pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

आइरन चक्कीमा कृतिम अभाव गरी ११ करोड भ्रष्टाचार !

IRON-CHAKKI-NEWS-696x371-1673152556.jpg

हेटौँडा, २३ पुस । स्वास्थ्य र शिक्षा जनताका लागि सहज, सर्वसुलभ र सस्तो हुनुपर्छ । सबै सरकारले भन्ने गरेको यही हो । तर सबैभन्दा महँगो यही दुई क्षेत्र हुँदा सर्वसाधारण नागरिकले जीवनभरको मात्र नभए पुख्र्यौली सम्पत्ति पनि सकाइरहेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा मुठ्ठीभरका माफिया र तस्करले भने एउटा–एउटा शीर्षकमा कुस्ता कमाइरहेका छन् ।

प्रसंग हो, स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले हालै टेण्डर गरेको आइरन चक्कीको । साउनदेखि असार मसान्तसम्ममा कति आइरन चक्की चाहिएला ? यसमाथि अहिले प्रदेश सरकार र जिल्लातहमा पनि अँैषधिको बजेट हुन्छ । विभागले आइरन एण्ड फोलिक एसिड ट्याब्लेट भारीमात्रामा खरिदका लागि टेण्डर गर्दा कम्तीमा ११ करोड रुपैयाँ भ्रष्टाचार हुन लागेको र मुठ्ठीभरका औषधि कम्पनीलाई मात्र सेटिङमा टेण्डर निकालिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

स्वास्थ्य व्यवसायी संघले अख्तियारमा गरेको उजुरीमा भनिएको छ, ‘असोज १४ गते आव्हान गरिएको टेण्डरमा कृतिम अभाव खडा गरेर एकैपटक २१ करोड ५० लाख आइरन चक्कीको टेण्डर गरिएको छ, जबकि, प्रदेश र जिल्लामा पनि यही शीर्षकमा बजेट गएका छन् ।’

‘स्वास्थ्य सेवा विभागले गरेको टेण्डर मिलेमतोमा संलग्न व्यवसायीलाई पार्ने उद्देश्यले आव्हान गरिएको पाइएको छ,’ औषधि उत्पादनमै संलग्न एक व्यवसायीले भने, ‘हामी लाइसेन्स लिएर औषधिै उत्पादन गर्न तयार भएर बसेका छौँ, कयौँ उत्पादन कम्पनीले औषधि उत्पादन पनि गरिरहेका छन्, तर एकैपटकमा १५ करोड चक्की उत्पादन गरेको कम्पनीले मात्र टेण्डरमा भाग लिन पाइने भनेर सेटिङ गरियो र अख्तियार जान बाध्य भयौँ ।’

ती व्यवसायीले भने, ‘औषधि उत्पादन गरिरहेका छौँ, १५ करोड चक्की उत्पादन गरेको सर्टिफिकेट हुनेले मात्र टेण्डर पाउने प्रक्रिया मिलेमतो हो र अरु कम्पनीलाई उत्पादनको लाइसेन्स नै किन दिनु प¥यो ?’ उनले भने, ‘औषधिमा मात्र होइन, कयौँ उपकरण खरिदमा पनि यसरी नै मिलेमतोमा टेण्डर हुने गरेको विषय धमाधम बाहिर आउनेवाला छ ।’
व्यवसायीको प्रश्न छ, ‘सस्तोमा औषधि दिन्छौँ भन्दा पनि काम गर्न पाइएको छैन, विभागका कर्मचारीहरुले हाम्रो लिखित माग र पत्राचारलाई पनि मतलब गरेनन्, कसलाई के प्रक्रियामा यसरी काम दिइयो भन्ने जिज्ञासाको उत्तरसमेत नदिइएर मिलेमतोमा कतिन्जेल महँगोमा औषधि खरिद गरेर राज्यको ढुकुटी सकाउने ?’

