pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हेटौंडामा दुईदिने सहकारी कोपोमिस तालिम सम्पन्न

CamScanner-०३-२६-1679837736.jpg

हेटौंडा, १२ चैत्र/ हेटौडा उपमहानगरपालिकाको आयोजनामा उपमहानगरपलिकामा रहेका सहकारीका ब्यवस्थापक तथा लेखापालहरुका लागि दुई दिने कोपोमिस तालिम आईतबार सम्पन्न भएको छ ।
तालिम समापनका क्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा वागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारी संस्थाहरु समुदायमा आधारित भएर सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी दिवश २०७९ लाई भब्यताका साथ सफल पार्न बिभिन्न गतिबिधि सञ्चालन गर्दै चैत्र २० गते होटौडामा हुने बागमती प्रदेश स्तरीय कार्यक्रममा सबै सहकारीहरुलाई सहभागिताको लागि अनुरोध गर्नुभयो ।
समापन कार्यक्रममा बिशिष्ठ अतिथि मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्सालले सहकारी संस्थाहरु नीति, बिधि र प्रबिधिमा आधारित भई सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख गंगाधर रिमालको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ  मकवानपुरका उपाध्यक्ष मिना चौरेल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम शर्मा पौडेल, साना तथा घरेलु उद्योग महासंघ बागमती प्रदेश महासचिव गीता मैनाली, प्रशिक्षक किरण पौडेलको आतिथ्यता रहेको थियो ।  
तालिममा हेटौडा उपमहानगरपालिकामा रहेका बिभिन्न सहकारी संस्थाका ३२ जना ब्यवस्थापक तथा लेखापालहरुको सहभागिता रहेको थियो ।
हेटौंडा उपमहानगरपालिकामा २ सय २५ वटा सहकारी संस्थाहरुका कर्मचारीहरुलाई बिभिन्न चरणमा कोपोमिस तालिम दिने लक्ष्य रहेको  सहकारी शाखा प्रमुख हिम शर्मा पौडेलले बताउनुभयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...