jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

उच्च शिक्षाको लागि उचित गन्तव्य पालुङ क्याम्पस

308241751_639707751000693-1664115352.jpg

मकवानपुर जिल्लाको उतरी क्षेत्रको सुन्दर नगरी थाहा नगरपालिकाको वडा नं ३ मा अवस्थित पालुङ बहुमुखी क्याम्पसले स्नातक तहमा व्यवस्थापन संकाय तथा मानविकी संकाय तर्फ  कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । वि।सं। २०६० सालमा त्रि।वि। बाट सम्बन्धन लिई सञ्चालित पालुङ क्याम्पसले समाजको सर्वाङ्गीण विकासको निम्ति स्थानीय स्तरमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आइरहेको छ । यो सार्वजनिक रुपमा स्थापना भएको गैरनाफामूलक  सामुदायिक क्याम्पस हो ।

पालुङ बहुमुखी क्याम्पसलाई शैक्षिक गुणस्तरीयता, आत्मनिर्भरता, सामाजिक जिम्मेदारिता, साँस्कृतिक समानताले भरिपूर्ण, राष्ट्रिय अन्तरराष्ट्रिय माग स्तरको शिक्षा प्रदान गर्ने शैक्षिक धरोहरका रुपमा विकास गर्दै नेतृत्वदायी शैक्षिक संस्था, गुणस्तरीय शिक्षाको लागि समान अवसर, मागमा आधारित शिक्षाका लागि सुशासन सहितको स्थायित्व कायमगर्ने अभियान रहेको छ ।

यस क्याम्पसले सीपमुलक शिक्षा तथा तालिमद्वारा विद्यार्थीहरुलाई जीविकोपार्जनका निम्ति सक्षम र योग्य नागरिक बनाउने, विद्यार्थीहरुमा रचनात्मक तथा अनुसन्धानात्मक प्रतिस्पर्धा मार्फत स्तरीय र गुणात्मक उच्चशिक्षा प्रदान गर्दै सर्वतोमुखी विकास गर्ने ,ग्रामीण एवम् सहरी क्षेत्रको उच्चशिक्षाको आवश्यक्ता पूरा गर्दै अन्तराष्ट्रिय बहुक्षेत्रको प्रतिस्पर्धामा अब्बल जनशक्ति उत्पादन गर्ने, ,प्रविधिमैत्री प्रशासन, पठनपाठन साथै सरोकारवालाहरुलाई क्याम्पसको सुस्पष्ट र पृथक छवि स्थापनागर्ने , संचालक समिति , प्रशासक ,प्राध्यापक तथा कर्मचारीबर्गको व्यवसायिक विकासको लागि समय सापेक्ष विविध कार्यक्रम संचालनगर्ने लक्ष्य लिएको छ ।

 

यस क्याम्पसले शैक्षिक कार्यक्रमहरुमा उत्कृष्टताको सुनिश्चिता, उच्च गुणस्तर मार्फत विद्यार्थिहरुलाई आकर्षित गर्ने ,अनुसन्धानात्मक संस्थाको रुपमा विकास, आधुनिक प्रविधिलाई शिक्षण सिकाई, क्याम्पस परिसरको भौतिक सुविधा र हरित वातावरण सुधार, विद्यार्थीहरुको प्रतिभा प्रकाशनका विविध पक्षका गतिविधिसँग विद्यार्थी युनियन ९स्व।वि।यु।० लाई समयानुसार चलायमा गर्ने जस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।

 

