Monday, 06 May, 2024
पर्यटन

हेटौंडामा थाहा फोटो प्रदर्शनी सुरु,

FB_IMG_1704433143693-1704445595.jpg

थाहा नगरको पर्यटन प्रवर्द्धनका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिमा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा फोटो प्रदर्शनी गरिएको हो ।

थाहा नगरपालिकाको आयोजनामा हेटौँडाको बुद्ध चोकमा २ दिने फोटो प्रदर्शनी सुरु गरिएको छ । शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले प्रदर्शनीको उद्घाटन गरेकी हुन् । प्रदर्शनीको उद्घाटन गर्दै मेयर लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । 

बागमती प्रदेश सरकारले सुरु गरेको भ्रमण वर्ष २०२४ लाई पनि प्रदर्शनीले सघाउ पुग्ने उनले बताइन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनका लागि १० वटै स्थानीय तहहरू एकजुट हुन जरुरी रहेको उनको भनाई छ । हेटौँडा उपमहानगरपालिकाले पनि छिट्टै नै पर्यटन प्रवर्द्धनका लागि विभिन्न प्रर्दशनीहरु आयोजना गर्ने तयारी गरिएको उनले बताइन् ।

प्रदर्शनीमा थाहाका पत्रकार र फोटोग्राफर हरु गणेश विष्ट रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश जेपाल, श्रीकृष्ण श्रेष्ठ, विज्ञान विष्ट, प्रेम बलामी, सुरजकुमार भुजेल र शम्भु अधिकारीले खिचेको फोटोहरू प्रदर्शनीमा राखिएका छन् । थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनीमा राखिएको छ । 

प्रदर्शनी शनिबारसम्म चल्ने छ भने ५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

FB_IMG_1704433148654-1704445644.jpg
FB_IMG_1704433156994-1704445644.jpg

world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...