Monday, 29 Apr, 2024
समाचार

स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जन गरिने

Sthaniya-taha-2-1699755734.jpg

 स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ । तीन वटै तहको भौतिक पूर्वाधार निर्माण गर्ने भूगोल स्थानीय तहै भएकाले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणमा थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्य विस्तृतीकरण परिमार्जन गर्न लागिएको हो । 

संविधानका अनुसूची ५ देखि ९ मा उल्लिखित तीनै तहका एकल र साझा अधिकारका सूची, मौलिक अधिकार र राज्यको निर्देशक सिद्धान्तमा उल्लिखित तीनवटै तहका विभिन्न अधिकारका विस्तृत रूप नै कार्य विस्तृतीकरण हो । स्थानीय सडक सञ्जाल, गोरेटो घोरेटो आयोजना कार्यक्रमसम्बन्धी नीति, कानुन, मापदण्ड योजना कार्यान्वयन र नियम गर्ने अधिकार स्थानीय तहलाई प्रदान गर्ने गरी कार्य विस्तृतीकरण परिमार्जनका लागि सरकारलाई सुझाव प्रदान गरिएको छ । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जनका लागि यस अगाडि नै सरकारलाई सुझाव प्रदान गरिसकेका छन् । 

कार्य विस्तृतीकरणमा परिमार्जन गर्नुपर्ने विषय तीन वटै तहबाट सुझाव सङ्कलन भइसकेपछि कार्य विस्तृतीकरण मन्त्रीपरिषद्मा पेस गरिने छ । 

संविधानको एकल र साझा अधिकारमा दुई वा तीनै तहबिचमा दोहोरोपना परेका विषय हटाउन पर्ने र एकल अधिकारका विषयलाई अझ बढी विस्तृतीकरण गर्नु पर्छ भन्ने कोणबाट गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले सरकारलाई सुझाव दिएका छन् । 

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले स्थानीय तहलाई थप बलियो बनाउने गरी कार्य विस्तृतीकरण संशोधनका लागि स्थानीय तहले सरकारलाई सुझाव प्रदान गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय समन्वय परिषद्ले अहिले प्रदेश र सङ्घका अधिकारका सूचीको कार्य विस्तृतीकरणमा समावेश गर्नुपर्ने सुझाव सङ्कलन गर्ने क्रममा रहेको छ । उक्त सुझाव सङ्कलन भएपछि परिमार्जन गर्नुपर्ने कार्य विस्तृतीकरणका सुझाव मन्त्रीपरिषद्मा पेस गरिने छ । 

स्थानीय ग्रामीण सडक, कृषि सडक झोलुङ्गे पुलपुलेसा, सिँचाइ र तटबन्धसम्बन्धी स्थानीय तहको गुरुयोजना निर्माण र स्तरोन्नतिका आयोजना पहिचान, अध्ययन, कार्यान्वयन, मर्मतसम्भारलगायतका विषय परिमार्जन गर्ने गरी कार्य विस्तृतीकरण उल्लेख गरिएको छ ।

त्यस्तै स्थानीय स्तरको आर्थिक सामाजिक, वातावरणीय प्रविधियुक्त पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना र परियोजना तर्जुमा गरी कार्यान्वयन, अनुगमन र मूल्याङ्कनसम्बन्धी नीति र कार्यविधि बनाउने, स्थानीय स्तरका आयोजनाको अध्ययन, अनुसन्धान आयोजनाको प्रभाव र मूल्याङ्कन गर्ने, स्थानीय तहको सम्भाव्य प्राकृतिक स्रोत र साधननको अभिलेख र प्रोफाइल बनाउने, अद्यावधिक गरी प्रचलित कानुनबमोजिम उपयोग गर्ने गरी सुझाव सरकारलाई प्रदान गरिएको छ । 

सहरी विकास र बस्ती विकाससम्बन्धी जग्गा प्राप्ति, भवनसम्बन्धी स्थानीय तहको नीति कानुन, योजना तर्जुमाको कार्यान्व्यन र नियमन गर्ने, स्थानीय स्तरको सामाजिक पूर्वाधार सहरी भवन, विद्यालय सामुदायिक भवन सभागृह तथा अन्य सार्वजनिक भवन संरचना तथा विपत् व्यवस्थापनजन्य पूर्वाधार निर्माण गर्ने गरी कार्य विस्तृतीकरणमा प्रस्ताव गरिएको छ । 

त्यस्तै सहरी क्षेत्रमा महानगरीय (मेट्रो सिटी) सहरी रेल सेवा सञ्चालन, स्थानीय तहको यातायात सुरक्षा व्यवस्थापन र नियमन, रुट निर्धारणको चरणदेखि नै सडक सुरक्षाको मापदण्ड कार्यान्वयन, तराई मधेशमा पाँच सय हेक्टर, पहाडमा एक सय र हिमालमा २५ हेक्टर क्षेत्र सिञ्चित गर्न आयोजना निर्माण र मर्मतसम्भार, नदी, खोला, खहरेको जलाधार क्षेत्रका आधारमा साना, मझौला तथा ठुला तटबन्ध आयोजना वर्गीकरण, आयोजना 

विकास कार्यान्वयन, भौगोलिक स्थिति पालिकाको स्तर र क्षमताका आधारमा स्थानीय खानेपानीसम्बन्धी नीति, कानुन मापदण्ड, योजना कार्यान्वयन र नियम गर्ने कार्य विस्तृतीकरणमा गर्न व्यवस्था गरिएको छ । गोरखापत्र बाट 

 


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...