Sunday, 19 May, 2024
शिक्षा

हेटौंडा क्याम्पसमा खुला कविता प्रतियोगिता सम्पन्न

kumar-1554882808.jpg

 

स्नातकोत्तर तह द्वितीय वर्षको अभ्यास शिक्षण योजना अन्तर्गत आज  बुधबार  हेटौंडा क्याम्पसमा  अतिरिक्त क्रियाकलाप सञ्चालनका क्रममा नेपाली विषय शिक्षण समूहका विद्यार्थीहरूद्वारा आयोजित खुला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

 शिवराज गिरी  को अध्यक्षतामा भएको  कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर प्रमुख अतिथि  रहनु भएको थियो । कार्यक्रममा कक्षा ११ देखि बि एड सम्मका विद्यार्थी सहभागी थिए । उक्त कार्यक्रममा १० जना प्रतियोगिहरु रहनु भए पनि ८ जनाले मात्रै उपस्थित भई आफ्ना कविता वाचन गर्नु भएको थियो । कार्यक्रम संयोजक तथा निर्णायकको भुमिकामा रहनु भएको दीपक गौतमले काकविताका नियमका विषयमा प्रकाश पार्नु भएको थियो । त्यसैगरि एमएड कार्यक्रम संयोजक मनोज पोखरेल निर्णायकको भुमिकामा रहनु  भएको थियो । प्रतियोगितामा विधान आचार्य प्रथम, अमृता लामिछाने द्वितीय , बालकृष्ण ढकाल तृतीय र आरती उप्रेती सान्त्वना भएका छन् । कविता प्रतियोगितामा उत्कृष्ट हुनु भएकालाई पुरस्कार वितरण गरिसकेपछि क्याम्पसलाई अभ्यास शिक्षण समूहले मायाको चिनो समेत प्रदान गरेको  स्ववियु सदस्य कु्ुमार रुम्बाले थाहापाटिलाई जानकारी दिए । 


कार्यक्रमको सञ्चालन कृष्णचन्द्र काफ्लेले गर्नु भएको थियो । स्वागत मन्तव्य राख्दै रामु देवकोटा ( अभ्यास शिक्षण विद्यार्थी ) ले प्रतियोगिहरुलाई शुभकामना दिनु भएको थियो । स्ववियु अध्यक्ष उमेश पुरी, अर्पण पराजुली लगायतले मन्तव्यका साथै आफ्ना रचना पनि प्रस्तुत गर्नु भएको थियो ।  परीक्षा, अनुशासन तथा अतिरिक्त क्रियाकलाप प्रमुख अर्पण पराजुली, प्राध्यापक सङ्घका सभापति भुपेन्द्र कोइराला, हेटौंडा क्याम्पस स्ववियु अध्यक्ष उमेश पुरी, कार्यक्रममा पुरस्कार सौजन्य गर्नु हुने स्ववियु सदस्य कुमार रुम्बा अतिथिका रुपमा रहनु भएको थियो। 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...