jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जन गरिने

Sthaniya-taha-2-1699755734.jpg

 स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ । तीन वटै तहको भौतिक पूर्वाधार निर्माण गर्ने भूगोल स्थानीय तहै भएकाले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणमा थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्य विस्तृतीकरण परिमार्जन गर्न लागिएको हो । 

संविधानका अनुसूची ५ देखि ९ मा उल्लिखित तीनै तहका एकल र साझा अधिकारका सूची, मौलिक अधिकार र राज्यको निर्देशक सिद्धान्तमा उल्लिखित तीनवटै तहका विभिन्न अधिकारका विस्तृत रूप नै कार्य विस्तृतीकरण हो । स्थानीय सडक सञ्जाल, गोरेटो घोरेटो आयोजना कार्यक्रमसम्बन्धी नीति, कानुन, मापदण्ड योजना कार्यान्वयन र नियम गर्ने अधिकार स्थानीय तहलाई प्रदान गर्ने गरी कार्य विस्तृतीकरण परिमार्जनका लागि सरकारलाई सुझाव प्रदान गरिएको छ । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जनका लागि यस अगाडि नै सरकारलाई सुझाव प्रदान गरिसकेका छन् । 

कार्य विस्तृतीकरणमा परिमार्जन गर्नुपर्ने विषय तीन वटै तहबाट सुझाव सङ्कलन भइसकेपछि कार्य विस्तृतीकरण मन्त्रीपरिषद्मा पेस गरिने छ । 

संविधानको एकल र साझा अधिकारमा दुई वा तीनै तहबिचमा दोहोरोपना परेका विषय हटाउन पर्ने र एकल अधिकारका विषयलाई अझ बढी विस्तृतीकरण गर्नु पर्छ भन्ने कोणबाट गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले सरकारलाई सुझाव दिएका छन् । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहलाई थप बलियो बनाउने गरी कार्य विस्तृतीकरण संशोधनका लागि स्थानीय तहले सरकारलाई सुझाव प्रदान गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय समन्वय परिषद्ले अहिले प्रदेश र सङ्घका अधिकारका सूचीको कार्य विस्तृतीकरणमा समावेश गर्नुपर्ने सुझाव सङ्कलन गर्ने क्रममा रहेको छ । उक्त सुझाव सङ्कलन भएपछि परिमार्जन गर्नुपर्ने कार्य विस्तृतीकरणका सुझाव मन्त्रीपरिषद्मा पेस गरिने छ । 

स्थानीय ग्रामीण सडक, कृषि सडक झोलुङ्गे पुलपुलेसा, सिँचाइ र तटबन्धसम्बन्धी स्थानीय तहको गुरुयोजना निर्माण र स्तरोन्नतिका आयोजना पहिचान, अध्ययन, कार्यान्वयन, मर्मतसम्भारलगायतका विषय परिमार्जन गर्ने गरी कार्य विस्तृतीकरण उल्लेख गरिएको छ ।

त्यस्तै स्थानीय स्तरको आर्थिक सामाजिक, वातावरणीय प्रविधियुक्त पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना र परियोजना तर्जुमा गरी कार्यान्वयन, अनुगमन र मूल्याङ्कनसम्बन्धी नीति र कार्यविधि बनाउने, स्थानीय स्तरका आयोजनाको अध्ययन, अनुसन्धान आयोजनाको प्रभाव र मूल्याङ्कन गर्ने, स्थानीय तहको सम्भाव्य प्राकृतिक स्रोत र साधननको अभिलेख र प्रोफाइल बनाउने, अद्यावधिक गरी प्रचलित कानुनबमोजिम उपयोग गर्ने गरी सुझाव सरकारलाई प्रदान गरिएको छ । 

सहरी विकास र बस्ती विकाससम्बन्धी जग्गा प्राप्ति, भवनसम्बन्धी स्थानीय तहको नीति कानुन, योजना तर्जुमाको कार्यान्व्यन र नियमन गर्ने, स्थानीय स्तरको सामाजिक पूर्वाधार सहरी भवन, विद्यालय सामुदायिक भवन सभागृह तथा अन्य सार्वजनिक भवन संरचना तथा विपत् व्यवस्थापनजन्य पूर्वाधार निर्माण गर्ने गरी कार्य विस्तृतीकरणमा प्रस्ताव गरिएको छ । 

त्यस्तै सहरी क्षेत्रमा महानगरीय (मेट्रो सिटी) सहरी रेल सेवा सञ्चालन, स्थानीय तहको यातायात सुरक्षा व्यवस्थापन र नियमन, रुट निर्धारणको चरणदेखि नै सडक सुरक्षाको मापदण्ड कार्यान्वयन, तराई मधेशमा पाँच सय हेक्टर, पहाडमा एक सय र हिमालमा २५ हेक्टर क्षेत्र सिञ्चित गर्न आयोजना निर्माण र मर्मतसम्भार, नदी, खोला, खहरेको जलाधार क्षेत्रका आधारमा साना, मझौला तथा ठुला तटबन्ध आयोजना वर्गीकरण, आयोजना 

विकास कार्यान्वयन, भौगोलिक स्थिति पालिकाको स्तर र क्षमताका आधारमा स्थानीय खानेपानीसम्बन्धी नीति, कानुन मापदण्ड, योजना कार्यान्वयन र नियम गर्ने कार्य विस्तृतीकरणमा गर्न व्यवस्था गरिएको छ । गोरखापत्र बाट 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...