jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

हेटौँडामा अब यि स्थानमा पार्कािङ्ग नगर्नुहोस्  फन्दामा पर्नुहोला 

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राष्ट्रिय राजमार्ग क्षेत्रमा अब पार्किङ गर्न नपाईएको भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले हेटौँडाको मेनरोड, पिपलबोट, राप्तिरोड, कान्तिराजपथ सहित स्कुलरोडलाई समेत “नो पार्किङ” क्षेत्र बनाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय प्रमुख बुद्धिराज गुरुङ, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत सहितको बैठकले “नो पार्किङ”को विषयमा निर्णय गरेको हो ।

बैठकको विषयमा जानकारी दिँदै मेयर महतले जिल्लाको ट्राफिक अवस्था अस्तब्यस्त बन्दै गएको र यसको प्रमुख कारण अब्यवस्थित पार्किङ समेत रहेको भन्दै बजार क्षेत्रलाई “नो पार्किङ” क्षेत्र बनाउने निर्णय गरेको हो ।

 

हेटौँडा उपमहानगरपालिकाले हेटौँडाको राप्तिरोडमा “नो पार्कीङ” क्षेत्रको सुरुवात गरेपछि सुरु भएको विवादबिच करिब एक महिनापछि आजको बैठकले यि क्षेत्रमा अब केहि दिनभित्रमानै “नो पार्किङ” बनाउने निर्णय गरेको हो ।

 

बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको राप्तिपुलदेखि बुद्धचोक र वन विज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना–ठूला सवारी साधन पार्किङलाई पूर्ण रुपमा बन्द गरिने निर्णय गरिएको छ । कान्ति लोकपथ क्षेत्रमा नो पार्किङ गर्नका लागि यथाशिघ्र विकल्प खोजी गरि व्यवस्थापन गर्ने निर्णय भएको मेयर महतले बताए ।

बैठकले राप्तिपुलदेखि बुद्धचोक क्षेत्रमा नो पार्किङ गर्ने सम्बन्धमा राप्तिरोडमा अवस्थित रक्त सञ्चार केन्द्रको दक्षिणपट्टिको खाली ठाउँ र बुद्धचोकको दक्षिणमा अवस्थित भिमसेन मिनि मार्केट क्षेत्रमा पार्किङ क्षेत्र तोकिने निर्णय भएको छ ।

त्यस्तै, चौकीटोल ओरालोदेखि बुद्धचोकसम्म दुई पाङ्ग्रे सवारी साधन पार्किङ हुँदै आएकोमा सो क्षेत्रलाई नो पार्किङ क्षेत्र घोषणा गरी पुरानो देवि सिनेमा हल रोड र पिपलबोटको भित्री रोडमा पार्किङ स्थल तोकी त्रिभुवन राजपथलाई नो पार्किङ घोषणा गरिने भएको छ । त्यस्तै बुद्धचोकदेखि फरेष्ट्रिसम्म नो पार्किङ क्षेत्र घोषणाका लागि सो क्षेत्रमा पार्किङ हुँदै आएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी पार्किङलाई हटाई टिसिएनको खाली जग्गामा पार्किङको व्यवस्था मिलाईने बैठकमा निणर्य भएको छ ।

   

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...