pani-1786865868.jpg
Monday, 24 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन

1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरुले बार्षिक प्रतिवेदन संकलन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई निर्देशन दिएका छन् । मंगलबार (आज) औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको अवलोकन गर्दै मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई यस्तो निर्देशन दिएका हुन् ।


उद्योग मन्त्री श्रेष्ठले सबै उद्योगहरुको प्रतिवेदन संकलन गरेर राख्न हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालयकी निमित्त व्यवस्थापक संगिता कुवँरलाई निर्देशन दिएका हुन् । साथै मन्त्री श्रेष्ठले औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्ट्स, एन्टार्टिक बिस्कुट प्रा.लि र सोफ्टी कम्पनीमा अवलोकन गरेका छन् ।


मन्त्री श्रेष्ठले उद्योगहरुको अवलोकनका क्रममा उद्यागीहरुलाई परेको समस्या र उद्योग मन्त्रालयले गर्नुपर्ने सहयोगको बिषयमा समेत छलफल गरेका थिए । उक्त क्रममा एन्टार्टिक बिस्कुट प्रा.लि मा ठुलो सिलिन्डरको ग्याँस प्रयोग गर्न नपाएका कारण निकै समस्या भोग्नुपरेको उद्योगीले गुनासो गरेका थिए । उद्योगको संरचना नै ४५० के.जीको ग्याँस प्रयोग गर्न मिल्ने गरी बनाइए पनि मापदण्डका कारण १४.५ के.जी कै ग्याँस सिलिण्डर प्रयोग गर्न परेको बताएका थिए ।


उक्त समस्या समाधान गर्नका लागि पहल गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए । उद्योगीहरुको समस्या समाधान गर्दै उद्योगीलाई देशमै टिकाइराख्न प्रदेशको उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयले सधैँ साथ दिने बताए । औद्योगिक क्षेत्रमा उत्पादन भएका सामाग्रीहरु प्रदेशभित्रै प्रयोग गर्ने वातावरण मिलाइने उनले बताए ।


निरिक्षणका क्रममा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी निमित्त व्यवस्थापक संगिता कुवँर, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, उद्योग संघ मकवानपुरका पूर्व अध्यक्ष लेखराज पोखरेल लगाएतको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...