jkmv-english-1784299234.jpg
Saturday, 25 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

‘गठबन्धनले निर्वाचन क्षेत्र मिलाउन सकेनन् । म चुनाव लड्ने च्याप्टर क्लोज भयो - वामदेव गौतम

307697922_545140877617835-1665545873.jpg

नेकपा विभाजनको कारक पनि आफैँ, एकता राष्ट्रिय अभियान चलाउने पनि आफैँ । निर्वाचन आयोगमा पार्टी दर्ता गरेर वामपन्थी एकताको वकालतकर्ता पनि उनी आफैँ । यस्ता विरोधाभाष वामपन्थी नेता वामदेव गौतमका लागि सामान्य हुन् । 

सत्तारुढ गठबन्धनको धेरै भोट देखेपछि माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने घोषणा गरेका गौतमले अन्ततः निर्वाचन क्षेत्र पाएनन् । उनी प्युठानबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्न चाहन्थे । तर, गठबन्धनको सानो दल राष्ट्रिय जनमोर्चाले प्युठान नछाड्ने अडान लियो । बर्दिया–१ कांग्रेसको भागमा पर्ने भएपछि गौतम निर्वाचन क्षेत्रविहीन बन्न पुगे । र, १० असोजमा एउटा बिहेमा सहभागी हुन बर्दिया आएका उनले शुभचिन्तकसँग भने, ‘गठबन्धनले निर्वाचन क्षेत्र मिलाउन सकेनन् । म चुनाव लड्ने च्याप्टर क्लोज भयो ।’

वामपन्थी नेता वामदेवको परम्परागत निर्वाचन क्षेत्र हो, बर्दिया–१ । २०४८ यताका ६ वटै निर्वाचनमा उनले यसै क्षेत्रबाट चुनाव लडे । २०५६, २०६४ र २०७४ का निर्वाचनबाहेक तीन निर्वाचन जितेका गौतमले यसपटक भने चुनाव नलड्ने घोषणा गरेका हुन् । त्यस हिसाबले बर्दिया १ ले ३१ वर्षपछि वामदेव गौतमबाट छुटकारा पाएको हो । 

बर्दियाबाट तीन कार्यकाल सांसद, उपप्रधान तथा गृहमन्त्री हुँदा गौतमले सम्झिनुपर्ने गरी खासै काम गर्न नसकेको उनकै शुभेच्छुकहरू बताउँछन् । २०५१ को एमालेको अल्पमतको सरकारले बबई सिँचाइ आयोजनालाई तीव्रता दिएको थियो । त्यतिबेला एमाले उपमहासचिवका रूपमा गौतमले स्वयम्सेवक परिचालन गराएकोबाहेक बर्दियाका कुनै पनि ठूला आयोजनामा उनी जोडिएका छैनन् । आफ्नो निर्वाचन क्षेत्रप्रति उनी कतिसम्म अनुत्तरदायी रहे भने २०७४ मा चुनाव हारेपछि पाँच वर्षपछि मात्र उनी बर्दिया फर्किए, त्यो पनि आफन्तको बिहेमा ।   

वामदेव यस्ता नेता हुन्, जो चुनाव हारेर पनि सत्तामा पुगे । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादी केन्द्रकी सरला रेग्मीसँग पराजित भए । तर, लगत्तै बनेको माओवादी–एमाले सरकारमा उपप्रधान तथा गृहमन्त्री बने । २०७४ को निर्वाचनमा पराजित भएर पनि अनेक उपाय गरेर उनी संसद छिरे । 

सुरुमा उनी एमाले सांसदलाई राजीनामा गराएर उपनिर्वाचनबाट प्रतिनिधिसभा जान चाहन्थे । डोल्पाका धनबहादुर बुढा, काठमाडौंका रामवीर मानन्धर र दैलेखका रवीन्द्र शर्मालाई उनले राजीनामाका लागि राजी बनाएका थिए । तर, नेकपाभित्रको सत्ता राजनीतिको किचलोले उनीहरू रोकिए । अन्ततः गौतमलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई रोक्नेगरी सांसद बनाइएको थियो । 

नेकपाभित्रको आन्तरिक द्वन्द्वमा गौतम यतिसम्म प्रयोग भएका थिए कि माधव नेपालको संयोजकत्वमा संविधान संशोधन गरेर उनलाई प्रधानमन्त्री बनाउन कार्यदलसमेत बनाइएको थियो । एउटा व्यक्तिलाई पदमा पुर्‍याउन गरिएको त्यो हर्कतको जनस्तरबाटै विरोध भएपछि नेताहरू पछि हटेका थिए । 

नेकपाकालीन कलहको एउटा कारक बनेको थियो, गौतमको सांसद पद । विपक्षीभन्दा झण्डै २८ हजार मत ज्यादा हुँदा पनि एमाले–माओवादी केन्द्र गठबन्धनबाट गौतम पराजित भए । एक पटक प्रधानमन्त्री बनिछाड्ने मृगतृष्णामा उनी गठबन्धनको सजिलो बाटोबाट प्रतिनिधिसभा सदस्य बन्न चाहन्थे । तर, बितेका पाँच वर्षमा गौतमको जनाधार रहेको कुनै निर्वाचन क्षेत्र छैन । २०७० को निर्वाचनमा प्युठानबाट चुनाव जितेका गौतमले फर्केर पनि आफ्नो निर्वाचन क्षेत्र नहेरेको स्थानीयको आरोप छ । फलस्वरुपः २०७४ को निर्वाचनमा उनी बर्दिया–१ फर्किएका थिए । अलोकप्रियताकै कारण त्यति फराकिलो जनमत हुँदाहुँदै गौतम पराजित भएका थिए । शिलापत्र बाट साभार

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...