Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हेटौंडाका १९ वटै वडामा एकैसाथ वृहत सरसफाइ अभियान सम्पन्न

1748706279262-1748706418.jpg

५६औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकामा शनिवार एकैसाथ १९ वटै वडामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ। सप्ताहव्यापी वातावरण संरक्षण कार्यक्रम अन्तर्गत दोस्रो दिनको मुख्य कार्यक्रमका रूपमा गरिएको यस सरसफाइ अभियानमा नगरका गल्ली, चोक, सार्वजनिक स्थल, बजार क्षेत्र र विद्यालय आसपासका क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर सफा गरिएको हो।

कार्यक्रम हेटौंडा उपमहानगरपालिकाको सहयोगमा, १९ वटै वडाको टोल विकास संस्थाको समन्वयमा तथा टोल विकास नगर समन्वय समितिको आयोजनामा सम्पन्न भएको हो। नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीका अनुसार हेटौंडालाई स्वच्छ, हरित र प्लाष्टिकमुक्त बनाउने उद्देश्यले टोल विकास संस्थाहरु लामो समयदेखि क्रियाशील छन्।

“हामीले वातावरण संरक्षणको अभियानलाई समुदायमै पुगेर जगाउन खोजेका छौं। प्लाष्टिकजन्य प्रदूषणको चपेटामा परिरहेको हाम्रो नगरलाई स्वच्छ, सुरक्षित र हरियाली बनाउन सबै वडाबाट एकसाथ हातेमालो गर्दै यो अभियान सञ्चालन गरेका छौं,” अध्यक्ष अधिकारीले बताए।

कार्यक्रममा टोल विकास संस्था, वडा समन्वय समिति, सामुदायिक वन समूह, स्काउट टोलहरु, नेपाल रेडक्रस सोसाइटी, सामुदायिक प्रहरी सेवा केन्द्र, महिला समूह, युवा क्लब लगायत विविध सामाजिक संघसंस्थाको उल्लेखनीय सहभागिता रह्यो।

सप्ताहव्यापी वातावरण संरक्षण अभियानको पहिलो दिन उपमहानगरपालिकाको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। अध्यक्ष अधिकारीका अनुसार अभियानको तेस्रो दिन भोलि आईतबार हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसमा ‘हेटौंडा सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता तथा प्रकृति संवाद यात्रा २०८२ आयोजना गरिनेछ।

अध्यक्ष अधिकारीले वातावरण संरक्षणका कार्यक्रमहरूलाई नियमित र दिगो बनाउँदै लैजान टोल विकास संस्थाको प्रतिबद्धता रहेको स्पष्ट पार्नुभयो। “हामी प्लाष्टिकमुक्त हेटौंडा बनाउने प्रतिबद्धतासाथ प्रत्येक समुदायसम्म पुगेर सचेतना, सरसफाइ र सहयोग जुटाउने अभियान सञ्चालन गरिरहेका छौं,” उहाँले थप्नुभयो।

विश्वभर प्रत्येक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवसको सन्देशलाई आत्मसात गर्दै हेटौंडाले यो वर्ष समुदायस्तरमै वातावरणको संरक्षण र स्वच्छताप्रतिको उत्तरदायित्वलाई बलियो बनाउने प्रयास गरेको छ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...