Saturday, 04 May, 2024
साहित्य

उर्दीका मान्छे
बिर्खे अञ्जान

उर्दीका मान्छे

कसले लगायो उर्दी

उफ्रियो सडक भरी

कुर्कुच्चा बजारेर यत्तिका मानिस

कुन गन्तव्यमा पुग्न चाहान्छन् यी हुलहरू

के माग बोकेर आएका होलान् यी जथ्थाहरू

कुन दर्जाका होलान्

कुन जात धर्मका होलान्

बगुन्द्र सडकभरी फिजिएका मान्छे मान्छेहरू

सपनाको तुहिन चढेर

बर्षौ भो सपना बाडिरहेका मान्छेहरू

मान्छेलाई नै बलि चढाउँदै

मान्छेकै खेदो खनिरहेछ

हेर्नुस्

हिजोको हाम्रो इतिहास

जहाँ सहिदको तक्मा भिरेर

त्यागेका छन् आफन्तहरू

थापेर छातिमा सँगिन

या रेटेर आफ्नै गर्धन

यो माटोले आफ्नैको रगत नपिएसम्म

कहाँ आएको छ नयाँ बिहानी

कहाँ अस्ताएको छ निरङ्कुस एउटा क्रुर शासक

टुहुरो नबनाइ सन्तान

नपुछि अबलाको सिन्दुर

कैले नआउदो रहेछ

यो देशमा नयाँ ब्यबस्था। नयाँ कानुन

भ्रमको पर्चा छापेर

बर्षौ देखि गुम्राहा बनाउदै

निरीह अबोधहरूको रगत चुसेर

उक्लने गर्छन् सत्तामा

डकारेर आम मान्छेको पसिना

मान्छेलाई नै खच्चर बनाइरहेछन्

यतिबेला

म त्यो मान्छेको कुरा गरिरहेछु

जुन मान्छे

जोतेर बाझो खेत

बेलुका भोकै सुत्छ

हो म

त्यही मान्छेको कुरा गरिरहेछु

कुटेर बगरका गिटी

सधैं सधैं अभाब झेलिरहेछन्

महङ्गी बेरोजगार अन्याय हर्दम सहिरहेछ

हो पीडा

झेल्छन् झेल्छन्

अन्ततः झेल्नै नसकेर

खुसुक्क मर्छन्

सत्ता परिबर्तन भएको सुन्छु

ब्यवस्था नयाँ आएको सुन्छु

बिडम्वना

म कैले सुन्दिन

गरिवको आँसु पुछेको कुरा

अभावले डाँडा काटेको कुरा

बधशालामा तैनाथ बलिको बोका झै

कैलेसम्म यो देशमा

अस्तिरता भैरहन्छ अराजकता फैलिरहन्छ

खै

देख्दिन म पीडाको अन्त्य

कसले गर्छ सत्यको खोजी

र कुन उद्देश्यमा लम्कदैछ

यो हुलहरू यो जत्थाहरू

यो हुलमा आक्रोशको आँधी मात्र देखिन्छ

यो हुलमा बिद्रोहको आगोमात्र भेटिन्छ

मित्र

एउटा गोप्य कुरा

कसले उर्दी लगायो

उफ्रियो सडकभरी

कुर्कुच्चा बजारेर यत्तिका मानिस।

बिर्खे अञ्जान था न पा ६ मकवानपुर ।


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...