kirsi-samaagri-utpaadan-1733404658.png
Friday, 14 Feb, 2025
krishi-suchana-1732709378.png

समाचार

२२ औं स्मृति दिवसमा रुद्र पाख्रिनको शालिकमा माल्यार्पण

1736691013212-1736691024.jpg

मकवानपुर, २८ पौष । तत्कालिन नेकपा माओवादी मकवानपुरका नेता रुद्र बहादुर पाख्रिन (रमेश)को २२ औं स्मृतिमा आईतबार मकवानपुरगढी ४ रुद्र बाटिकामा रहेको पाख्रिनको पूर्ण कदको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली ब्यक्त गरियो ।

२०५२ सालदेखि नेकपा माओवादीले सुरु गरेको जनयुद्धका कमाण्डर पाख्रिनको २०५९ पौष २८ मा तत्कालिन सरकारपक्षले मकवानपुरको छतिवन गाबिसको गरगरेमा हत्या गरेको थियो ।

नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटीको आयोजनामा भएको स्मृति दिवस कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि मोक्तानले जनताको मुक्ति र समाजको विकासको लागि रुद्र पाख्रिनको योगदान महत्वपूर्ण भएको बताइन् ।  

नेकपा (माओवादी केन्द्र) मकवानपुरगढी गाउँ कमिटी अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य मानकुमारी नेपाली, बागमती प्रदेश समिति उपाध्यक्ष प्रेमबहादुर पुलामी, सदस्य ललित घलान, बिबेक राई, शुभरत्न गोले, सीता पुलामी, जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रिन, सचिव बीर बहादुर घलान ‘ज्वाला’ अखिल क्रान्तिकारी मकवानपुर अध्यक्ष बुद्धराज अर्याल, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुर अध्यक्ष जयराम रायमाझी लगायतको आतिथ्यता रहेको थियो ।

बि.सं.२०१९ साउन २७ मा जन्मेका पाख्रिन कुशल नेतृत्वकर्ता र असर राजनीतिज्ञ भएको उनका राजनैतिक सहकर्मीहरु बताउँछन् ।

 

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,
DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन ...

जनयुद्ध दिवसको ऐतिहासिक आवश्यकता र आजको महत्व
FB_IMG_1739411179947-1739411195.jpg

फागुन १ गते जनयुद्ध दिवस नेपालको ऐतिहासिक दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण दिन हो। यो दिन २०५२ सालको फागुन १ गते...

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1739199281537-1739199404.jpg

थाहा नगरपालिका वडा न २ महादेवस्थानमा अवस्थित सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक...

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर
FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन...

काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ
FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई
476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ। २६ माघमा थाहा...

चित्लाङ थानकोट सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का आह्वान
FB_IMG_1735712432242-1738933147.jpg

थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको फाइनलमा वडा न १ र ७
FB_IMG_1738929855988-1738929867.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ७ र१ उपाधिको लागि  भिड्ने भएका छन ।  २५ गते...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबल :- सेमिफाइनल समीकरण पुरा
FB_IMG_1738674794703-1738858801.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ३,७ र१, ४ सेमिफाइनल भिड्ने भएका...