janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

आर्थिक खबर

अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छ : नगर प्रमुख बिष्ट 

FB_IMG_1725726852846-1725727098.jpg

थाहा नगर, २२ भदौ/नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको थाहा नगरपालिकाका नगर प्रमुख बिष्णुबहादुर बिष्टले बताए ।

शनिबार थाहा नगरको जेसीज हलमा भएको एकदिने सेयर सम्बन्धी तालिमको प्रमुख अतिथि बिष्टले समाजको सकारात्मक परिवर्तनको लागि लायन्स र लियो क्लबको सिद्धान्त ब्यबहारिक भएको बताए ।

लियो क्लब अफ पिस थाहानगरको आयोजनामा भएको १ दिने शेयर सम्बन्धी तालिममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, लायन्स क्लब अफ थाहा पिसका संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान र लियो जिल्ला परिषद् ३२५ एमका जिल्ला उपाध्यक्ष प्रबेशकुमार कार्कीको विशेष आतिथ्यता रहेको थियो ।

मकवानपुर जिल्लामै पहिलो पटक भएको सेयर तालिममा थाहानगरका ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

लामो समयदेखि सेयर बजारमा सक्रिय नेपाली सेयर बजारका बिज्ञ सुबासचन्द्र भट्टराइले सेयर अभिमुखिकरण तालिमको सहजिकरण गरेका थिए ।

क्लबका अध्यक्ष शिशिरकुमार खत्रीको अध्यक्षतामा भएको तालिम कार्यक्रम उद्घाटन कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बिष्ट, पालुङ जेसीज बर्ष २०२४का अध्यक्ष निरज रायमाझी, ग्लोबल ईन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रवन्धक निर्देशक जीवनकुमार बस्नेत, लायन्स क्लब अफ थाहा पिसका पूर्व अध्यक्षहरु जयराम खत्री, गीता कार्की, लियो क्लब पिस थाहानगरका पूर्व अध्यक्ष कमल बिष्ट लगायतको आतिथ्यता रहेको थियो ।

क्लबका सचिब अजय कार्कीले संचालन गरेको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष शितल बिष्टले स्वागत गरेका थिए ।

FB_IMG_1725726835923-1725727098.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...