Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस मनाइयो।

1712069841388-1712069999.jpg

मकवानपुर, २० चैत्र/“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ  ६७ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम सहित मनाइएको छ । 

सहकारी दिवसको दिन चैत्र २० गते मंगलबार बागमती प्रदेशको राजधानी हेटौंडामा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री, सचिव रजिष्ट्रार सहितका कर्मचारीहरु, संहकारी संघसंस्थाका सञ्चालक समिति पदाधिकारी, लेखा समिति पदाधिकारी, शेयर सदस्य, कर्मचारी सहितको सहभागिताकमा प्रभातफेरी हेटौंडा बजार परिक्रमा गरी रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।

६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका बागमती प्रदेश सरकार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका मन्त्री शैलेन्द्रमान बज्राचार्यको प्रमुख आतिथ्यतामासभा भएको थियो । सभामा बोल्दै मन्त्री बज्राचार्यले सहकारीप्रतिको बिश्वासलाई कायम राख्नपर्ने बताउनुभयो । उहाँले सहकारीको समस्या समाधान गर्नका लागि सहकारी अभियान एकजुट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिव हरिशरण पुडासैनीले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारी दिवसले सहकारीमा भएका समस्या, चुनौतीहरुलाई समाधान गर्न प्रेरणा मिल्नका लागि अभिप्रेरित गरोस भनी सहकारी दिवस मनाइएको बताउनुभयो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक बद्रीप्रसाद लम्सालले सहकारीको नारा अनुरुप सहकारीहरु प्रविधिमा केन्द्रीत भई सहकारीमा सुशासन ल्याउनुपर्ने बताउनुभयो ।

त्यस्तै, प्रदेश स्तरिय सहकारी दिवस मूल समारोह समितिका संयोजक एंव बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारीले समुदायमा आर्थिक, उत्पादनशील ब्यवशाय र रोजगारीका क्षेत्रमा कार्य गरेको बताउनुभयो । उहाँले गुणस्तरीय सहकारी संस्थाको निर्माणका लागि सहकारीहरुको एकीकरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

देवकोटाले राज्यको तीन खम्बे अर्थनीति अन्तरगत सहकारीलाई एक खम्बाको रुपमा लिएको अवस्थामा अहिले सहकारी अभियानमा केही समस्या भएतापनि ती समस्यालाई एकजुट भई समाधान गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो । 

जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाका रजिष्ट्रार एवम् प्रदेश स्तरिय सहकारी दिवस मूल समारोह समितिका सदस्यसचिव रोहित पोखरेल स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, मनहरी गाउँपालिकाकी उपाध्यक्ष सिता पुलामी, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, प्रदेश सहकारी विकास बोर्डकी प्रमुख प्रतिमा सापकोटा, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला कृषि सहकारी संघ मकवानपुरका उपाध्यक्ष रेखा खतिवडा, राष्ट्रिय सहकारी बैंंक बागमती प्रदेश कार्यालय हेटौंडाका प्रमुख रामेश्वर आर्याल, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाका इन्चार्ज बिदुर खड्का लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रभातफेरी ¥याली प्रदर्शनमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका पाँचवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो । प्रथम भई पुरस्कृत हुनेमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा ११, द्वितीय हुने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३, तृतीय हुने महिला सेवा बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१२ र सान्त्वना हुने साना किसान कृषि सहकारी संस्था मनहरी–८ र साना किसान कृषि सहकारी संस्था हनामाडी हेटौंडा–१८ लाई क्रमश १० हजार, ७ हजार, ५ हजार र ३÷३ हजार नगद सहित पुरस्कृत गरिएको छ । 

६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजनामा विविध कार्यक्रम सहित भएको कार्यक्रममा भएको सहकारी दिवस कार्यक्रममा संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सहयोग र मकवानपुर जिल्ला सहकारी संघ., जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुर, राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्य रहेको थियो ।

सहकारी दिवसकै अवसरमा मंगलबार साँझ प्रदेशभरका सहकारी संघ संस्थाको कार्यलयमा दीप प्रज्जवलन गर्ने कार्यक्रम रहेको ६७ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका कार्यालय सचिव गोविन्द दहालले बताए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...