udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

समाचार

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा

1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएका छन् । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रमलाई बोल्दै उनले सो कुरा बताएका हुन् । 

पछिल्लो समय देशमा तीनवटै तहले आफ्नो अधिकारको मात्रै विषय उठान गर्दा एकआपसमा अन्तद्र्वन्द्व जस्तो स्थिति पैदा भएको उनले उल्लेख गरेका छन् । तहगत सरकारबीचमा अन्तद्र्वन्द्व हु“दा संघीयता कमजोर हुनसक्ने भन्दै उनले सरोकार पक्ष सबै यसमा गम्भीर बन्नुपर्ने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी भूमिका अहिलेको प्रमुख आवश्यकता रहेकोमा मन्त्रि लामाले जोड दिए । तीनवटै तहका सरकारबाट बन्ने नीति, नियम, मापदण्ड गहन अध्ययन गरि निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । देशमा आर्थिक तरलता रहेको भन्दै मन्त्रि लामाले यसको असर पनि तीनवटै तहका सरकारमाथि हाल परिरहेको जिकिर गरेका छन् । 

यस्तै, कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईले कर्मचारिहरु नागरिकलाई सेवा, प्रविधी र प्रवाहमा केन्द्रीत भएर लाग्न निर्देशन दिएका छन् ।  

स्थानीय तह बेरुजु उत्पादन गर्ने अड्डा जस्तो भएको भनाईहरु उठ्न थालेको भन्दै उनले सुशासनलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताएका छन् । स्थानीय स्रोतको दोहन, सार्वजनिक सम्पत्तिको दुरुपयोग, दोहोरो भुक्तानीको समस्या रोक्नुपर्ने उनले उल्लेख गरेका छन् । स्थानीय तहहरुमा रहेको न्यायिक समितिको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै प्रजिअ सेढाईले थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

यस्तै, बागमती प्रदेश सांसद एकलाल श्रेष्ठले स्थानीय स्रोत साधनको समुचित प्रयोग हुनुपर्ने, स्थानीय तहले जनताको चित्त बुझ्नेगरि काम गर्नुपर्नेमा जोड दिए । प्रदेश र संघ तहमा समुचित बजेट विनियोजन हुन नसकेको भन्दै सांसद श्रेष्ठले योजना र बजेट मन्त्रिको निर्वाचन क्षेत्र केन्द्रीत भएर जाने गरेको गुनासो गरेका छन् । 

यसैगरि, कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले प्राकृतिक स्रोतको उपयोग गर्ने नीतिहरु बन्ने क्रममा रहेको र आर्थिक समृद्धिकालागि त्यस किसिमका नीतिहरु आवश्यक रहेको भनाई कार्यक्रममा राखेका छन् । समयमा नीतिहरु नबन्दा स्थानीय तहहरुले समस्या भोगिरहेको प्रमुख घलानले उल्लेख गरेका छन् ।  

1701698103995-1701698128.jpg

world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...