pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

स्थानिय द्धारा चित्तलाङ थानकोट सडक सुचारु गराउन डिभिजन सडक काठमाण्डौंलाई ध्यानाकर्षण
ढुङ्गा बेच्ने ठेकेदारलाई कार्वाहि गर्न माग

download-1651163423.jpg

थानकोट चित्तलाङ सडक (गणेशमान सिंह मार्ग) अविलम्ब खुलाउन स्थानियले माग गरेका छन् । ०७९ वैशाख १५ गते डिभिजन सडक कार्यालय नयाँ वानेश्वरलाई ज्ञापन पत्र बुझाउदै स्थानियले सडक खुलाउन लिखित माग गरेका हुन ।

ज्ञापन पत्रमा भनिएको छ” २०७०–०७१ सालमा डिपिआर तयार भै सडक विभागले छुट्टै सडक योजना कार्यालय स्थापना गरि सडक निर्माण भै रहेको अवगत गराउँदै त्रिभुवन राजपथको चेकपोष्टबाट २२.५ कि.मि. सडक विभिन्न प्याकेजमा ठेक्का पट्टा भै कार्य भै रहेको र थानकोट चित्तलाङ सिमाना चन्द्रागिरी भञ्ज्याङ देखि मकवानपुर तर्फको करिव १४ कि.मि. सडक विना विवाद सडक स्तरोन्नती भै कार्य भै रहेको तथा करिव ६ कि.मि. मात्र कालोपत्रे बाँकी रहेको तर थानकोट पानीघाट खोल्सी देखि चन्द्रागिरी भञ्ज्याङ सम्मको करिव ६ कि. मि. सडक चौडा गर्ने काम १५ महिनामा सकिने गरि पिएस किराँतेश्वर जे.भी. ले मिति २०७३ श्रावण १७ मा ठेक्का सम्झौता गरि ढुङ्गा बेच्ने उद्देश्यले विभिन्न बहानामा पटक–पटक गरि चार पटक ०७८ चैत्र मसान्त सम्म म्याद थप भै सकेको अवस्थामा हाल म्याद सकिसकेको अवस्थामा पनि बाटो बन्द गरि ढुङ्गा बेच्ने कार्य भै रहेको हुँदा म्याद सकिसकेको ठेकेदारलाई कार्वाहि गर्न विज्ञप्तिमा भनिएको छ ।”

साथै ठेक्का सम्झौतामा उक्त सडकमा प्रयोग हुने आवश्यक परिमाणका ढुङ्गा ग्राभेल सोहि स्थानमा स्टक गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर त्यसो नगरि उक्त सडकको लागि आवश्यक पर्ने ग्राभेल ८८७७२ घ.मि. र ६९६१२ घ.मि. ढुङ्गा आवश्यक पर्ने भनि थानकोट चित्तलाङ सडक योजनाले ०७७ फाल्गुन ९ गते लेखि दिएको तर उक्त परिमाणमा ठेकेदारले ढुङ्गा, गिट्टी स्टक नगरेको, विभिन्न वहानामा वैकल्पिक बाटो समेतको व्यवस्था नगरि वर्षौ देखि सडक अवरुद्ध गरि एम्बुलेन्स समेतका सवारी सञ्चालन गर्न नदिएकोले बैशाख २० गते भित्र बाटो सुचारु गराउन डिभिजन सडक काठमाण्डौंलाई ज्ञापन पत्रमा भनिएको छ । साथै २० गते सम्म सुनुवाई नभए स्थानिय आफैले आफ्नै किसिमले बाटो खोल्न बाध्य हुने ज्ञापन पत्रमा भनिएको छ ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

279161185_114454281633747-1651163425.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...