शान्त तथा मनोरम बातावरणमा पठनपाठन, अनुभवी प्राध्यापकहरुबाट प्राध्यापन, पुस्तकालयको उचित व्यावस्थापन, प्रविधिमैत्री, अनुसन्धानमुलक पठनपाठन, उत्कृष्ट नतिजा ल्याउन  सफल , बास्केटवल, टेवलटेनिस, भलिवल, व्याटविन्टन जस्ता खेलकुदको व्यवस्था, विभिन्न बौदिक तथा शारीरिक क्रियाकलापको व्यवस्था, अनुसन्धानमुलक शैक्षिक भ्रमणको व्यवस्था , जनप्रतिनिधि, उधोगबाणिज्य संघ, विभिन्न वित्तिय तथा सहकारी संस्थासग शैक्षिक समृद्धिका लागि गोष्ठीको व्यावस्था, कम्प्युटर , इमेल, इन्टरनेटको व्यवस्था , सिमान्तिकृत वर्ग, छोरी वुहारी छात्रवृतिको व्यवस्था, कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउनेलाई भर्नामा विषेश छुटको व्यवस्था, त्रि।वि।को वार्षिक परीक्षामा प्रथमश्रेणी ल्याउनेलाई ६ महिनाको मासिक शुल्क छुटको व्यवस्था नै यस क्याम्पसका मुलभुत विशेषता पर्दछ ।

पालुङ क्याम्पसनै किन १
पालुङ क्याम्पस, राम्रो क्याम्पस, हाम्रो क्याम्पस भन्ने नाराका साथ पालुङ क्याम्पसले आफ्नो भर्ना अभियानलाई तिब्रता दिएको छ । कक्षा १२ उत्रिण विद्यार्थिलाई मध्यनजर गर्दै यस क्याम्पसले एक घर एक ब्रोसर अभियानका साथै विभिन्न सामाजिक संजालहरुमा भर्नाका साथै क्याम्पसका विविध क्रिर्याकलापहरुको सम्प्रेषण तदारुप्ताका साथ अघि बढाएको छ । चौर व्यावस्थापन, गेट निर्माण, पार्कमा फुल विरुवा रोप्नुका अतिरिक्त बास्केटवल, भलिवल, टेवलटेनिस, व्याटविन्टन जस्ता खेललाई पनि पठनपाठन सगसगै अगाडी बढाएको छ । भौतिकरुपमा स्तरउन्नतीका साथ साथै उत्तरी मकवानपुरको विश्व विद्यालय शिक्षा दिने एक मात्र यस क्याम्पसले शैक्षिक गुणस्तरलाई पनि सुधार गदै समाजका निम्त्ति आवश्यक दक्ष जनसक्ति निमार्ण गर्ने कार्य गर्दै आइरहेको छ । यस क्याम्पसका विद्यार्थिहरुले स्थानिय स्तरका निजि विद्यालय, सहकारी संस्था , विमा कम्पनि लगायत विभिन्न संस्थालाई आवश्यक पर्ने दक्ष जनशक्तिको मागलाई पुरा गर्दै आइरहेको छ । आफ्नै घरमा वसेर घरका काम पनि भ्याएर स्थानिय क्षेत्रमै पढन चाहने र पारिवारिक अवस्थाका कारण उच्च शिक्षाबाट कोहि पनि वन्चित हुन नपरोस भनि यस क्याम्पसले विभिन्न राजनितिक अगुवा, शिक्षा प्रेमि महानुभाव, स्थानिय सरकार ,वडा कार्यलय लगायत विभिन्न संघ संस्था सग छात्रबृत्तिको लागी माग गर्दै आइरहेको छ । छोरी बुहारी शिक्षालाई विभिन्न वडा कार्यलयहरुले आफ्ना निति तथा योजनामा समावेश गरेर उच्च शिक्षामा सबैको पहुच पुर्याउने यस क्याम्पसको महान अभियानलाई थप होसला प्रदान गरेको छ । साथै यस क्याम्पसले पनि नियमित पठनपाठन गर्ने इमान्दार तथा जेहेन्दारका साथै अतिरिक्त क्रियाकलापमा सहभागी हुने जागरुक विद्यार्थिहरुलाई छात्रबृत्तिमा विशेष प्राथमिक्तामा राखेको छ। राजन मिश्र 

लेखक पालुङ क्याम्पसका क्याम्पस प्रमुख हुनुहुन्छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...