संघकै तर्फबाट पुस ५ गते अख्तियारमा उजुरी परेपछि स्वास्थ्य व्यवसायी संघले अख्तियारको नेतृत्वसँग पनि यो विषयमा भेटेर छलफल गरेका छन् र छानबिनको माग गरेका छन् । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई पनि भेटेर आइरन चक्कीमा देखादेख ११ करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचारको खेल भइरहेकाले छानबिन गर्न र पुनः टेण्डर गरी सस्तोमा औषधि बेच्न चाहने कम्पनीहरुलाई मौकाको वातावरण बनाइदिन माग गरेका छन् ।

संघका अध्यक्ष नवराज बस्नेतले भन्नुभयो, ‘बजारमा एउटा आइरन चक्कीको मूल्य ३५ देखि चालीस पैसा छ, तर मिलेमतोमा सेटिङ गरी १५ करोड आइरन चक्की उत्पादन गर्ने कम्पनीले मात्र भाग लिन पाउने नाममा एक चक्की आइरनमा ५० पैसा महँगो मूल्य राखेर ८५ पैसा प्रतिचक्की पारिएको खबर आएको छ, यो बदमासीविरुद्ध अख्तियार जान बाध्य भएका हौँ ।

झण्डै ११ करोड भ्रष्टाचार
२१ करोड ५० लाख आइरन चक्कीका लागि १५ करोड आइरन चक्की उत्पादन गरेको कम्पनीले मात्र टेण्डरमा भाग लिन पाउने भनेर गरिएको बदमासीमा प्रतिचक्की ४५ देखि ५० पैसा भ्रष्टाचार हुने गरी मिलेमतो भएको स्वास्थ्य व्यवसायी संघको अनुमान छ । बजारमा अहिले आइरन चक्की बढीमा ४० पैसा नत्र ३५ पैसामा खुद्रा मूल्यमै पाइन्छ । तर, अहिले भएको टेण्डरमा कुनै एक औषधि कम्पनीलाई मात्र भाग लिन मिल्ने गरी मिलाइएको टेण्डरमा ८५ पैसा प्रतिचक्की मूल्य कायम गर्न खोजिएको पाइएको छ । यसो गर्दा २१ करोड ५० लाख चक्कीमा एक मोहर मात्र मूल्य वृद्धि गर्दा पनि ११ करोड रुपैयाँ भन्दा बढी रकम तलमाथि पार्न विभागका कर्मचारी र औषधि कम्पनीबीच सेटिङ भएको छ । बजारमा ४० पैसामा आइरन चक्की दिन्छु भनेर काम खोजिरहेका कम्पनीहरुलाई ‘१५ करोड चक्की उत्पादन नगरेको’ भनेर डिस्क्वालिफाइ गर्ने काममा कर्मचारीहरुले नेकपा एसका दुई मन्त्री भवानी खापुङ र हीरा केसीलाई जानकारी दिएर यो काम गरे या उनीहरुलाई ‘जान लागेका मन्त्रीलाई किन खान दिनु’ भनेर थाहै दिएनन्, मन्त्रीहरुले बोलेको व्यवसायी र जनता सुन्न चाहन्छन् ।

कति चाहिन्छ देशलाई आइरन चक्की ?
ठ्याक्कै तथ्यांक नभए पनि देशमा करिब ५ करोड भन्दा बढी आइरन चक्की चाहिँदैन । त्यो पनि वर्षभरिलाई । आर्थिक वर्ष साउनमा शुरु हुन्छ, असारसम्ममा टेण्डर भएको आइरन चक्की वितरण भइसक्नु पर्छ । असोज १४ गते टेण्डर भएको आइरन चक्कीमा मिलेमतो भएको भनेर व्यवसायी अख्तियार र राजनीतिक दलहरु गुहार्न पुगेका छन् । २१ करोड ५० लाख आइरन चक्की उत्पादनको टेण्डर परे पनि कम्पनीले अरु एक महिना समय पाउँछन् । यसो गर्दा फागुनमा आउने आइरन चक्की चार महिनामा बाँडेर सकिएला त ? अख्तियार पुगेर व्यवसायीले सक्कल फाइल मगाइ छानबिनको माग गरेका छन् । व्यवस्थापन महाशाखाका खरिद इकाइ प्रमुख डा. सुरेन्द्र चौरसिया हुन् ।सक्ति खवर 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...