सरस्वती विद्या मन्दिर बज्रवाराहीका सुजन श्रेष्ठ ३.६८,स्मृती गोपाली ३.७३ 
सुस्मिता सिं ठकुरी ३.७३ अमन जैसवाल ३.७७ लखिन्द्र मुखिया ३.९५ तेसै गरी इअन इङ्लिस स्कुल थाहा ६ का आशिष् थिङ ३.७० जिपिए,सामुदायिक विद्यालय बाट उत्कृष्ट जिपिए लेराउने विद्यार्थी बागेश्वरी माबी टिस्टुङका  अमृत गोले ३.४७ 
 भ्याली हार्ट एकेडेमी थाहा ३ का  दिपशिखा रायमाझी  ३.७९,शान्ती बिष्ट ३.८२ र दिप्ती केसी ३.७० जिपिए रहेका छन।

सम्मान कार्यक्रमका विशेष अतिथि प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले  विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि यस्तो सम्मान कार्यक्रमले थप प्रेरणा मिल्ने बताए ।
लियो क्लव अफ पिस थाहाका अध्यक्ष शिशिर कुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव थाहाका अध्यक्ष सतिदेवी स्याङ्तान,निवर्तमान अध्यक्ष गिता कार्की,लियो क्लवका पुर्व अध्यक्ष कमल बिष्ट,निवर्तमान अध्यक्ष रोशनी गोपाली,लियो तथा लायन्सका पदाधिकारी हरु लगायत विद्यार्थी तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रममा नगर प्रमुख विष्ट, प्याव्सन अध्यक्ष प्रधान, लायन्स क्लव अफ थाहा पिसका निवर्तमान अध्यक्ष गीता कार्की, बागेश्वरी माविका प्रअ बीरमान स्याङ्तान, विद्यार्थीहरु दीपशिखा रायमाझी, लखिन्द्र मुखिया विन, कार्यक्रम संयोजक विराज थापा, अध्यक्ष सिशिर खत्रीलगायतले शुभकामना दिदै उकृष्ट नतिजा ल्याएका विद्यार्थीहरु थाहा नगरको गहना भएको बताउदै भविष्यमा थाहा नगरको नाम समेत उच्च बनाउने जिम्मेवारी थपिएको बताएका छन् । 

डाँडाघरे बा को होमस्टे फाटबजारमा सम्पन्न कार्यक्रम सचिव अजय कार्कीले सन्चालन गरेका थिए।


world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...