jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू हुने, अप्ठ्यारा प्रश्न नसोधिने

rastriya-pariksha-board-1677481213.jpg

 राष्ट्रिय परीक्षा बोर्डले आगामी शैक्षिक सत्रदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्ने भएको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि अर्को वर्षदेखि स्तरीकृत परीक्षा प्रणाली लागू गर्न लागेको हो । आगामी शैक्षिक सत्रमा ट्रायलको रूपमा केही पालिकाहरूमा लागू हुनेछ । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले स्थानीय पालिकाहरूसँग समन्वय गरेर तयारी थालेको छ । 

 

बोर्डका अध्यक्ष महाश्रम शर्माले आधारभूत तहको सन्दर्भमा विभिन्न पालिकाहरूमा अहिले ट्रेनरहरू तयार पारिएको बताए । उनीहरूले आफ्नो पालिकाहरूमा स्तरीकृत परीक्षा सञ्चालनका लागि तयारी गर्नेछन् । 

यसलाई अभ्यासका रूपमा लिन खोजिएको उनको भनाइ छ । यो परीक्षा प्रणालीमा स्थानीय पालिकाहरूमा प्रश्न पत्रको प्रश्न बैङ्क स्थापना गरिनेछ । सोही आधारमा त्यही प्रश्न बैङ्कबाट विद्यार्थीलाई प्रश्न सोधिनेछ । विद्यार्थीलाई कुनै प्रश्न गाह्रो लाग्यो भने त्यसको ठाउँमा अर्को प्रश्न राखिने उनको भनाई छ । 

‘स्तरीकृत परीक्षा र अन्य परीक्षामा कुनै फरक छैन । यो भनेको परीक्षालाई स्तरीय बनाउने भनेको हो,’ अध्यक्ष शर्माले भने । देशभर पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षण सिकाई एउटै भए पनि परीक्षा भने फरक खालको भइरहेको उनको भनाई छ । ‘एउटै शिक्षण सिकाइबाट हुने परीक्षा फरक फरक किन हुने ? एउटै पढाइमा पनि फरक फरक क्षेत्रबाट फरक फरक खालको नतिजा आउने गरेको यस्तो अवस्था नहोस् भनेर स्तरीकृत परीक्षा गर्न खोजिएको हो ।’ अध्यक्ष शर्माले भने ।   

प्रश्न पत्र विद्यार्थीले पढेको र उनीहरूलाई सजिलो बनाउने खालको हुने उनको भनाइ छ । ‘प्रश्न पत्रहरू पहिले नै टेस्ट गरिन्छन् । त्यो विद्यार्थीलाई सजिलो लागेन भने अर्को प्रश्न पत्र दिइन्छ । यदि त्यसमा कुनै अप्ठ्यारो प्रश्न भयो भने अर्को प्रश्न पत्र हुन्छ त्यहीबाट परीक्षा लिइने हो ।’ अध्यक्ष शर्माले भने । 

विद्यार्थीले नसिकेको, नजानेको, कहिल्यै नसुनेको प्रश्न पत्र नसोधेर साधारण र सामान्य खालको प्रश्न पत्र हुनेछन् । यसको उद्देश्य धेरै भन्दा धेरै विद्यार्थीलाई परीक्षामा सफल गराउने र परीक्षा भन्ने वित्तिकै विद्यार्थीमा त्रसित हुनुपर्ने वातावरण नआओस् भन्ने हो । 

यसले गर्दा विद्यार्थीलाई घोक्न लगाउने र परीक्षा केन्द्रित भएर पढाई गरिने पद्धतिको अन्त्य हुने विश्वास बोर्डले लिएको छ ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...