kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

समाचार

हेटौंडामा दलितलाई मन्दिर प्रवेशमा रोक लगाउनेलाई कारवाहीको माग

img_1733061947534_1-1733062122.jpg

सुरेन यात्री/ थाहा नगर

मकवानपुर जिल्लाको हेटौंडा ८ कमाने स्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको छ।
हेटौंडा ८ कमानेमा अवस्थित मनकामना  मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले मन्दिरमा पूजा गर्न पुगेकी गंगा मगराती र सरस्वती रोक्का लाई मन्दिरमा पूजा गर्न रोक लगाएका छन।

घटनाको बिरोध गर्दै नेपाल दलित मुक्ती मोर्चा मकवानपुर जिल्ला समितिले एक बिज्ञप्ति जारी गर्दै हेटौंडामा भएको जातिय बिभेदको भत्सर्ना गरेको छ।
मोर्चाका जिल्ला संयोजक जमिन दियाली र जिल्ला इन्चार्ज कमला बिश्वकर्मा द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ "मकवानपुर जिल्ला हेटौंडा उपमहानगर पालिका वडा न ८ का गंगा मगराती र सरस्वती रोक्कालाई मन्दिरमा पुजा गर्न जादा सोही मन्दिरका पुजारी मधुसूदन काफ्ले र शिव पौडेलले दलित भन्दै पुजा गर्न रोक लगाएको प्रती संगठनको गम्भीर आपत्ति रहेको उल्यख गर्दै घटनाको सत्यतथ्य छानवीन गर्दै दोषीलाई मुलुकी अपराध संहिता २०७४ र जातीय छुवाछुत कसुर सजाय एन २०६८ बमोजिम कडा कारबाहीको माग गर्दै धर्म स्थानमा समान अधिकार र पहुँचको सुनिश्चितताको माग गर्दछौं" बिज्ञप्तिमा भनिएको छ।
साथै मोर्चाले दलित समुदायको साथमा उभिएर घटनाको न्यायीक छानवीन र जिम्मेवार व्यक्तीलाई कानुनी दायरामा लेराउन जोडदार माग गर्दै अन्यथा चरणवद्द आन्दोलनमा उत्रीने जानकारी गराउदै सम्बन्धित पक्षको ध्यानाकर्षण भएको जनाएको छ।
हेर्नुस बिज्ञप्ति:- 

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...