himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

३० लाख माओवादी बनाउने प्रचण्डको लक्ष्य, देशैभरि जिम्मेवारी हेरफेर (सूचीसहित)

perish_danda_perishdanda_-1633952273.jpg

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियानमार्फत करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य, सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य लिएको छ । पार्टीमा जिम्मेवारी नपाएका नेताहरूलाई जिम्मेवारी दिएर संगठनलाई सशक्त बनाउने माओवादीले निर्णय गरेको छ । 

 

 

 

असोज ६, ११, १२ र १३ गते सम्पन्न माओवादीको स्थायी कमिटी बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । यसअघि कपिलवस्तु इञ्चार्जको जिम्मेवारी दिइएका डोरप्रसाद उपाध्यायलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । विभिन्न प्रदेशका रिक्त पदाधिकारी र अन्य केही संगठनात्मक निर्णय पनि भएको छ । जसअनुसार प्रदेश नम्बर १ को सचिवमा हेमराज भण्डारी चयन भएका छन् भने प्रदेश २ को अध्यक्षमा प्रल्हाद बुढाथोकी र जोगबहादुर बर्बरिया यादव चयन भएका छन् ।

यस्तै, बागमती प्रदेशमा ईश्वरी प्रसाद भट्टराईलाई पनि सह इन्चार्ज बनाइएको छ । यसअघि हितबहादुर तामाङ, शशी श्रेष्ठ र सूर्य सुवेदी सहइञ्चार्ज थिए । यसअघि नै हितमान शाक्य इञ्चार्ज र नारायण दाहाल अध्यक्ष रहेको बागमती प्रदेशमा सचिवको जिम्मेवारी अञ्जना विशंखेलाई दिइएको छ । यसैगरी गण्डकी प्रदेशमा देवेन्द्र पराजुलीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

 

 

सुदूरपश्चिममा ६ जना सहइञ्चार्ज

सुदूरपश्चिममा सबैको चित्त बुझाउन माओवादीले ६ जनालाई पार्टीको सहइञ्चार्ज बनाएको छ । यसअघि माओवादीले लक्ष्मीदत्त जोशी र तारामान स्वाँरलाई सहइञ्चार्ज बनाएकोमा फेरि ४ जना सहइञ्चार्ज थपेको हो ।

पछिल्लो समय थपिएका सहइञ्चार्जहरुमा बिना मगरसँगै नेपबहादुर चौधरी, त्रिलोचन भट्ट र वीरमान चौधरी छन् । भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत हुन् ।  यस्तै, अध्यक्षमा शरद्सिंह भण्डारी र सचिवमा देवीलाल चौधरी रहेका छन् भने इञ्चार्जमा खगराज भट्ट यसअघि नै चयन भइसकेका छन् ।

यसैगरी प्रवास समन्वय समितिको सहइञ्चार्जमा  लक्ष्मण पन्त चयन भएका छन् । यसअघि नै समितिको इञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्ष ओम शर्मा रहेका  थिए । यस्तै सचिवमा टीबी पाठक रहेका छन् ।

यसैगरी माओवादीले डडेलधुरा इञ्चार्ज जगत पार्की, डोटीमा शिव सिंह ओली, अछाममा झपट साउद, कपिलवस्तुमा कमल चुडाली, प्युठानमा नारायण अधिकारी, गुल्मीमा सुदर्शन बराल र लमजुङमा पारशमणि पौडेल इञ्चार्ज चयन भएका छन् । यसैगरी पर्सा इञ्चार्जमा विजय महतो र वीरगञ्ज महानगरपालिकामा बाबुराम कौशिक चयन भएका छन् ।

नारायणकाजी श्रेष्ठले पाए थप जिम्मेवारी

माओवादीले नारायणकाजी श्रेष्ठलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखको पनि जिम्मेवारी दिएको छ भने सुरेन्द्र कार्की (राम कार्की) उपप्रमुख चयन भएका छन् । उनी प्रवास समन्वय समितिमा समेत इञ्चार्जको भूमिकामा छन् ।

माओवादी स्रोतका अनुसार अन्य ठोस जिम्मेवारी नतोकिएका केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेश समितिमा पदेन सदस्य रहने छन् । कार्यविभाजमा ठोस र मूर्त जिम्मेवारी निश्चित नभएका केन्द्रीय सदस्यहरूलाई छिट्टै ठोस जिम्मेवारी दिने पनि माओवादीले बताइएको छ ।

कुन नेतालाई के छ जिम्मेवारी ?

