jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हेटौंडामा अब २५ मिटर भत्किन्छ, व्यवसायीले अन्यत्र कोठा खोज्नुः नगरप्रमुख लामा

FB_IMG_1683105297950-1683105310.jpg

हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयले हेटौंडा बजार क्षेत्रमा व्यवसायीहरुले अस्थायी रुपमा घरसँगै जोडेर निर्माण गरेको टप हटाउने अभियान २५ मिटर बिस्तारको तयारी भएको जनाएको छ ।

हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिनाकुमारी लामाले अस्थायी टपसँगै अब हेटौंडाको राजमार्ग क्षेत्रमा दायाँबायाँ २५÷२५ मिटर सडक फराकिलो बनाउने तयारी सुरु हुुने बताएकी छिन् । उनले केही समयममै सडक विस्तार हुुने भएकाले राजमार्ग क्षेत्रमा रहेका व्यवसायीहरुलाई अन्यत्र कोठा व्यवस्थापन गर्न आग्रह गरेकी छिन् ।

हरित र सुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्ग बिस्तार नहँुदा बजारको स्वरुप थप बिग्रदै गएको भन्दै उपमहानगरका नगरप्रमुख लामाले अहिलेको अभियानलाई २५ मिटर बिस्तारको पहिलो चरणको तयारीको रुपमा बुझ्न आग्रह गरिन् ।

उपमहानगरले अहिले बजारक्षेत्रको अस्थायी टप हटाउने काम सडक विस्तारको अभियानको पहिलो चरणको रुपमा सोच्न व्यवसायीहरुलाई सचेत गराएको उनको भनाई थियो । उपमहानगरका नगरप्रमुख लामाले अहिलेको अभियान सडक बिस्तारको पहिलो चरणको तयारीका रुपमा बुझ्न जरुरी रहेको बताइन् ।

उनले भनिन् ‘अब २५ मिटर सडक बिस्तारको कामले गती लिल्छ भन्ने बुझ्न जरुरी छ ।’ २५ मिटर क्षेत्रमा रहने व्यवसायीले आफ्नो व्यवसायीक ठाउँको व्यवस्थापनमा ध्यान दिन उनले सुझाव दिइन् ।

व्यवसायीले आफ्नो व्यवसायको प्रवद्धनका लागि घर भन्दा बाहिर थपेको ‘अस्थायी टप’ उपमहानगरले हटाइरहेको छ । बजार क्षेत्रको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको सामानको प्रचारका लागि घरसँगै जोडेर बनाएको अस्थायी टप हटाउने काम चलिरहँदा यो अभियान २५ मिटरको पहिलो स्वरुप भएको नगरप्रमुख लामाले बताइन् ।

उपमहानगरका अहिले त्रिभूवन राजपथको चौकिटोल ओरालोदेखि पूर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडिसम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थायी टप निकाल्ने काम नगर प्रहरीले गरिसकेको छ ।

हेटौंडा–१ तर्फ पर्ने त्रिभुुवन राजपथ र पूर्वपश्चिम राजमार्गको हेटौंडा अस्पतालसम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थायी टपहरु हटाएइ सकेको बताइएको छ । अब उपमहानगरको २, ४ र १० नम्बर वडा क्षेत्रमा रहेका व्यवसायीले बनाएको घर भन्दा बाहिर निकालिएको अस्थायी टप हटाउने जनाइएको छ ।

अस्वभाविक ढंगबाट फुटपाथ क्षेत्रलाई कब्जा गर्दै निर्माण गरिएको अस्थायी टप हटाउने काम जारी रहने उपमहानगरपालिकाले जनाएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...