pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

‘गठबन्धनले निर्वाचन क्षेत्र मिलाउन सकेनन् । म चुनाव लड्ने च्याप्टर क्लोज भयो - वामदेव गौतम

307697922_545140877617835-1665545873.jpg

नेकपा विभाजनको कारक पनि आफैँ, एकता राष्ट्रिय अभियान चलाउने पनि आफैँ । निर्वाचन आयोगमा पार्टी दर्ता गरेर वामपन्थी एकताको वकालतकर्ता पनि उनी आफैँ । यस्ता विरोधाभाष वामपन्थी नेता वामदेव गौतमका लागि सामान्य हुन् । 

सत्तारुढ गठबन्धनको धेरै भोट देखेपछि माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने घोषणा गरेका गौतमले अन्ततः निर्वाचन क्षेत्र पाएनन् । उनी प्युठानबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्न चाहन्थे । तर, गठबन्धनको सानो दल राष्ट्रिय जनमोर्चाले प्युठान नछाड्ने अडान लियो । बर्दिया–१ कांग्रेसको भागमा पर्ने भएपछि गौतम निर्वाचन क्षेत्रविहीन बन्न पुगे । र, १० असोजमा एउटा बिहेमा सहभागी हुन बर्दिया आएका उनले शुभचिन्तकसँग भने, ‘गठबन्धनले निर्वाचन क्षेत्र मिलाउन सकेनन् । म चुनाव लड्ने च्याप्टर क्लोज भयो ।’

वामपन्थी नेता वामदेवको परम्परागत निर्वाचन क्षेत्र हो, बर्दिया–१ । २०४८ यताका ६ वटै निर्वाचनमा उनले यसै क्षेत्रबाट चुनाव लडे । २०५६, २०६४ र २०७४ का निर्वाचनबाहेक तीन निर्वाचन जितेका गौतमले यसपटक भने चुनाव नलड्ने घोषणा गरेका हुन् । त्यस हिसाबले बर्दिया १ ले ३१ वर्षपछि वामदेव गौतमबाट छुटकारा पाएको हो । 

बर्दियाबाट तीन कार्यकाल सांसद, उपप्रधान तथा गृहमन्त्री हुँदा गौतमले सम्झिनुपर्ने गरी खासै काम गर्न नसकेको उनकै शुभेच्छुकहरू बताउँछन् । २०५१ को एमालेको अल्पमतको सरकारले बबई सिँचाइ आयोजनालाई तीव्रता दिएको थियो । त्यतिबेला एमाले उपमहासचिवका रूपमा गौतमले स्वयम्सेवक परिचालन गराएकोबाहेक बर्दियाका कुनै पनि ठूला आयोजनामा उनी जोडिएका छैनन् । आफ्नो निर्वाचन क्षेत्रप्रति उनी कतिसम्म अनुत्तरदायी रहे भने २०७४ मा चुनाव हारेपछि पाँच वर्षपछि मात्र उनी बर्दिया फर्किए, त्यो पनि आफन्तको बिहेमा ।   

वामदेव यस्ता नेता हुन्, जो चुनाव हारेर पनि सत्तामा पुगे । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादी केन्द्रकी सरला रेग्मीसँग पराजित भए । तर, लगत्तै बनेको माओवादी–एमाले सरकारमा उपप्रधान तथा गृहमन्त्री बने । २०७४ को निर्वाचनमा पराजित भएर पनि अनेक उपाय गरेर उनी संसद छिरे । 

सुरुमा उनी एमाले सांसदलाई राजीनामा गराएर उपनिर्वाचनबाट प्रतिनिधिसभा जान चाहन्थे । डोल्पाका धनबहादुर बुढा, काठमाडौंका रामवीर मानन्धर र दैलेखका रवीन्द्र शर्मालाई उनले राजीनामाका लागि राजी बनाएका थिए । तर, नेकपाभित्रको सत्ता राजनीतिको किचलोले उनीहरू रोकिए । अन्ततः गौतमलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई रोक्नेगरी सांसद बनाइएको थियो । 

नेकपाभित्रको आन्तरिक द्वन्द्वमा गौतम यतिसम्म प्रयोग भएका थिए कि माधव नेपालको संयोजकत्वमा संविधान संशोधन गरेर उनलाई प्रधानमन्त्री बनाउन कार्यदलसमेत बनाइएको थियो । एउटा व्यक्तिलाई पदमा पुर्‍याउन गरिएको त्यो हर्कतको जनस्तरबाटै विरोध भएपछि नेताहरू पछि हटेका थिए । 

नेकपाकालीन कलहको एउटा कारक बनेको थियो, गौतमको सांसद पद । विपक्षीभन्दा झण्डै २८ हजार मत ज्यादा हुँदा पनि एमाले–माओवादी केन्द्र गठबन्धनबाट गौतम पराजित भए । एक पटक प्रधानमन्त्री बनिछाड्ने मृगतृष्णामा उनी गठबन्धनको सजिलो बाटोबाट प्रतिनिधिसभा सदस्य बन्न चाहन्थे । तर, बितेका पाँच वर्षमा गौतमको जनाधार रहेको कुनै निर्वाचन क्षेत्र छैन । २०७० को निर्वाचनमा प्युठानबाट चुनाव जितेका गौतमले फर्केर पनि आफ्नो निर्वाचन क्षेत्र नहेरेको स्थानीयको आरोप छ । फलस्वरुपः २०७४ को निर्वाचनमा उनी बर्दिया–१ फर्किएका थिए । अलोकप्रियताकै कारण त्यति फराकिलो जनमत हुँदाहुँदै गौतम पराजित भएका थिए । शिलापत्र बाट साभार

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg