jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

उत्तरी मकवानपुरमा असिना पानी – किसान खुसी तर हिँउ खेल्ने रहर पुरा भएन

146490563_113683218344283-1612614581.jpg

फाेटाे -बिनाेद लामा ( दामन )

उत्तरी मकवानपुरमा आज असिना र पानी परेको छ । 
आज दिउँसो असिना पानी परेपछि डाँडापाखा सहित उत्तरी मकवानपुरका फाँटहरु सेताम्मे देखिएका छन् । 
असिना परेपछि सिमभन्ज्याङ्ग ,दामनका सडक र वन पाखा सेताम्मे भएका छन् । 
दिँउको झल्को लाग्ने गरि वर्षा सँगै मसिना असिना परेपछि स्थानिय खुसी भएका छन् । 
आज असिना र पानी परेपछि हिउँदे वर्षातले यस क्षेत्रका कृषकलाई राहत मिलेको छ । 
उत्तरी मकवानपुरमा हिउँसो असिना र पानी परेको  कारण कृषहरुलाई रातह मिलेको हो । लामो समय देखि हिउँदको समयमा पानी नपर्दा कृषकहरु चिन्तित थिए 
 यस क्षेत्रमा गत आसोजको पहिलो साताबाट वर्षात भएको थिएन । 
तर, यो वर्ष माघको अन्तिम साता भए पनि पानी पर्दा हिउँदे बाली सप्रिने आशामा कृषकहरु खुसी भएका हुन् ।
थाहा नगरमा अहिले मुख्य नगदे बाली आलु लगाउने सिजन भएकाले पानी परेसँगै कृषकहरुले लगाएका आलु सँगै मौसमी तथा बेमौसी तरकारी, फलफूल अन्य बालीलाई राहत मिलेको छ । 
हिँउमा रमाउने रहरमा बसेकाहरुलाई  तृष्णा मेट्न अहिलेको असिनाले सहयोग गरेको छ भने हिँउ पर्ने आशा पनि जगाएको छ । 
उत्तरी मकवानपुरमा पानी र असिना परे सँगै सधैं हिँउमा रमाउन पाईने ठाँउ दामन सिमभन्ज्याङ्गमा हिँउ खेल्न मानिसहरु जम्मा भए पनि आज हिँउ भने परेन । 
मौशम धुम्मिए पछि यस क्षेत्रमा हिँउ पर्ने आकलन गरिन्छ । पानी सँगै मसिनो र बाक्लो असिना परेपछि दामन सिम्भन्ज्याङ्ग क्षेत्रमा स्थानिय तथा त्रिभुवन राजपथमा यात्रा गर्ने यात्रुले त्यही असिनामा खेलेर हिँउको तृष्णा मेटेका थिए । 
बाक्लो असिना परेका कारण त्रिभुवन राजपथको सिमभन्ज्याङमा क्षेत्रमा असिना जम्दा सवारी आवगमनमा समस्या आएको थियो । 
सो क्षेत्रमा अहिले सडक संचालन भईसकेको छ । 
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...