Tuesday, 30 Apr, 2024
समाचार

हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस मनाइयो।

1712069841388-1712069999.jpg

मकवानपुर, २० चैत्र/“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम सहित मनाइएको छ । 

सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव रजिष्ट्रार सहितका कर्मचारीहरु, संहकारी संघसंस्थाका सञ्चालक समिति पदाधिकारी, लेखा समिति पदाधिकारी, शेयर सदस्य, कर्मचारी सहितको सहभागिताकमा प्रभातफेरी हेटौंडा बजार परिक्रमा गरी रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।

६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामासभा भएको थियो । सभामा बोल्दै मन्त्री बज्राचार्यले सहकारीप्रतिको बिश्वासलाई कायम राख्नपर्ने बताउनुभयो । उहाँले सहकारीको समस्या समाधान गर्नका लागि सहकारी अभियान एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारी दिवसले सहकारीमा भएका समस्या, चुनौतीहरुलाई समाधान गर्न प्रेरणा मिल्नका लागि अभिप्रेरित गरोस भनी सहकारी दिवस मनाइएको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालले सहकारीको नारा अनुरुप सहकारीहरु प्रविधिमा केन्द्रीत भई सहकारीमा सुशासन ल्याउनुपर्ने बताउनुभयो ।

त्यस्तै, प्रदेश स्तरिय सहकारी दिवस मूल समारोह समितिका संयोजक एंव बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीले समुदायमा आर्थिक, उत्पादनशील ब्यवशाय र रोजगारीका क्षेत्रमा कार्य गरेको बताउनुभयो । उहाँले गुणस्तरीय सहकारी संस्थाको निर्माणका लागि सहकारीहरुको एकीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

देवकोटाले राज्यको तीन खम्बे अर्थनीति अन्तरगत सहकारीलाई एक खम्बाको रुपमा लिएको अवस्थामा अहिले सहकारी अभियानमा केही समस्या भएतापनि ती समस्यालाई एकजुट भई समाधान गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाका रजिष्ट्रार एवम् प्रदेश स्तरिय सहकारी दिवस मूल समारोह समितिका सदस्यसचिव रोहित पोखरेल स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामी, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, प्रदेश सहकारी विकास बोर्डकी प्रमुख प्रतिमा सापकोटा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला कृषि सहकारी संघ मकवानपुरका उपाध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैंंक बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख रामेश्वर आर्याल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका इन्चार्ज बिदुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रभातफेरी ¥याली प्रदर्शनमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका पाँचवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो । प्रथम भई पुरस्कृत हुनेमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा ११, द्वितीय हुने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३, तृतीय हुने महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१२ र सान्त्वना हुने साना किसान कृषि सहकारी संस्था मनहरी–८ र साना किसान कृषि सहकारी संस्था हनामाडी हेटौंडा–१८ लाई क्रमश १० हजार, ७ हजार, ५ हजार र ३÷३ हजार नगद सहित पुरस्कृत गरिएको छ । 

६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजनामा विविध कार्यक्रम सहित भएको कार्यक्रममा भएको सहकारी दिवस कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सहयोग र मकवानपुर जिल्ला सहकारी संघ., जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुर, राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्य रहेको थियो ।

सहकारी दिवसकै अवसरमा मंगलबार साँझ प्रदेशभरका सहकारी संघ संस्थाको कार्यलयमा दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका कार्यालय सचिव गोविन्द दहालले बताए ।


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...