Saturday, 27 Apr, 2024
मनाेरञ्जन

सुहानालाई ‘थाहा आइडल’को उपाधि

thaha-aa3-1702396717.jpg

 

थाहा आइडल’को उपाधि सुहाना गोपालीले हासिल गरेकी छिन् । चौथो थाहा महोत्सवको अवसरमा आयोजित एकल नृत्यमा उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गोपालीले उपाधी चुमेकी हुन् । सुहानाले २ हजार ९ सय ८७ भोट प्राप्त गरिन् ।

यसैगरी २ हजार ६ सय ७५ भोट प्राप्त गर्न सफल भएकी कृपा गोपाली द्वितीय र २ हजार ५ सय ९१ भोट प्राप्त गर्न सफल भएकी सन्ध्या थापा तृतीय हुन सफल भइन् । २ हजार २ सय १८ भोट पाएकी सोनिमा वाईवा चौथो, ६ सय ३१ मत पाएका अनिश लामा पाँचौँ र २ सय ६९ मत पाएका विजय मगर छैठौँ हुन सफल भएको प्रतियोगिताका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । प्रतियोगितामा बेष्ट डान्सर सन्ध्या थापा घोषित भइन् ।थाहानगर उद्योग वाणिज्य संघले आयोजना गरेको कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सवको २६ मंसिरमा भएको समापन कार्यक्रममा प्रतिस्पर्धीहरुलाई पुरस्कार वितरण गरिएको थियो । भोटिङको आधारमा प्रतियोगिताको निर्णय सार्वजनिक गरेको हो । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । आइडल एकल नृत्य प्रतियोगितामा विजयी भएका प्रतिस्पर्धीलाई थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाचौँ र छैठौंं हुनेलाई क्रमशः नगद ३० हजार, २० हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित शिल्ड, मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका थिए ।

 

 

 

 

 

 


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...