jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

अनलाइन कक्षा :अभिभावकलाई पिरमाथि पिर, न बालबालिका मन लगाएर पढ्छन् न स्कुलले शुल्क घटाउँछ !

onlineclass-1627621476.jpg

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण र यसको जोखिमका कारण नेपालमा पनि लामो समयसम्म धेरैजसो सेवा बन्द भए । १५ महिनाको यो अवधिभर केही अत्यावश्यक सेवाबाहेक प्राय ठप्प रहे । अर्थात् देशव्यापी रूपमा लकडाउन घोषणा गरियो । संक्रमणदर दिनानुदिन बढ्दै जाँदा लकडाउनको समयावधि पनि थपिँदै गयो ।

यसको असर शैक्षिक क्षेत्रमा सबैभन्दा बढी पर्‍यो । लामो समयसम्म पनि भौतिक उपस्थिति गराउन सम्भव नभएपछि विद्यालय प्रशासनले अनलाइनबाट नै पठनपाठन गर्ने र गराउने निर्णय गरे ।

एक समयमा त छोराछोरीको अनलाइन कक्षाका लागि भनेर ऋण लिएरै भए पनि मोबाइल, ल्यापटपजस्ता डिभाइसहरू खरिद गर्ने अभिभावकहरूको संख्या ठूलो मात्रामा थियो ।

लामो समयको बन्दाबन्दी र घरमा बसेका बालबालिकाको बिग्रँदै गरेको मानसिक चिन्तनहरू नियाल्दै गर्दा अनलाइन कक्षाले अभिभावकहरूको मनमा एकप्रकारको उत्साह जन्माएको थियो । यसकिसिमको अभ्यास नेपालमा पहिलो पटक नै हो । यसरी अनलाइनबाट गरिएको पठनपाठन अनि यसले ल्याउने नतिजा कस्तो होला भन्ने कुतूहलता विद्यार्थी र अभिभावक सबैको मनमा पक्कै थियो ।

अनलाइन कक्षाले अभिभावकले सोचेजस्तो गति लिन सकेन । मोबाइल वा ल्यापटपअगाडि विद्यार्थीहरू बसेका त देखिन्छन् तर पढाइभन्दा पनि अनलाइन गेम, सिरियल हेर्नेजस्ता काममा बढी ध्यान दिनेगरेको अभिभावकहरूको गुनासो छ ।

बालबालिकालाई महँगो खर्च गरेर मोबाइल, ल्यापटपजस्ता डिभाइसको जोहो जसोतसो गरेका अभिभावकहरू विद्यालयले लिने महँगो शुल्कले दिग्दार भएका छन् । भौतिकरूपमा विद्यालयमा उपस्थित भएजस्तो प्रभावकारी सिकाइ अनलाइन कक्षाबाट नभएको अभिभावकको दाबी छ । जसले गर्दा एकातिर शैक्षिक सिकाइ प्रभावकारी भएको छैन भने अर्कोतिर विद्यालयले शतप्रतिशत शुल्क लिइरहेका छन् ।

छोराले राम्रो पढ्ला कि भनेर ऋण लिएर अनलाइन कक्षाको लागि मोबाइल किनेर ल्याइदिइन्, ओखलढुङ्गा स्थायी घर भई ललितपुरको बालकुमारी बस्दै आएकी सबिता गिरीले । उनी छोरो पढाउनकै लागि काठमाडौँ आएकी हुन् । ‘किताब कपि अगाडि राख्छ, पढ्दै होला छोरो भन्यो के–के गेम खेलेर बस्नेरहेछ ।’ उनी भन्छिन्, ‘सधँै के गर्छ भनेर अगाडि बसेर हेरिरहन पनि भ्याइँदैन, कहिलेकाहीँ हेर्दा त्यस्तै हुन्छ । अनलाइन कक्षा भइरहन्छ क्यामेरा अफ गरेर गेम मात्र खेल्नेरहेछ ।’

अभिभावकको थाप्लोमा बालबालिका मन लगाएर पढिरहेका छैनन् भन्ने मात्रै चिन्ता छैन, विद्यालयले शुल्कको लागि भनेर पटक–पटक फोन गरिरहन्छ । ‘यो वर्ष त स्कुलमा गएर त छोराले पढेकै छैन, अनलाइन कक्षाको शुल्क समेत भौतिक उपस्थितिमा लिएजति नै तिर्नुपर्ने भन्दै छन् ।’ उनी निराश हुँदै भन्छिन् ।

न छोराले ध्यान दिएर पढेको छ न त सबै पढाइसकेका छन् । स्कुलले पहिलाजति नै शुल्क मागेको माग्यै छ । ‘पैसाको मात्र नाश हुनेभयो । नदिऊँ भने पनि परीक्षा नै दिन नपाउने भन्छन् जसरी पनि दिनै पर्छ ।’ उनी भन्छिन्, ‘यो मेरो मात्र नभएर आम नेपालीको समस्या हो ।’

अनलाइन कक्षा भन्छन्, के गर्छन्–गर्छन् । आफूले शिक्षा लिन नपाएका कारण उनीहरूले जे भने पनि होला त नि भन्ने लाग्छ अभिभावकलाई । ‘आफूले पढ्न पाइएन, किताब र ल्यापटप अगाडि फिँजाएपछि पढेकै होला भन्ने लाग्छ ।’ उनी भन्छिन्, ‘कहिलेकाहीँ ठूलो–ठूलो आवाज निकालेको सुनेर दौडेर जान्छु गेम खेलेर बसेको हुँदोरहेछ । यसरी न त उनीहरूले केही सिक्छन् न त अभिभावकको ऋणको बोझ हलुका हुन्छ । कोरोनाले पार्नुसम्म पिर पार्‍यो नि १’

यसरी अनलाइन कक्षाको नाममा दिनानुदिन बालबालिकाहरू मोबाइल, ल्यापटपमा भुलिन थालेका छन् । कतिपय बालबालिकाहरू समयमा खाना नखाने, समयमा नसुत्ने गर्नथालेका छन् । कारण उनीहरू एकोहोरो ल्यापटप, मोबाइलमा हेरिरहँदा आँखामा समेत समस्या आउन थालेको छ भने अनावश्यक सामग्रीतिर उनीहरूको रुचि बढ्न थालेको अभिभावकहरूको गुनासो छ ।

अहिले बजारमा दिनानुदिन बढ्दै गएको पब्जी, फ्रीफायरजस्ता गेमहरूको लतमा परी उनीहरू अनौठो खालकोे स्वभाव देखाउन थालेका छन् । अहिले सुन्दा यो सामान्य लागे पनि पछि गएर मानसिक तनावको कारण निम्तिने विज्ञले बताएका छन् । त्यसैले तत्काल यस्तो अनलाइन खेलहरू बन्द गराउन सरकारलाई अनुरोध समेत उनले गरिन् ।

लामो समयसम्म विद्यालयमा नै गएर पठनपाठन गर्नेरगराउने वातावरण नभएपछि बालबालिकाले आफ्ना साथीभाइहरूसँग खेल्न बिर्सँदै गएका छन् । २४ घन्टामा १८ घण्टा त मोबाइल र ल्याप्टपलाई नै उनीहरूले साथी बनाएका छन् । जसले गर्दा बालबालिकाहरूलाई परिवार, समाजसँग घुलमिल हुन पनि गाह्रो हुने देखिन्छ । जतिबेला पनि मोबाइलमा नै हुन्छ ध्यान, को आयो को गयो केही थाहा छैन ।

आफ्नै तालमा व्यस्त हुन्छन्, अहिले बच्चाहरू । यसले उनीहरूको बालमनोविज्ञानमा कति असल गर्ला रु यसै पनि २० वर्षपछि हरेक घरमा एक मानसिक रोगी हुन्छन् भनेर विज्ञले समेत बताइरहेको सन्दर्भमा यसबारेमा सम्बन्धित सबै पक्षले सोच्न जरुरी छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...