Saturday, 04 May, 2024
आर्थिक खबर

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन

1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरुले बार्षिक प्रतिवेदन संकलन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई निर्देशन दिएका छन् । मंगलबार (आज) औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको अवलोकन गर्दै मन्त्री श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई यस्तो निर्देशन दिएका हुन् ।


उद्योग मन्त्री श्रेष्ठले सबै उद्योगहरुको प्रतिवेदन संकलन गरेर राख्न हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालयकी निमित्त व्यवस्थापक संगिता कुवँरलाई निर्देशन दिएका हुन् । साथै मन्त्री श्रेष्ठले औद्योगिक क्षेत्रमा रहेको एसियन पेन्ट्स, एन्टार्टिक बिस्कुट प्रा.लि र सोफ्टी कम्पनीमा अवलोकन गरेका छन् ।


मन्त्री श्रेष्ठले उद्योगहरुको अवलोकनका क्रममा उद्यागीहरुलाई परेको समस्या र उद्योग मन्त्रालयले गर्नुपर्ने सहयोगको बिषयमा समेत छलफल गरेका थिए । उक्त क्रममा एन्टार्टिक बिस्कुट प्रा.लि मा ठुलो सिलिन्डरको ग्याँस प्रयोग गर्न नपाएका कारण निकै समस्या भोग्नुपरेको उद्योगीले गुनासो गरेका थिए । उद्योगको संरचना नै ४५० के.जीको ग्याँस प्रयोग गर्न मिल्ने गरी बनाइए पनि मापदण्डका कारण १४.५ के.जी कै ग्याँस सिलिण्डर प्रयोग गर्न परेको बताएका थिए ।


उक्त समस्या समाधान गर्नका लागि पहल गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाए । उद्योगीहरुको समस्या समाधान गर्दै उद्योगीलाई देशमै टिकाइराख्न प्रदेशको उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्रालयले सधैँ साथ दिने बताए । औद्योगिक क्षेत्रमा उत्पादन भएका सामाग्रीहरु प्रदेशभित्रै प्रयोग गर्ने वातावरण मिलाइने उनले बताए ।


निरिक्षणका क्रममा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी निमित्त व्यवस्थापक संगिता कुवँर, उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्मा, उद्योग संघ मकवानपुरका पूर्व अध्यक्ष लेखराज पोखरेल लगाएतको सहभागिता रहेको थियो ।


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...