Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

हेटौंडा क्याम्पसमा खुला कविता प्रतियोगिता सम्पन्न

kumar-1554882808.jpg

 

स्नातकोत्तर तह द्वितीय वर्षको अभ्यास शिक्षण योजना अन्तर्गत आज  बुधबार  हेटौंडा क्याम्पसमा  अतिरिक्त क्रियाकलाप सञ्चालनका क्रममा नेपाली विषय शिक्षण समूहका विद्यार्थीहरूद्वारा आयोजित खुला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

 शिवराज गिरी  को अध्यक्षतामा भएको  कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर प्रमुख अतिथि  रहनु भएको थियो । कार्यक्रममा कक्षा ११ देखि बि एड सम्मका विद्यार्थी सहभागी थिए । उक्त कार्यक्रममा १० जना प्रतियोगिहरु रहनु भए पनि ८ जनाले मात्रै उपस्थित भई आफ्ना कविता वाचन गर्नु भएको थियो । कार्यक्रम संयोजक तथा निर्णायकको भुमिकामा रहनु भएको दीपक गौतमले काकविताका नियमका विषयमा प्रकाश पार्नु भएको थियो । त्यसैगरि एमएड कार्यक्रम संयोजक मनोज पोखरेल निर्णायकको भुमिकामा रहनु  भएको थियो । प्रतियोगितामा विधान आचार्य प्रथम, अमृता लामिछाने द्वितीय , बालकृष्ण ढकाल तृतीय र आरती उप्रेती सान्त्वना भएका छन् । कविता प्रतियोगितामा उत्कृष्ट हुनु भएकालाई पुरस्कार वितरण गरिसकेपछि क्याम्पसलाई अभ्यास शिक्षण समूहले मायाको चिनो समेत प्रदान गरेको  स्ववियु सदस्य कु्ुमार रुम्बाले थाहापाटिलाई जानकारी दिए । 


कार्यक्रमको सञ्चालन कृष्णचन्द्र काफ्लेले गर्नु भएको थियो । स्वागत मन्तव्य राख्दै रामु देवकोटा ( अभ्यास शिक्षण विद्यार्थी ) ले प्रतियोगिहरुलाई शुभकामना दिनु भएको थियो । स्ववियु अध्यक्ष उमेश पुरी, अर्पण पराजुली लगायतले मन्तव्यका साथै आफ्ना रचना पनि प्रस्तुत गर्नु भएको थियो ।  परीक्षा, अनुशासन तथा अतिरिक्त क्रियाकलाप प्रमुख अर्पण पराजुली, प्राध्यापक सङ्घका सभापति भुपेन्द्र कोइराला, हेटौंडा क्याम्पस स्ववियु अध्यक्ष उमेश पुरी, कार्यक्रममा पुरस्कार सौजन्य गर्नु हुने स्ववियु सदस्य कुमार रुम्बा अतिथिका रुपमा रहनु भएको थियो। 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...