माओवादीले दर्जनौं केन्द्रीय नेताहरूको यसअघि नै पनि कार्यविभाजन गरेको थियो । गत  भदौ पहिलो साता बसेको पार्टीको स्थायी समितिको बैठकबाट प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की, सहइञ्चार्जमा सावित्रीकुमार काफ्ले, पदम राई, धर्मशीला चापागाईँ, अजम्बर काङवाङ र अध्यक्षमा सुरेन्द्रकुमार राई चयन भएका थिए ।

प्रदेश २ को इञ्चार्जमा गणेश साह तथा सहइञ्चार्जमा विश्वनाथ साह र महेन्द्र पासवान रहेका छन् । यसैगरी गण्डकी प्रदेशको इञ्चार्जमा हितराज पाण्डे, सहइञ्चार्जमा यशोदा सुवेदी गुरुङ र अध्यक्षमा हरि अधिकारी छन् ।

यसैगरी लुम्बिनी प्रदेश इन्चार्जमा चक्रपाणि खनाल, सहइन्चार्जमा कुलप्रसाद केसी र हकिकुल्ला खान छन् भने अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा छन् ।

कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तथा सहइन्चार्जमा कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही छन् । यस्तै अध्यक्षमा राजकुमार शर्मा र सचिवमा रामदीप आचार्य रहेका छन् ।

यसैगरी विशेष समिति इन्चार्जमा लीलामिण पोख्रेल र सहइन्चार्जमा केशव नेपाल, गंगा कार्की र पुष्पविक्रम मल्ल छन् । सो कमिटीको अध्यक्षमा भने लेखनाथ न्यौपाने छन् । त्यस्तै सम्पर्क समन्वय समितिको इन्चार्जमा डीलाराम आचार्य र सहइन्चार्जमा झक्कु सुवेदी छन् । यस्तै अध्यक्षमा सत्या पहाडी र सचिवमा देवेन्द्र पौडेल रहेका छन् ।

यस्तै जिल्ला समन्वय समितितर्फ पनि माओवादीले यसअघि नै विभिन्न जिल्लामा इन्चार्ज तोकिसकेको छ । ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, उदयपुरमा सुरेश राई, पाँचथरमा इन्द्रबहादुर आङ्बो, विराटनगर महानगरपालिकामा विशकुमार मण्डल, इलाममा धीरेन्द्र शर्मा, सप्तरीमा अमर मण्डल, झापामा धर्मशीला चापागाईँ, सिरहामा अजयशंकर नायक, मोरङमा गोपीबहादुर अछामी, धनुषामा जोगबहादुर बर्वरिया यादव, सुनसरीमा एकचन्द्र बराल इञ्चार्ज तोकिएका छन् ।

यसैगरी महोत्तरीमा राजु खड्का, धनकुटामा हेमराज भण्डारी, सर्लाहीमा अच्युतम काफ्ले, तेह्रथुममा दुर्गाप्रसाद चापागाईँ, रौतहटमा युवराज भट्टराई, संखुवासभामा राजेन्द्र कार्की, बारामा गोपाल ठाकुर, भोजपुरमा सुदन राई किराँती, पर्सामा उर्मिला अर्याल, खोटाङमा समिता कार्की इञ्चार्ज बनेका छन् ।

यसअघि वीरगन्ज महानगरमा रहबर अन्सारी इन्चार्ज रहेकामा उनलाई हटाएर बाबुराम कौशिकलाई बनाइएको छ । यस्तै सोलुखुम्बुमा हेमकुमार राई, चितवनमा ईश्वरी प्रसाद भट्टराई, ओखलढुंगामा बाबुराम गौतम, मकवानपुरमा कुमारी मोक्तान, धादिङमा शालिकराम जम्कट्टेल, गोरखामा कृष्ण प्रसाद धिताल, नुवाकोटमा बिमला सुवेदी र तनहुँमा हरिबहादुर चुमान इञ्चार्ज चयन भएका छन् ।

रसुवामा इन्द्र गौतम चयन हुँदा लमजुङमा हालसम्म इन्चार्ज तोकिएको छैन । सिन्धुपाल्चोकमा कृष्णप्रसाद सापकोटा, स्याङ्जामा शैलेन्द्र घिमिरे, दोलखामा देवी खड्का, कास्कीमा राजकाजी गुरुङ, रामेछापमा युवराज चौलागाईँ, मनाङमा कपिल लामा, सिन्धुलीमा राजन दाहाल, नवलपरासी पूर्वमा बालकृष्ण गैरे, काभ्रेमा सूर्यमान दोङ, पर्वतमा गुप्तबहादुर ठकुरी, भक्तपुरमा दिलीपकुमार प्रजापति, बागलुङमा बलावती शर्मा, ललितपुरमा हरि दाहाल, म्याग्दीमा गोविन्द पौडेल, काठमाडौँमा कुमार पौडेल, मुस्ताङमा सत्यनारायण शेरचन, भरतपुर महानगरपालिकामा रेणु दाहाल, पोखरा महानगरमा दीपक कोइराला, ललितपुर महानगरमा दिलीप महर्जन र रुपन्देहीमा रामप्रसाद बन्जाडे इञ्चार्ज बनेका छन् ।

