pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

मनाेरञ्जन

बलिउडका हि म्यानको अवसान संगै एक युगको अन्त

FB_IMG_1764144264853-1764144288.jpg

दाबा सेर्पा,दामन/ मुंबई, २४ नोभेम्बर २०२५ - बलिउडका महानायक धर्मेन्द्रको आज ८९ वर्ष उमेरमा मुम्बईस्थित आफ्नै जुहु निवासमा निधन भएको छ। उनी केही दिनअघि दक्षिण मुम्बईको Breach Candy Hospital मा भर्ना भएका थिए र १२ नोभेम्बरमा डिस्चार्ज भएका थिए। उनको अन्तिम संस्कारमा परिवारका सदस्यहरू सनी देओल, बॉबी देओल, पत्नी हेमा मालिनी, साथै बलिउडका महानायक अमिताभ बच्चन, शाहरुख खान, आमिर खानलगायत दर्जनों कलाकार उपस्थित थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले आमाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै भने. "भारतीय सिनेमाले आफ्नो अमर नायक गुमाएको छ।"
‎
‎प्रारम्भिक जीवन
‎
‎धर्मेन्द्रको जन्म ८ डिसेम्बर १९३५ मा पंजाबको लुधियाना जिल्लाको नसराली गाउँमा भएको हो। उनको वास्तविक नाम धर्मेन्द्र केवलकृष्ण देओल हो। उनी एक परम्परागत जाट सिख परिवारमा जन्मिएका थिए। बाल्यकालमा उनले ललटन कलानको सरकारी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरे र पछि रामगढ़िया कलेज, फगवारामा इन्टरमेडिएटसम्म पढ़े। औपचारिक शिक्षा १२ कक्षापछि रोकिए पनि चलचित्रप्रतिको उनको लगावले जीवनलाई नयाँ दिशा दियो। भारतीय सिनेमामा "ही-म्यान" भनेर चिनिने धर्मेन्द्रले करिब छ दशक लामो अभिनय यात्रामा ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।

दावा सेर्पा दामन हाल दुबई 
‎
‎चलचित्र यात्रा
‎
‎धर्मेन्द्रले १९६० मा फिल्म दिल भी तेरा हम भी तेरे बाद बलिउडमा प्रवेश गरे। १९६६ मा आएको फूल और पत्थर ले उनलाई स्टारड्रममा पुयायो। उनले शोले (१९७५), सत्यकाम (१९६९), चुपके चुपके (१९७५), धर्म वीर (१९७७), अनुपमा (१९६६) जस्ता कालजयी चलचित्रमा अभिनय गरेर दर्शकको मन जिते।
‎
‎पारिवारिक जीवन
‎
‎धर्मेन्द्रले पहिलो विवाह प्रकाश कौरसँग १९५४ मा गरेका थिए। उनीहरूका छोराहरू सनी देओल र बॉबी देओल बलिउडका चर्चित अभिनेता हुन्। १९८० मा धर्मेन्द्रले अभिनेत्री हेमा मालिनीसँग विवाह गरे। उनीहरूका छोरीहरू ईशा देओल र अहना देओल हुन् ।
‎
‎राजनीति र अन्य योगदान
‎
‎धर्मेन्द्र केवल अभिनेता मात्र होइन, राजनीतिमा पनि सक्रिय थिए। उनले २००४ देखि २००९ सम्म राजस्थानको बिकानेर क्षेत्रबाट लोकसभा सांसदको रूपमा सेवा गरे। उनले निर्माण र उत्पादनमा क्षेत्रमा पनि अनुभव बटुलेका थिए।
‎
‎पुरस्कार र सम्मान
‎
‎धर्मेन्द्रलाई २०१२ मा पद्म भूषण प्रदान गरिएको थियो।
‎उनले फिल्मफेयर अवार्डसहित दर्जनों सम्मान प्राप्त गरेका छन् ।
‎
‎विरासत
‎
‎धर्मेन्द्रको सरलता,आत्मीयता र बहुआयामिक अभिनयले उनलाई भारतीय सिनेमाको अमर नायक बनाएको छ। उनी एक्शन, रोम्यान्स र हास्य सबै भूमिकामा समान रूपमा लोकप्रिय थिए। उनका छोराहरू र परिवारले उनको विरासतलाई निरन्तरता दिइरहेका छन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg