pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

सुहानालाई ‘थाहा आइडल’को उपाधि

thaha-aa3-1702396717.jpg

 

थाहा आइडल’को उपाधि सुहाना गोपालीले हासिल गरेकी छिन् । चौथो थाहा महोत्सवको अवसरमा आयोजित एकल नृत्यमा उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गोपालीले उपाधी चुमेकी हुन् । सुहानाले २ हजार ९ सय ८७ भोट प्राप्त गरिन् ।

यसैगरी २ हजार ६ सय ७५ भोट प्राप्त गर्न सफल भएकी कृपा गोपाली द्वितीय र २ हजार ५ सय ९१ भोट प्राप्त गर्न सफल भएकी सन्ध्या थापा तृतीय हुन सफल भइन् । २ हजार २ सय १८ भोट पाएकी सोनिमा वाईवा चौथो, ६ सय ३१ मत पाएका अनिश लामा पाँचौँ र २ सय ६९ मत पाएका विजय मगर छैठौँ हुन सफल भएको प्रतियोगिताका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । प्रतियोगितामा बेष्ट डान्सर सन्ध्या थापा घोषित भइन् ।थाहानगर उद्योग वाणिज्य संघले आयोजना गरेको कृषि, पर्यटन व्यापार मेला चौथो थाहा महोत्सवको २६ मंसिरमा भएको समापन कार्यक्रममा प्रतिस्पर्धीहरुलाई पुरस्कार वितरण गरिएको थियो । भोटिङको आधारमा प्रतियोगिताको निर्णय सार्वजनिक गरेको हो । थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालको अध्यक्षतामा भएको समापन कार्यक्रममा बागमती प्रदेशका अर्थमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । आइडल एकल नृत्य प्रतियोगितामा विजयी भएका प्रतिस्पर्धीलाई थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाचौँ र छैठौंं हुनेलाई क्रमशः नगद ३० हजार, २० हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित शिल्ड, मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णायक एलिना राना मगर र बिजय श्याम अमात्य रहेका थिए ।

 

 

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...