कपिलवस्तुमा डोरप्रसाद उपाध्यक्ष रहेकामा उनी कार्यालय सचिव बनेपछि सो जिल्लामा नयाँ नियुक्ति हुन बाँकी छ । उता, मुगुमा मंगल शाही, पाल्पामा तुलाराम घर्ती, हुम्लामा विजय शाही इञ्चार्ज बनेका छन् भने डोल्पामा चयन हुन बाँकी छ ।

यसैगरी अर्घाखाँचीमा सुशीला श्रीपाइली ठकुरी, सल्यानमा टेकबहादुर बस्नेत, प्यूठानमा कृष्णध्वज खड्का, रुकुम पश्चिम बसन्त शर्मा, दाङमा जीवन गौतम, दार्चुलामा मानबहादुर धामी, रुकुम पूर्वमा तेजबहादुर ओली, रोल्पामा दीपेन्द्र पुन, बैतडीमा नरेन्द्र बहादुर कुँवर, रोल्पामा दीपेन्द्र पुन, बाँकेमा पूर्णकुमारी सुवेदी, डडेलधुरामा खगराज भट्ट, बर्दियामा तिलकराम शर्मा, कञ्चनपुरमा देवीलाल चौधरी, सुर्खेतमा नरबहादुर विष्ट र कैलालीमा रुपा चौधरी इन्चार्ज बनेका छन् ।

यसैगरी दैलेखमा कर्ण बस्नेत, डोटीमा त्रिलोचन भट्ट, जाजरकोटमा रामदीप आचार्य, अछाममा शरदसिंह भण्डारी, कालिकोटमा महेन्द्र बहादुर शाही, बझाङममा देवराज रेग्मी, जुम्लामा गजेन्द्रबहादुर महत, बाजुरामा कर्णबहादुर विक इन्चार्ज रहेका छन् ।

यस्तै सो पार्टीले उपत्यका विशेष समिति र सो मातहतका जिल्ला समितिका इन्चार्ज पनि तोकिसकेको छ भने सम्पर्क समन्वय समिति तथा सम्पर्क समितिका इन्चार्जहरु पनि तोकिसकेो छ । यस्तै माओवादीले केन्द्रीय विभाग समेत गठन गरिसकेको अवस्था छ । माओवादीका २२ वटा विभाग छन् । जनवर्गीय तथा सामुदायिक संगठनका इन्चार्ज पनि यसअघि नै चयन भइसकेका छन् ।

राष्ट्रिय सम्मेलनतिर माओवादीको ध्यान

माओवादीले आगामी पुस १३, १४ र १५ गतेका लागि तय भएको राष्ट्रिय सम्मेलनका लागि प्रदेश सम्मेलनहरूको निर्धारित मितिलाई यथावत् राख्दै पार्टी सदस्यता वितरण एवम् नवीकरण र वडा तथा पालिका सम्मेलनको मिति परिमार्जन गरेको छ । जसअनुसार पार्टी सदस्यता वितरण र नवीकरण असोज मसान्तसम्म गरिसक्नुपर्नेछ भने टोल सम्मेलन कात्तिक ६ र वडा सम्मेलन कात्तिक १३ गतेभित्र गरिसक्नुपर्नेछ । यसैगरी पालिका सम्मेलन मंसिर ४ गतेभित्र सकिसक्नुपर्नेछ ।

अब एक व्यक्ति एक पद

नेकपा माओवादी केन्द्रमा अब एक व्यक्ति एक पदको अवधारणा लागू गरिने भएको छ । हाल एकै व्यक्ति विभिन्न पदमा दोहोरिएको सन्दर्भमा अब भने पार्टीले एक व्यक्ति एक पदको अवधारणा लागू गर्न लागिएको हो । सो व्यवस्था लागु गर्नका लागि विधान संशोधनको प्रस्ताव केन्द्रीय समितिमा लगिने माओवादीले निर्णय गरेको छ । यसैगरी संगठन विभाग प्रमुख जनार्दन शर्माले असोज पहिलो र दोस्रो साता बसेको स्थायी कमिटी बैठकमा पेस गरेको संगठन सुदृढीकरण सम्बन्धी प्रस्तावमा पनि आवश्यक निर्णय भएको छ ।

जसअनुसार एक वडामा कम्तीमा तीन वटा टोल समिति निर्माण गर्ने निर्णय भएको छ । यस्तै एक टोलमा कम्तीमा ३ सेल गठन गर्ने, एक सेलमा ३ देखि १५ संगठित सदस्य रहने, तीन टोल समिति वा तीन सेल नभएमा त्यस्ता वडा वा टोल समिति संगठित समिति हुने पार्टीले निर्णय गरेको छ ।

कम जनसङ्ख्या भएका मनाङ जस्ता जिल्लाका पालिकाहरूका सम्बन्धमा भने प्रदेश समितिले विशेष निर्णय लिनसक्ने व्यवस्था गरिएको छ । यसैगरी एक टोल समिति वरिपरी कम्तीमा १५ जना सदस्य रहेको वाईसीएल र महिला सङ्गठनहरू बनाउनुपर्ने पनि प्रावधान राखिएको छ ।

राताेपाटीबाट साभार

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg